रौँनक पैयाँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


'रौँनक पैयाँ' भनेको 'रावणको पैयाँ' अर्थात् रावणप्रति समर्पित गाथा हो। थारू जातिले राम र रावण दुवैप्रति बराबरी सम्मान गर्दछन्। 'रौँनक पैयाँ' रावणलाई नायकको भूमिकामा राखेर गाइने गाथा हो। यो दाङ उपत्यकाका थारू जातिमा डस्या -दसैँ)को अवसरमा थारू बठिन्याहरू -युवतीहरू) सामूहिकरूपमा नाच्दा स्वयं नर्तकीहरूद्वारा गाइन्छ। 'रौँनक पैयाँ'को सुरुवात रावणको प्रशस्ति गायनबाट भएको देखिन्छ। जस्तैः

राहावन राहावन सनठुँ हो भवजी

ए हो राहावन लिखी र डेखा

जौ टुहूँ ननडी राहावन लिखी र मँगठो

मही री खेडैबो बनीबास

जो मही भवजी डाडु अन्ट कहबुँ

मयरी कटही मरी जा।

गीतमा सीता र उनकी नन्दबीच रावणको विषयमा गोप्य संवाद छ। नन्दले सीताबाट रावणका विषयमा अनेक गुणगान सुनेकी छन्। त्यसैले भाउजूलाई रावणको तस्बिर बनाएर देखाउन अनुरोध गर्दछिन्। यता सीता, नन्दको इच्छापूर्ण गर्न रावणको तस्बिर बनाएको कुरा राम-लक्ष्मणलाई जानकारी भएमा घरबाटै निस्कनुपर्ने अवस्थाप्रति चिन्ता गर्दछिन्। गाथाअनुसार नन्दबाट यो कुरा कसैलाई जानकारी नदिने वचन दिएपछि सीताले कोठाको भित्ता गाईको गोबर र गङ्गाजल पानीले लिपिन्। जस्तैः

डाहिन हाँठ लेली भवजी गङ्गाजल पानी हो

ए हो ठारी भिटिए व डरली निपा

बाउँ हाँठ लेहली भवजी गैयाकही गोबरा

त्यसपछि गाजल र सिन्दूरको रङ्गद्वारा रावणको तस्बिर बनाउँछिन्, जस्तैः

ढरल सीटा भवजी कजलकै रेट हो

ढरल सीटा भवजी सेंडुरकै रेट हो

ए हो परिगैल रौनाके सरूप

ढरल सीटा भवजी सेंडुरकै रेट

यसरी रावणको तस्बिर बनाइरहेको बेला राम-लक्ष्मणको आगमन हुन थालेको देखिन्छ। यसबाट सीता ज्यादै हतास हुँदै लुकाउने प्रयासमा लाग्दछिन्, जस्तैः

ढकियाले छोपूँकि पटियाले छोपूँ

ए हो रौना छोपिनहीँ जाए

घनी रौना ढरल माछीकै भेख हो

ए हो घनी रौना ढरल जोगीयकै भेख

जति प्रयास गरे पनि सीताबाट रावण विलुप्त हुन सक्दैन। ऊ कहिले माछी -झिँगा)को त, कहिले योगीको स्वरूपमा प्रस्तुत हुन्छ। अर्थात् 'रावण' सीताको प्रेमीपात्र हो। सीताभित्र रावणप्रतिको प्रेम र प्रभाव ज्यादै बलियो भएर रहेको छ। सीताले रावणलाई प्रेम गर्छिन् भन्ने कुरा थारू लोकजीवनमा गाइने अन्य गाथाहरूले पनि प्रस्तुत गर्दछन्। यस सन्दर्भमा थारू जातिमा माघ पर्वमा पुस मसान्तको रात्रिमा गाइने एउटा 'ढुमु्र गाथा'मा सीता आश्रमबाट अपहरण भएपछि राम-लक्ष्मण सीताको खोजीमा हिँडेका र लक्ष्मण अग्लो सिमलको रूखमा चढेर हेर्दा रावणको फूलबारीभित्र पिङ खेलिरहेको देखेको प्रसङ्गले पनि मह�व राख्दछ। जस्तैः

सेमरक डाँर चह्री हेरो न लछुमन भाइ

डेखी न डारो सीटाकै सरूप

सेमरक डाँर चह्री मै हेरनु हो राम डाडा

डेखी न डरनु हो राम डाडा सीटाकै सरूप

एक सरन ढेलवा खेलटन् बाटी

डेखी न डरनु हो राम डाडा सीटा व भौजी

सीटा व भौजी बाटी लङ्कापटि राजक पास

प्रस्तुत अंशले सीता रावणको फूलबारीमा पिङ खेलिरहेको देखाउँछ। पिङ रमाइलोको अवसरमा मात्रै खेलिन्छ। यसले सीता रावणको दरबारमा सुखसुविधा र हार्दिक प्रसन्नताका साथ बसिरहेकी थिइन् भन्ने देखाउँछ।

