लीलानाथ घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लीलानाथ घिमिरे
लीलानाथ घिमिरे
लीलानाथ घिमिरे
जन्मलीलानाथ घिमिरे
३० मे 1973
सिन्धुली जिल्ला
राष्ट्रियतानेपाल
पेशापत्रकार, लेखक

लीलानाथ घिमिरे नेपालका एक साहित्यिक रचनाकार [१] तथा सञ्चारकर्मी हुन् । उनले नेपाली भाषाका गीत तथा गजल रचना गरेका छन् । उनको पहिलो गीती सङ्ग्रह सिन्धुलियन[२] हो । उनले विगत २१ वर्ष देखी नेपाली सूचना तथा सञ्चार क्षेत्रमा निरन्तर आफ्नो पेशागत सहभागीता जनाउदै आइरहेका छन् । कान्तिपुर मिडिया ग्रुप अन्तरगतको कान्तिपुर दैनिकमा विगत लामो समयदेखी आवद्ध उनका प्राय लेख आर्थिक तथा सामाजिक र इन्फरमेसन टेक्नोलाजीमा आधारित हुन्छन् । उनी हाल बरिष्ठ उप-सम्पादक पदमा रहेर कार्य गर्दै छन् ।

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

लीलानाथ घिमिरेको जन्म पिता योगेन्द्रप्रसाद घिमिरे र माता जानुकादेवी घिमिरेको कोखबाट सिन्धुलीको माडीमा भएको हो । उनले जनजागृति माद्यमिक विद्यालय भिमानबाट एसएलसी अध्यन पुरा गरे । सिन्धुली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र सकाएर जनकपुर क्याम्पस ,जनकपुरबाट बि.एड. र रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंबाट एमए अध्ययन सकेका उनले प्रारम्भिक शिक्षा र पत्रकारिता सिन्धुलीबाट नै सुरु गरेका हुन् ।

योगदान[सम्पादन गर्नुहोस्]

उनले नेपाली पत्रकारिता क्षेत्रमा २१ वर्ष अनवरत सेवा गरेका छन् । उनी समृद्ध सिन्धुली अभियानकर्ता पनि हुन् ।

पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

उनलाई सन् २००४ मा सिन्धुली उद्योग वाणिज्य सङ्घले 'वर्षको सर्वश्रेष्ठ पत्रकार'को रूपमा सम्मान गरेको थियो । उनले सन् १९९५ मा रेयुकाइ नेपालले आयोजना गरेको पहिलो राष्ट्र व्यापी खुला वाचन प्रतियोगितामा पनि पुरस्कार प्राप्त गरेका छन् । युनिभर्सल पिस फेडेरेसन, अमेरिकाद्वारा २००७ मा शान्ति दूतको पदवी पाएका छन् ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]