लिभा बेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिभा बेट्स
सन् २०१६ अक्टोबरमा बेट्स
जन्म (1983-05-21) २१ मे १९८३ (उमेर ४०)[१]
म्याडिसनभिल, अमेरिका[२]
निवासस्थानओर्लान्डो, फ्लोरिडा, संयुक्त राज्य[३]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्लु पेन्ट
लिभा[४]
'लिभा बेट्स[४]
उचाई५ फिट २ इन्च (१.५७ मी)[५]
तौल११५ पाउन्ड (५२ किग्रा)[५]
उत्पत्तिगोथहाम सहर, फ्लोरिडा[३][५]
प्रशिक्षकबबरे डड्ली[५]
डि-भन डड्ली[५]
पदार्पणसन् २००६[५]

लिभा बेट्स (जन्म: २१ मे १९८३) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित अल एलिट रेस्लिङ नामक एक प्रमुख कुस्ती पदोन्नतिमा कार्यरत छिन्। उनले यसअघि इम्प्याक्ट रेस्लिङ, सिमर विमेन एथलेटिक्स र केही स्वतन्त्र सर्किटहरूमा काम कुस्ती खेलिसकेकी छिन्। उनी त्यसबाहेक डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा ब्लु पेन्ट नामले कुस्ती खेल्ने गरेकी थिइन्।

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल (सन् २००६–२००९)[सम्पादन गर्नुहोस्]

लिभा बेट्सले सन् २००६ मा डिभन र बुली रे डड्ली द्वारा स्थापना गरिएको थ्रीडि एकेडेमीमा कुस्तीमा प्रशिक्षण लिएकी थिइन् भने उनले सोही वर्षदेखि कुस्तीमा पर्दापण गरेकी थिइन्। उनले कुस्ती खेल्न सुरु गरिसकेपछि त्यसको तीन वर्षसम्म दक्षिणपूर्वी अमेरिका स्थित दक्षिणपूर्वश्र च्याम्पियनसिप रेस्लिङ (एससिडब्ल्यू) र कोस्टल च्याम्पियनसिप रेस्लिङ जस्ता कुस्ती पदोन्नतिमा कार्यरत थिइन्।[६] सन् २००८ नोभेम्बर ८ का दिन उनले दक्षिणपूर्वी च्याम्पियनसिप रेस्लिङमा पहिलोपटक एससिडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन् जहाँ उनले उक्त उपाधि हात पार्नमा लागि बेस्टी रूथ र लेक्सिस फेफीलाई एकै खेलमा पराजित गर्न सफल भएकी थिइन्। सन् २००९ मा उनी वर्ल्ड एक्सट्रिम रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पनि देखा परेकी थिइन्।

सिमर विमेन एथलेटिक्स (सन् २००९–२०१९)[सम्पादन गर्नुहोस्]

सन् २००९ मा बेट्सले एक प्रमुख कुस्ती पदोन्नति सिमर विमेन एथलेटिक्सको २८औँ श्रृङ्खलामा उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् भने उक्त पहिलो खेलमा उनी र किम्बर्ली कासको टोली केइसी डायमन्ड र स्यासी स्टिफीसँग पराजित भएका थिए। [७] सन् २०१० मा उनीले पुनः उक्त पदोन्नतिका लागि उपस्थिति जनाउँदै एकल खेलमा शि नेनेलाई पराजित गरेकी थिइन् तर उनी सिमर विमन एथलेटिक्सको ३०औँ श्रृङ्खलामा मेलिया होसाकोसँग पराजित भएकी थिइन्। सिमर विमेन एथलेटिक्सको ३३ ,३४औँ श्रृङ्खलममा उनी एलिसन डेन्जर र मिलेनी क्रुससँग क्रमशः पराजित भएकी थिइन् तर उनले ३६औँ श्रृङ्खलामा क्याट पावरलाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०११ मार्चमा सिमर विमेन एथलेटिक्सको ३७औँ श्रृङ्खलाको सुरुवात तिर बेट्सले एलिसन डेन्जरसँग सहकार्य गर्दै एक टोली गठन गरेकी थिइन् जसको नाम रिजेनेरेसन एक्स राखिएको थियो। त्यसको पछिको वर्ष उनीहरूको टोली विभिन्न ट्याग टिम खेलहरूमा समावेश भएका थिए जहाँ उनीहरूले जेमिलिया क्राफ्ट र मे यिम, स्यासी स्टिफी र नेभिया जस्ता टोलीहरूलाई पराजित गरेका थिए भने उनीहरू निकी रक्स र एरियल र द नाइट डाइनेस्ट्रीसँग (ब्रिट्नी नाइट र सराया नाइट) पराजित भएका थिए। [७][८] सन् २०१२ मार्च १७ का दिन सिमर विमेन एथलेटिक्स ट्याग टिम उपाधिका लागि रेजेनेरेसन एक्सको तात्कालिक विजेताहरूसँग सामना भएको थियो जहाँ उनीहरूले उक्त उपाधि जित्न असमर्थ बने। उक्त खेलको अर्को दिन आयोजित सिमर विमेन एथलेटिक्सको ४८औँ श्रृङ्खलामा उनीहरू पुनः उपाधिका लागि मैदान उत्रिएका थिए तर उक्त खेलमा पनि उनीहरू उपाधि जित्न असमर्थ बनेका थिए। सन् २०१३ मा बेट्सले एकल खेलहरू खेल्न सुरु गरेकी थिइन् भने अक्टोबर १९ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको ५८औँ श्रृङ्खलामा उनले सिमर विमेन उपाधिका लागि चेयरलिडर मिलेसीसँग खेल खेलेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्। सन् २०१३ र सन् २०१४ मा बेट्सले विभिन्न कुस्ती खेलाडीहरूसँग एकल खेल खेलेकी थिइन् जसमा निकी स्टोर्म, मार्टी बेली, भेदा स्कट र जेसिमा हाबोकसँगको खेल समावेश छन्।

साइन रेस्लिङ (सन् २०१२–२०१९)[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा मे यिम र बेट्स

सन् २०१२ जुलाईमा बेट्सले कुस्तीको एक प्रमुख पदोन्नति साइन रेस्लिङमा आवद्ध भएकी थिइन्। एकल प्रतिस्पर्धीको रूपमा बेट्सले मार्सिडेज मार्टिनेज, पोर्टिया पेरेज र जेसिका हाभोकसँग एकल खेलहरू खेलेकी थिइन्।[९] साइन रेस्लिङको ८औँ श्रृङ्खलामा बेट्स र किम्बर्ली बीचको खेल जारी गरिएको थियो जहाँ बेट्स पराजित भएकी थिइन्।[१०] साइन रेस्लिङको ९औँ श्रृङ्खलामा बेट्स र किम्बर्ली बीचको द्वन्द्वको अन्त्य भयो जब बेट्सले स्टिल केज खेलमा किम्बर्लीलाई पराजित गर्न सफल भएकी थिइन्।[११] बेट्सले पछि पहिलो साइन महिला विजेता बन्नका लागि एक प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताको पहिलो चरढमा टेलर मेडलाई पराजित गरेकी थिइन् भने पछि उनी मे यिमसँग पराजित भएकी थिइन्।[१२][१३] उनको पछि नेभियासँग द्वन्द्व चलेको थियो भने उनीहरू बीचको खेल साइन रेस्लिङको १५औँ श्रृङ्खलामा जारी गरिएको थियो जहाँ बेट्स विजेता बन्न सफल भएकी थिइन्।

सन् २०१४ मा बेट्सले पहिलो साइन ट्याग टिम उपाधि विजेता बन्नका लागि मे यिमसँग सहकार्य गर्दै एक टोलीको गठन गरेकी थिइन् भने उनीहरूको टोलीको नाम द लुचा सिस्टर्स राखिएको थियो।[१४] उनीहरूको टोलीले पछि प्रतियोगिताको सुरुवाती खेलहरूमा द किम्बर्ली बम्सलाई (चेरी बम र किम्बर्दी लि) पराजित गर्न सफल भएका थिए भने उनीहरूको उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा बेली स्मोथर र स्यासी स्टिफीलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चरणको यात्रा तय गरेका थिए भने उनीहरूले उक्त प्रतियोगिताको अन्तिम खेलमा मेड इन सिनलाई (टेलर मेड र एलिसन के) पराजित गर्दै साइन ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[१५][१६] लिभा बेट्स र मे यिम ट्याग टिा विजेता बनिसकेपछि उनीहरूले उनीहरूको उपाधि इभी र म्याडिसन इगल्सको विरुद्ध र क्यान्डिस लि रे र एभिलिसीको विरुद्धमा आफैसँग कायम राख्न सफल भएका थिए भने पछि उनीहरूको उक्त उपाधि लेजेन्डरी (ब्रमन्डी वाइन र मेलिया) विरुद्धको खेलमा गुमाएका थिए जुन सन् २०१४ जुन २७ का दिन साइन रेस्लिङको २०औँ श्रृङ्खलामा आयोजना गरिएको थियो।[१७] साइन रेस्लिङको २१औँ श्रृङ्खलामा द लुचा सिस्टर्सले पुन उपाधि हात पार्नका लागि ट्याग टिम विजेताहरूसँग खेल जारी गरिएको थियो जहाँ उनीहरू पराजित भएका थिए।[१८]

