राष्ट्रिय सहकारी संघ
स्वरूप
व्यवसाय प्रकार | सहकारी महासङ्घ |
---|---|
स्थापित | २० जुन १९९३ |
केन्द्रीय कार्यालय | पुल्चोक, ललितपुर , |
सेवा क्षेत्र | नेपाल राज्यभर |
मुख्य व्यक्ति | मीनराज कँडेल, अध्यक्ष |
सदस्यहरू | ३२१ सहकारी संस्थाहरू |
वेबसाइट | राष्ट्रिय सहकारी महासंघको आधिकारिक वेवसाइट |
राष्ट्रिय सहकारी महासङ्घ (नेपाल) नेपालका सहकारी संघसंस्थाहरूको छाता सङ्गठन हो। सहकारी ऐन २०४८ अनुसार यसको स्थापना २०५० असार ६ गते भएको थियो।
महासंघमा हाल देशभरका ३२१ विषयगत सहकारी संघहरू तथा जिल्ला सहकारी संघहरू सदस्य रहेका छन्। त्यसैगरी १२ वटा कर्पोरेट सदस्यहरू पनि छन्। [१] ती विषयगत सङ्घ तथा जिल्ला सहकारी सङ्घ हरू मार्फत तिनमा आबद्ध रहेका देशभरका ३४,५१२ सहकारी संस्थाहरू पनि यस महासंघमा आबद्ध रहेका छन्। [२] महासंघको अध्यक्ष केशव बडाल रहेका छन्।
राष्ट्रिय सहकारी महासंघले २०५४ सालदेखि अन्तरराष्ट्रिय सहकारी गठबन्धन (International Cooperative Alliance) को सदस्यता हासिल गरेको छ।
सम्बन्धित लेखहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय सहकारी महासंघका सदस्यहरू", राष्ट्रिय सहकारी महासंघको आधिकारिक वेवसाइट, राष्ट्रिय सहकारी महासङ्घ, अन्तिम पहुँच १ जुलाई २०१८।
- ↑ "देशभरका सहकारी संघसंस्था हरूको तथ्याङ्क", नेपाल सरकार सहकारी विभाग। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१८ मिति
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]