लक्की सिमेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्की सिमेन्ट
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:कराची सेयर बजार
आइएसआइएनUS5495202039 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापितसन् १९९६
स्थापनाकर्ताअब्दुल रज्जक तब्बा[१]
केन्द्रीय कार्यालय
शाखा सङ्ख्या
कराची पाकिस्तान
उत्पादनहरूसामान्य पोर्टल्याण्ड सिमेन्ट
सल्फेट प्रतिरोधी
सिमेन्ट क्लिङ्कर
ब्लक सिमेन्ट
मूल सङ्गठनयुनुस ब्रदर समूह
वेबसाइटwww.lucky-cement.com

लक्की सिमेन्ट लिमिटेड (उर्दु: لکی سیمنٹ) पाकिस्तानमा रहेको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हो।[२] यसको सेयर कराची सेयर बजारमा कारोबार गरिएको छ जुन कराची सेयर बजार १०० सूचकाङ्कको एक भाग हो।[३] कराची सेयर बजारमा यसको प्रतीक 'लक' हो। कम्पनीको उच्च सेयर मूल्य १०४३.५० पाकिस्तान रुपैयाँ थियो, मे २०१७ मा लक्की सिमेन्ट पाकिस्तानको सबैभन्दा ठूलो व्यवसाय समूह, युनुस ब्रदर्स समूहको एक सहायक कम्पनी बनेको थियो।[४] लक्की सिमेन्ट लिमिटेडले ३० जून २०१७ मा अन्त्य हुने आर्थिक वर्षको लागि १३.७९ अर्ब कर पछिको सबैभन्दा बढी नाफाको किर्तिमानी कायम गरेको थियो।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

लक्की सिमेन्ट लिमिटेडको स्थापना सन् १९८३ मा अब्दुर रज्जाक तब्बाद्वारा गरिएको थियो। कम्पनी उत्तर पश्चिम सीमान्त प्रदेशको लक्की मारवात जिल्लामा स्थित पेजुमा कारखानाहरूसँग सुरु भएको थियो। यसले हाल कराचीमा रहेको एक कारखानाको स्वामित्व कायम गरेको छ।

लक्की सिमेन्ट लिमिटेड, पाकिस्तानमा तिव्र रूपमा बृद्धि भएको सबैभन्दा ठूलो उत्पादक र अग्रणी निर्यातकर्ताहरू मध्ये एक हो जसको वार्षिक उत्पादन क्षमता ७.७५ मिलियन टन रहेको छ। कम्पनी कराची, लाहोर, इस्लामाबाद, र लण्डनका सेयर बजारहरूमा सूचीबद्ध छ।

वर्षौंको अवधिमा कम्पनीे निरन्तर अघि बढेको थियो र यसले कराचीको रणनीतिक स्थानहरूमा उत्पादन सुविधाहरूको साथ आफ्नो व्यवसाय सञ्चालनको विस्तार दक्षिणी क्षेत्रहरू जस्तै पेजु र खैबर पख्तुनख्वामा गरी देशको उत्तरी क्षेत्रहरूलाई सेवा पुर्‍याउने गर्दछ।

लक्की सिमेन्टको देशव्यापी रूपमा २०० भन्दा बढी बिक्रेताहरूको सञ्जाल छ जसले स्थानीय बजारमा नियन्त्रण गर्नका लागि सक्षम गर्दछ। कम्पनीले सिमेन्ट पनि निर्यात गर्ने गर्दछ। लक्की सिमेन्ट लिमिटेडलाई कराची स्थित युनुस ब्रदर्स समूह, पाकिस्तानको सबैभन्दा ठूलो व्यवसाय समूहद्वारा प्रायोजित गरिएको छ।

उत्पादनहरू[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा कम्पनीले सामान्य पोर्टल्याण्ड सिमेन्ट, सल्फेट प्रतिरोधी सिमेन्ट, ब्लक सिमेन्ट र क्लिङ्करको उत्पादन गरिरहेको थियो।[६]

उर्ज उत्पादन[सम्पादन गर्नुहोस्]

कम्पनीले आफ्नै आवश्यकताहरू मात्र पूरा गर्न पर्याप्त बिजुलीको उत्पादन गर्दछ। यसले हैदराबाद बिद्धुत आपूर्ति निगमलाई पनि बिजुली आपूर्ति गर्न सुरु गरेको थियो। हाल यो पेशावर बिद्धुत आपूर्ति निगमलाई बिजुली दिने प्रक्रियामा रहेको छ।[७]

दिगो विकासको आशामा युनुस ब्रदर समूहले लक्की बिद्धुत उर्जा कम्पनी लिमिटेडमा लगानी गरेर विद्युत उत्पादन क्षेत्रमा विविधता ल्याएको छ। कम्पनी एलसीएल नियन्त्रक कम्पनी लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनी हो र जसले गर्दा यो लक्की सिमेन्ट लिमिटेडको अप्रत्यक्ष सहायक बनाउँदछ।

कोइलाको सबैभन्दा ठूलो आयातकर्ता भएको कारण लक्की सिमेन्ट लिमिटेडले कराचीमा ६६० मेगावाटको कोइलामा आधारित बिजुली परियोजनामा ​​लगानी गर्ने निर्णयले विद्यमान विविधीकृत व्यवसाय विभागमा तालमेल ल्याउएको थियो।[८]

वैकल्पिक इन्धन[सम्पादन गर्नुहोस्]

लक्की सिमेन्टले टिडिएफ र आरडिएफ जस्ता वैकल्पिक ईन्धनमा आफ्नो ध्यान केन्द्रित गरेको छ। [९]

दिगो मूल्याङ्कन[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा लक्की सिमेन्ट पाकिस्तानको एकमात्र कम्पनी थियो जसले नेदरल्याण्ड्सको ग्लोबल रिपोर्टिङ इनिसिएटभद्वारा सन् २०१२ को स्थिरता मूल्याङ्कनको लागि अति उत्तम मूल्याङ्कन प्राप्त गरेको थियो।[१०]

प्रमाणपत्र र पुरस्कार[सम्पादन गर्नुहोस्]

लक्की सिमेन्ट अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन ९००१:२००८ र १४००१: २००४ प्रमाणित कम्पनी हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ".:: कम्पनीको प्रोफाइल - लक्की सिमेन्ट ::.", लक्की सिमेन्ट डटकम 
  2. "Pakistan's Lucky Cement raises $109 mln via GDRs", रेउटर्स, मे ८, २००८, अन्तिम पहुँच २०१७-१२-१३ 
  3. "Lucky Cement Ltd, LUCK:KAR forecasts - FT.com" (en-मा), अन्तिम पहुँच २०१७-१२-१३ 
  4. Lucky Cement/
  5. http://www.brecorder.com/2017/07/31/362277/lucky-cement-records-rs13-69bn-profit/
  6. ".:: Products | Lucky Cement ::.", लक्की सिमेन्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-१३ 
  7. "Surplus generation: Lucky Cement starts powering HESCO" 
  8. "The News International: Latest News Breaking, Pakistan News", द न्युज डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-१३ 
  9. "Lucky Cement makes history by recording 70.82% increase in Net Profit"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति
  10. रिपोर्टर, बिजनेस Reporter, "Lucky Cement Receives Global Reporting Initiative on Sustainability Report" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]