डब्ल्युडब्ल्युई एनएक्सटी (सन् २०१४–२०१५)[सम्पादन गर्नुहोस्]

बेट्सले सन् २०१४ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पहिलोपटक एडम रोजका साथ देखा परेकी थिइन्।[१९] सन् २०१४ अक्टोबर १६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा बेट्स उक्त पदोन्नति अन्तर्गत उनको पहिलो खेल भर्खरै उक्त पदोन्नतिमा पर्दापण गरेकी कार्मेलाको विरुद्धमन खेलेकी थिइन् जहाँ उनी कार्मेलासँग पराजित भएकी थिइन्।[२०] उनलाई पछि उक्त पदोन्नतिमा कार्यरत एन्जो अमोरे र कुलिन क्यासडीले ब्लु पेन्ट नाम दिएका थिए भने उनी सोही नामले कुस्ती खेल्न सुरु गरेकी थिइन्।[२१] सन् २०१४ अक्टोबर २३ मा दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनी पुनः कार्मेला विरुद्धको खेलमा पराजित भएकी थिइन् जुन नोभेम्बर २७ मा दिन प्रसारण गरिएको थियो।[२२][२३] सन् २०१५ जनवरी १ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा पेन्टले पहिलो जित हासिल गरिने जब उनले एक खेलमा कार्मेलालाई पराजित गर्न सफल भएकी थिइन्। उनले क्रमशः फेब्रुअरी १८, अप्रिल १५ र १० जुनका दिन आयोजित एनएक्सटीको श्रृङ्खलाहरूमा उपस्थिति जनाएकी थिइन् जहाँ उनी तात्कालिक एनएक्सटी महिला विजेता सासा बेङ्क्स, डाना ब्रुक र एमासँग पराजित भएकी थिइन्।[२४][२५] ब्लु पेन्टले पछि द भडभिलेन्स (साइमन गच र एडन इङ्लिस) नामक एक टोलीको प्रबन्धक बनेको जानकारी गराएकी थिइन्।[२६] सेप्टेम्बर २ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा पेन्ट र ब्लिस बीच खेल आयोजना गरिएको थियो जहाँ पेन्ट पराजित भएकी थिइन्।[२७][२८] डिसेम्बर २ का दिन उनले उक्त पदोन्नतिका लागि अन्तिम उपस्थिति जनाएकी थिइन् भने उक्त दिन उनी नाया ज्याक्स विरुद्धको खेलमा पराजित भएकी थिइन्।

अन्य पदोन्नति (सन् २००८–२०१९)[सम्पादन गर्नुहोस्]

बेट्सले सन् २००८ मे २८ का दिन अमेरिका स्थित कुस्तीको एक प्रमुख पदोन्नति टोटन नन् स्टप एक्सन रेस्लिङ पहिलो उपस्थिति जनाएकी थिइन् जहाँ उनको सामना असम कङसँग भएको थियो भने उक्त खेलमा उनी पराजित भएकी थिइन्।[२९] सन् २०१२ सेप्टेम्बरमा बेट्स सोही पदोन्नतिका लागि दोस्रो उपस्थिति जनाएकी थिइन् जहाँ उनले एसेस एन्ड एट नामक टोलीलाई सहयोग गरेकी थिइन्। सन् २०१६ मा टिएनए द्वारा आयोजित नकआउट्स नकडाउन नामक एक वार्षिक कार्यक्रममा बेट्स पुनः उक्त पदोन्नतिमा उपस्थिति जनाएकी थिइन् जहाँ उनले तात्कालिक टिएनए नकआउट्स विजेता जेडसँग एकल खेल प्राप्त गरेकी थिइन्।[३०] बेट्सले पछि टिएनए द्वारा आयोजित वान नाइट ओन्ली नामक एक वार्षिक कार्यक्रममा एलीलाई पराजित गर्न सफल भएकी थिइन् भने सोही दिन उनले ओडिबी, एलिसा र सान्टाना गेरेटसँग सहकार्य गर्दै एन्जलिना लभ, रोजमेरी, लोर्ल भ्यान न्यास र डियामन्टोको टोलीलाई पराजित गर्न सफल भएकी थिइन्।[३१]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

