महालेखा नियन्त्रकको कार्यालय
स्वरूप
(लेखापरीक्षणमान बोर्ड, नेपालबाट अनुप्रेषित)
महालेखा नियन्त्रक कार्यालय | |
पूर्वाधिकारी | कुमारी चोक |
---|---|
गठन | वि.सं. २००८ सालमा महालेखापालको कार्यालयको रूपमा वि.सं. २०३२ सालमा महालेखा नियन्त्रक कार्यालयका नाममा रुपान्तरित |
संस्थापक | - |
प्रकार | सरकारी अड्डा |
लक्ष्य | बजेट कार्यान्वयनमा सहजीकरण गर्ने, सरकारको आय र व्ययको लेखा राख्ने र सो को केन्द्रिय वार्षिक विवरण तयार गरी महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने निवृत्तभरण व्यावस्थापन, सरकारी बाँकी असूल उपर र प्रचलित कानुनद्वारा तोकिएका अन्य कार्यहरु |
प्रधान कार्यालय | काठमाडौँ |
वेबसाइट | https://www.fcgo.gov.np/ |
पूर्व नाम | कुमारी चोक |
नेपाल सरकारको आर्थिक प्रशासनका विविध पक्षहरू जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी कार्यहरू गर्ने आधिकारीक निकाय महालेखा नियन्त्रकको कार्यालय हो ।
आर्थिक प्रशासन सम्बन्धी कामकाज गर्न २००८ सालमा महालेखापालको कार्यालय स्थापना भई पहिलो पटक वजेट तयारी र कार्यान्वयन सम्वन्धी कामको थालनी भएको थियो । पछि २०३२ सालदेखि यस कार्यालयलाई विधिवत रूपमा महालेखा नियन्त्रक कार्यालयमा परिणत गरियो।
उद्देश्यहरू
[सम्पादन गर्नुहोस्]- सञ्चित कोष वा सरकारी ढुकुटीको सञ्चालन गर्ने,
- सञ्चित कोषको लेखा अद्यावधिक राख्ने,
- राष्ट्रको केन्द्रीय वाषिर्क आय-व्ययको लेखा तयार गर्ने,
- आर्थिक प्रशासन सम्बन्धी नीति नियमको तर्जुमा गर्ने र आर्थिक नियन्त्रण गर्ने।
कार्यक्षेत्र र जिम्मेवारी
[सम्पादन गर्नुहोस्]आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम यस कार्यालयले सम्पादन गर्ने कार्यहरू निम्नलिखित छन्।
- नेपाल सरकारको सञ्चित कोषको लेखा राख्ने र राख्न लगाउने,
- सरकारी कार्यालयहरूको लागि स्वीकृत बजेट बमोजिमको रकम निकासा दिने र दिन लगाउने,
- सरकारी कार्यालयहरूको लागि बैङ्क खाता सञ्चालन गर्न स्वीकृति दिने,
- नेपाल सरकारको आय-व्ययको केन्द्रीय हिसाव तयार गर्ने,
- नेपाल सरकारको ऋण तथा लगानीको हिसाव राख्ने,
- वैदेशिक ऋण र अनुदान सम्वन्धी सोधभर्नाको हिसाव राख्ने,
- नेपाल सरकारको लेखा प्रणाली तर्जुमा गरी कार्यान्वयन गराउने,
- आर्थिक प्रशासन सम्बन्धमा सरकारी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने,
- आर्थिक प्रशासन सम्बन्धी विवादहरूमा राय दिने,
- आथिर्क सूचना सङ्ग्रह एवं प्रवाह हेर्ने,
- नेपाल सरकारले तोकिदिएको अन्य काम गर्ने।
सम्बन्धित निकायहरू
[सम्पादन गर्नुहोस्]- कोष तथा लेखा नियन्त्रक कार्यालयहरू ७७ वटा।
- कौशी तोषाखाना कार्यालय।
- कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय।