रामबाबु सुवेदी
स्वरूप
रामबाबु सुवेदी (वि.सं. २००४ - ) साहित्यकार हुन्। उनी बालसाहित्यका पुस्तक बढी प्रकाशित छन्।
जीवनी
[सम्पादन गर्नुहोस्]रामबाबुको जन्म वि.सं. २००४ साल जेठमा कास्की जिल्लाको हंसपुरमा भएको हो। स्नातक तह पूरा गरेका सुवेदीले लामो समय शिक्षण पेशा अंगालेका थिए। उनी नेपाल बाल साहित्य समाजमा सक्रिय छन्।
कृति
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना वि.सं. २०२४मा "भानु उदय"मा प्रकाशित 'प्रभात' शीर्षकको कविता हो। उनका केही कृतिहरूः
- दुई धारा (संयुक्तलेखन/सङ्ग्रह, वि.सं. २०२४)
- गङ्गा (कवितासङ्ग्रह, वि.सं. २०४४)
- बाँ बाँ बाच्छी (बालकवितासङ्ग्रह, वि.सं. २०४४)
- भ्यागुतो र बाच्छी (बालचित्रकथा, वि.सं. २०३८)
- आगोपानी (बालकाव्य, वि.सं. २०६५)
- तीन धारा (संयुक्तलेखन, बाल-खण्डकाव्य)
- पानी पानी (बालकवितासङ्ग्रह, वि.सं. २०४९)
- भँगेरी (बालकवितासङ्ग्रह, वि.सं. २०५१)
- आमाजस्ती गुरुमा (बालकवितासङ्ग्रह, वि.सं. २०६०)
- नेपाल आमा (बालकवितासङ्ग्रह, वि.सं. २०५६)
- घान्द्रुक झलल (बालगीतसंग्रह, वि.सं. २०५९)
- च्यान्टे घोडाको कथा (बालचित्रकथा, वि.सं. २०६०)
- चमेलीको बास्ना (बालचित्रकथा, वि.सं. २०६०)
- झस्किएको सिन्दूर (छन्दकविताहरू, वि.सं. २०६६)
सम्पादित, अनुदित र फुटकर कृति
[सम्पादन गर्नुहोस्]- प्रतिभा (त्रि.आ.मा.वि. फर्पिङ्गको मुखपत्र, सम्पादन)
- भज्याङ (मुखपत्र, सम्पादन)
- विभिन्न पत्र-पत्रिकाहरूमा कविता, निबन्ध, लेख प्रकाशित,
पुरस्कार
[सम्पादन गर्नुहोस्]- नेपाल आमाका लागि वि.सं. २०५६ सालको साझा बालसाहित्य पुरस्कार
- वि.सं. २०२३मा राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम (नेपाल युवक सङ्गठन)
- वि.सं. २०२४मा गण्डकी अञ्चलव्यापी साहित्य सम्मेलनमा प्रथम
- वि.सं. २०२४मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा क्रमशः तेस्रा र प्रथम
- वि.सं. २०२५मा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता (सनातन धर्म सेवा समिति, काठमाडौँ/प्रथम)
- वि.सं. २०२५मा साहित्य सम्मेलन-गण्डकी छात्र समितिमा प्रथम