  • एटोमिक रिभोलुस्नरी रेस्लिङ
    • एआरडब्ल्यू बमसेल्स विजेता (१ पटक)[३२]
  • कोस्टल च्याम्पियनसिप रेस्लिङ
    • सिसिडब्ल्यू महिला विजेता (१ पटक)
  • हेभी अन रेस्लिङ
    • एचओडब्ल्यू महिला विजेता (१ पटक)[३३]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये शीर्ष २८ मा पर्न सफल (सन् २०१५)[३४]
  • सिमर रेस्लिङ
    • सिमर ट्याग टिम विजेता (१ पटक) – with डेलिया डुमसँग[३५]
  • साइन रेस्लिङ
    • साइन ट्याग टिम विजेता (१ पटक) – मे यिमसँग[३६]
  • दक्षिणपूर्वी च्याम्पियनसिप रेस्लिङ
    • एससिडब्ल्यू महिला विजेता (१ पटक)
  • संयुक्त राज्य च्याम्पियनसिप रेस्लिङ
    • युएससिडब्ल्यू महिला विजेता (१ पटक)
  • विमेन सुपरस्टार अनसेन्सर्ड
    • डब्ल्यूएसयु स्प्रिट उपाधि (१ पटक)
  • रेसलसर्कस
    • रेसलसर्कस विजेता (१ पटक)[३७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Leva Bates", Online World of Wrestling, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  2. "Leva Bates profile", The Internet Wrestling Database 
  3. ३.० ३.१ Benigno, Anthony (मार्च ४, २०१५), "The unexpected virtue of Blue Pants: NXT's cult phenomenon breaks her silence", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच मार्च ४, २०१५ 
  4. ४.० ४.१ "Roster", Full Impact Pro, मूलबाट नोभेम्बर ११, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०१४  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ११, २०१४ मिति
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ "Bates, Leva", Shine Wrestling, मूलबाट अक्टोबर १७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २०१२ मिति
  6. Benigno, Anthony (मार्च ३, २०१५), "The unexpected virtue of Blue Pants: NXT's cult phenomenon breaks her silence", WWE.com 
  7. ७.० ७.१ "Show results – 10/19 Shimmer DVD taping in Berwyn, Ill.: Shimmer Title & Tag Titles defended for Vol. 58 & 59, Cheerleader Melissa and top women's wrestlers featured", Pro Wrestling Torch, अक्टोबर २०, २०१३, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  8. Namako, Jason (जुन १६, २०१४), "Feature: Jason Namako recaps Shimmer Volume 59", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  9. Namako, Jason (फेब्रुअरी २३, २०१४), "2/22 Shine #7 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  10. Namako, Jason (मार्च २३, २०१३), "3/23 Shine #8 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  11. Namako, Jason (अप्रिल २०, २०१३), "4/19 Shine #9 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  12. Namako, Jason (मे २४, २०१३), "5/24 Shine #10 iPPV Results: (Angelina Love vs. Rain)", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  13. Namako, Jason (जुलाई १३, २०१३), "7/12 Shine #11 iPPV Results: Ybor City, FL (First Shine Champion crowned)", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  14. Namako, Jason (मार्च ३, २०१४), "2/28 Shine 17 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  15. Namako, Jason (अप्रिल २०, २०१४), "4/18 Shine 18 iPPV Results: Ybor City, FL (Ivelisse vs. Knight)", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  16. Namako, Jason (जुन २८, २०१४), "6/27 Shine Results – (Ivelisse/Serena Deeb – 1 Hour Draw)", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  17. Namako, Jason (अगस्ट २३, २०१४), "8/22 Shine #21 Results: Ybor City, FL (Havok vs. Kay)", WresteView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  18. Trionfo, Richard (मे १२, २०१७), "Complete Shine 42 iPPV coverage: a new title, new tag champions, Leva versus LuFisto, and more", PWInsider, अन्तिम पहुँच अप्रिल १९, २०१८ 