वास्तवमा सीता धेरै अघिदेखि नै रावणको व्यक्तित्वबाट प्रभावित थिइन्। उनीभित्र सायद, रावणलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने चिन्ता थियो। यहाँनेर रावण सुनको मृगका रूपमा फूलबारीमा प्रस्तुत भएको र सीताद्वारा सो मृग माग गर्नु पनि सुनियोजित विषय त होइन ? भन्ने शङ्का जन्माउँछ। सीताको हठको अगाडि राम-लक्ष्मणको केही लाग्दैन र अन्त्यमा राम सो मृगका पछि लाग्दछन्। एक्कासि 'मरेँ' भन्ने आवाज आएपछि सीताले लक्ष्मणलाई राम गएतिर रामको खोजीमा जान भन्छिन्। लक्ष्मणलाई यो सबै रावणको क्रियाकलाप हुनसक्ने शङ्का छ, त्यसैले उनी सीतालाई छाडेर नजाने विचार गर्दछन्। यसबेला सीताले लक्ष्मणलाई अनेक दुर्वाच्य बोलेकी छन्। उनले लक्ष्मणलाई आ�नो रूप लावण्य भोग गरुँला भन्ने कुत्सित विचारले रामको खोजीमा जान नचाहेको भन्ने किसिमको लाञ्छना लगाउँछिन्। यसले लक्ष्मणलाई ठूलो चोट पुर्‍याउँछ र उनी सीतालाई एक्लै छाडी रामको खोजीमा जान बाध्य बन्छन्। यसै अवसरलाई प्रयोग गरीरावणले सीताहरण गरेको छ। थारू लोकरामायणमा यस विषयले चर्चा पाएको छ। सीता रावणबाट सर्वप्रथम जनकपुरमा सम्पन्न धनुषयज्ञको अवसरदेखि नै प्रभावित रहेको देखिन्छ। थारू लोकरामायणका आधारमा सीता विवाहका सन्दर्भमा आयोजित धनुषयज्ञमा कैलाशबाट महादेव, गोकुलबाट कन्हैया तथा लङ्काबाट रावणको पनि आगमन भएको देखाइएको छ। रावणलाई देख्नासाथ सीता लजाएकी छन्। उनको यो लज्जा रावणको व्यक्तित्वबाट प्रभावित सहज प्रतिक्रिया हो, जस्तैः

ए कैलासपतिसे महादेव चलिआवे

माथे मामुत शिर जटाहु रखाए

ए गोकुल नगरीसे कन्हैया चलिआए

हाथे लिहेँ मुख मुरली बजावे

ए लङ्कापतिसे रावण चलिआवे

देखि सीता जानकी गैला लजाई

यस प्रभावले सीताभित्र रावणको मृदुचित्र कोरिन पुग्यो र यसले उनलाई सधैँ सताइरहृयो। थारू लोकरामायणमा उपलब्ध हुने यस आख्यानले रावणलाई सीताको प्रेमपात्रका रूपमा स्थापित गरेको छ। थारू लोकरामायणमा उपलब्ध यो मौलिकतालाई थारू जातिमा रहेको रावणप्रतिको विशेष सम्मानसँग जोडेर पनि हेनपर्दछ। धनुषयज्ञमा बाबु जनकको इच्छा र शर्तअनुसार धनु तोडेर रामसँग विवाह भए पनि धनुषयज्ञको अवसरदेखि रावणबाट प्रभावित भएकी सीताभित्रको रावणप्रेम क्रमशः बढ्दै र झाँगिदै गएको छ र त्यो 'रौँनक पैयाँ'मा मुखरित हुन पुग्यो। त्यसैले 'रौँनक पैयाँ' थारू लोकरामायणलाई मौलिकता प्रदान गर्ने ठोस साहित्यिक सामग्री बन्न पुगेको छ।

'रौँनक पैयाँ' सङ्गीतात्मकताका दृष्टिले पनि मह�वपूर्ण छ। यो कहरूवा तालको मध्यलयमा बद्ध छ। त्यसो त दाङ-देउखुरी उपत्यकाका थारू जातिका लोकगीतहरूमध्ये ७५ प्रतिशत जति गीतहरू कहरूवा तालमा रहेका छन्। यो विशेषताले भारतमा प्रचलित लोकगीतहरूसँग समानता राख्दछ। यसमा 'सा रे म प' शुद्ध स्वर तथा 'नि' कोमल र शुद्ध स्वरको प्रयोग भएको छ। गीतमा प्रयोग भएको कोमल निषाद् स्वरले बेग्लै मिठास दिएको अनुभूति हुन्छ। उक्त 'रौँनक पैयाँ' गीतमा आएको आरम्भिक चरणको स्वलिपि यसप्रकार छ।

गीतको बोलः

रहाउन रहाउन सुनठु हो भवजी

ए हो रौँना लिखी रे डेखा

रे प प प म प रे म रे रे सा रे नि नि नि प

र हा उ न र हा उ न सु न ठु हो भ व जी ऽ

प नि नि नि सा रे सा- सा---

ए हो रौ ना लि खी र डे खा ऽ ऽ ऽ

प्रस्तुत 'रौँनक पैयाँ'को स्वरलिपि सङ्गीतकार अनिल लामाद्वारा गरिएको छ |

यस आलेखमा आएको 'रौँनक पैयाँ' २०६४ साल जेठ ९ गते हेकुली गाउँ विकास समिति वडा नं. ७ पोटली दाङको ५८ वषर्ीया फिर्‍या चौधरी र 'ढुम्रु' गीत २०६४ साल वैशाख २६ र २७ गते गरी रामपुर गाउँ विकास समिति वडा नं. ३ पलाँसे दाङका ४९ वषर्ीय सुरतबहादुर चौधरीबाट सङ्कलन गरिएको हो।


[१] थारु लोकरामायणको मौलिक स्वरूप 'रौँनक पैयाँ' ,डा. गोविन्द आचार्य ,मधुपर्क,कार्तिक, २०६५