सामग्रीमा जानुहोस्

रोनाल्डो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोनाल्डो
Ronaldo with Corinthians in 2009
व्यक्तिगत जानकारी
पुरा नाम लुइस नजारियो डे लिमा
उचाइ १.८ मि.
खेल्ने स्थान(हरू) स्ट्राइकर
युवा करियर
१९९०-१९९१
१९९१-१९९३
सोसियल रामोस
साओ क्रिस्टोभाओ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1994
1994-1996
1996-1997
1997-2002
2002-2007
2007-2008
2009-
क्रुजेइरो
पीएसभी इन्डहोभेन
बार्सिलोना
इन्टर मिलान
रियल म्याड्रिड
एसी मिलान
एससी कोरिन्थिआन्स पौलिस्टा
अन्तर्राष्ट्रिय करियर
१९९४-२००६ ब्राजिल
*क्लब घरेलु लिग उपस्थिति र गोल

लुइस नजारियो डे लिमा (जन्म १८ सेप्टेम्बर १९७६), 'रोनाल्डो' नामले प्रसिद्ध ब्राजिलका पुर्व फुटबल खेलाडी हुन् । १९९० को दशक पछि र २००० को दशक अघि रोनाल्डो विश्वकै सर्वाधिक सफल गोलकर्ता थिए । उनले आफ्नो पहिलो बलोन डी ' ओर पुरस्कार यूरोपीय फुटबल खेलाडी को रूपमा १९९७ (मात्र २१ वर्ष को आयु मा) मा पाएका थिए र यही पुरस्कार उनलाई २००२ मा (२६ वर्षको आयु मा) फेरि मिल्यो । यसका अतिरिक्त रोनाल्डो फ्रेन्च फुटबल खेलाडी जिनेदिन जिदाने को समान फिफा वर्ष खेलाडी पुरस्कार तीन पटक जीत्ने मात्र दुई खेलाडीमध्ये एक हुन् । २००७ मा उनलाई फ्रान्स फुटबलले अहिले सम्मकै सर्वश्रेष्ठ सुरूवाती एघार खेलाडीको रूपमा नामांकन गर्यो । फुटबलका भगवान पेलेले तयार गरेको फिफा १०० को सुचिमा उनी पनि अटाउन सफल भए । २०१० मा एक अनलाईन मतदान मा उनी गोल डट कम का 'प्लेयर अफ द डिकेड' चुनिए, जसमा उनले कुल मतको ४३.६३ प्रतिशत मत प्राप्त गरेका थिए ।

रोनाल्डोले आफ्नो करियर क्रुजेरोबाट सुरु गरे र १९९४ मा पीएसवी आइंटहवन मा गए। उनी १९९६ मा तत्कालीन विश्व कीर्तिमानी स्थानान्तरण शुल्कमा बार्सिलोनामा सामेल भए । २० वर्षको उमेरमा, उनी १९९६ को फिफा विश्व वर्ष खेलाडी घोषित भए । उनी यो पुरस्कार पाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। १९९७ मा, इन्टर मिलानले रोनाल्डोलाई अनुबन्ध गर्न विश्व कीर्तिमानी शुल्क खर्च गर्‍यो। उनी डिएगो म्याराडोना पछि दुई पटक विश्व स्थानान्तरण रेकर्ड तोड्ने पहिलो खेलाडी भए। २१ वर्षको उमेरमा, उनले १९९७ को बालोन डी'ओर हासिल गरे र यो पुरस्कार पाउने सबैभन्दा कान्छो खेलाडी बने। २३ वर्षको उमेरमा, रोनाल्डोले क्लब र देशका लागि २०० भन्दा बढी गोल गरिसकेका थिए। यद्यपि, घुँडाको चोट, उनी लगभग तीन वर्षसम्म निष्क्रिय थिए। रोनाल्डो २००२ मा रियल म्याड्रिडमा सामेल भए र २००२-०३ को ला लिगा उपाधि जिते। २०११ मा अवकाश लिनु अघि उनले एसी मिलान र कोरिन्थियन्समा समय बिताए।