लक्ष्मी परियार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लक्ष्मी परियार

दलित महिलाको कोटाबाट समानुपातिक तर्फनेपाली काग्रेसबाट विजयी भएकी लक्ष्मी परियारले २०४८ सालबाट राजनीतिसुरू गर्नुभएको हो। विद्यार्थी राजनीति हुदै उहा अहिले नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाले महिला दलितहरूको सवाललाई संविधान सभामा प्रमुख रूपमाउठाउने तथा नेपाली काग्रेसले ल्याउने एजेन्डालाई जोड दिने बताउनुभयो।

श्रीमती लक्ष्मी परियारका श्रीमान तिर्थ बहादुर परियार -सेवा) पनि राजनीतिमा रुचि राख्नुहुन्छ। सक्रिय राजनीतिमा अगाडि आउन परिवारले पनि साथ दिएको भन्दै उहाले राजनीतिमा महिला सहभागिता बढाउन आवश्यक भएको र आफू पनि निरन्तर रूपमा राजनीतिमालागिरहने बताउनुभयो।

आमा वफ्ती माया टेलर र बाबु दैव सींह टेलरका छोरी लक्ष्मी३० वर्षअगाडि खोटाङ्ग जिल्लाको छोरम्बु गाविसमा जन्मनुभएको हो। उच्च माध्यमिक तह सम्मको शिक्षा हासील गरेकी परियार यस अगाडि स्थानीय र संसदीय निर्वाचनमा भागलिनुभएको थिएन। उहा अहिले स्थायी रूपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर एकमा आफ्ना श्रीमानसग बस्दै आउनुभएको छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]