  19. James, Justin (अक्टोबर १६, २०१४), "James's WWE NXT Report 10/16 – Week 122: Sami Zayn vs. Tyson Kidd main event, Women's champ Charlotte; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच अक्टोबर २४, २०१४ 
  20. Parry, Josh (अक्टोबर २३, २०१४), "WWE News: NXT Spoilers – full results from Thursday's TV taping, including line-up for the next NXT special, plus Seth Rollins makes post-taping appearance, more", Pro Wrestling Torch, अन्तिम पहुँच अक्टोबर २४, २०१४ 
  21. Howell, Nolan (जनवरी १, २०१५), "NXT: Itami and Balor continue tag ascent", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच फेब्रुअरी ३, २०१५ 
  22. Howell, Nolan (फेब्रुअरी १८, २०१५), "NXT: Neville rematches NXT champ Owens", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच फेब्रुअरी २३, २०१५ 
  23. Howell, Nolan (अप्रिल १५, २०१५), "NXT: Zayn drops Rhyno in return", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अप्रिल १६, २०१५  = Archive.today अभिलेखिकरण अप्रिल १६, २०१५ मिति
  24. Scherer, Dave (अगस्ट २२, २०१५), "Ongoing NXT TakeOver: Brooklyn Blog", PWInsider, अन्तिम पहुँच अगस्ट २२, २०१५ 
  25. James, Justin (सेप्टेम्बर २, २०१५), "JAMES'S WWE NXT REPORT 9/2 – Week 178: Dusty Rhodes Tag Tournament kicks off, Gargano & Ciampa debut on NXT, Joe & Balor form team, more; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१५ 
  26. Trionfo, Richard (डिसेम्बर २, २०१५), "WWE NXT REPORT: JOE VS. CIAMPA, MATCHES MADE OFFICIAL FOR TAKEOVER, WERE THE VAUDEVILLAINS READY WILLING AND GABLE?, AND MORE", PWInsider, अन्तिम पहुँच डिसेम्बर ३, २०१५ 
  27. Stone, Dannt; Rams, Robert (नोभेम्बर २५, २०१५), "Royal Ramblings Meets Leva 'Blue Pants' Bates", Huffington Post, अन्तिम पहुँच अप्रिल १९, २०१८ 
  28. Oster, Aaron (फेब्रुअरी १९, २०१५), "NXT Recap: Rhyno's Return and the End of an Era", Rolling Stone, अन्तिम पहुँच अप्रिल १९, २०१८ 
  29. Namako, Jason (सेप्टेम्बर २८, २०१२), "Identity of unknown female on Impact Wrestling", WrestleView, अन्तिम पहुँच नोभेम्बर २९, २०१४ 
  30. Kreikenbohm, Philip, "Impact Wrestling One Night Only – Victory Road 2017: Next Knockout « Events Database « CAGEMATCH – The Internet Wrestling Database", Cagematch.net, अन्तिम पहुँच डिसेम्बर ५, २०१७ 
  31. "Results", Full Impact Pro, मूलबाट नोभेम्बर ११, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २९, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
  32. https://twitter.com/TeamVisionDojo/status/974816428095365120
  33. https://www.cagematch.net//?id=5&nr=3923
  34. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2015", Pro Wrestling Illustrated, Internet Wrestling Database, अन्तिम पहुँच नोभेम्बर ६, २०१५ 
  35. Bates, Leva, "No freakin' way!!! Totally Tubular Tag Team, @delilah_doom & I, just won these sweet tag titles at @SHIMMERwomen #T4 #DoomandZoom #soexcitedpic.twitter.com/KSuShSJU1G", अन्तिम पहुँच डिसेम्बर ५, २०१७ 
  36. Namako, Jason (मार्च ३, २०१४), "2/28 Shine 17 iPPV Results: Ybor City, Florida", WrestleView.com, अन्तिम पहुँच मार्च ९, २०१५ 
  37. Kreikenbohm, Philip, "WC Sideshow Championship « Titles Database « CAGEMATCH – The Internet Wrestling Database", Cagematch.net, अन्तिम पहुँच डिसेम्बर ५, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]