लोचनलाल अमात्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोचनलाल अमात्य
लोचनलाल अमात्य
लोचनलाल अमात्य नेपाल टेलिकममा

लोचन लाल अमात्य (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले रसियामा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल नेपाल टेलिकमको स्याटेलाइट निर्देशनालयमा निर्देशक छन्।

रसियाको लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूटबाट सन् १९८६मा इलेक्ट्रोनिक प्रोसेसिङ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका अमात्यले त्यही साल नेपाल टेलिकममा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए। [१]

उनी सन् २००० देखि सन् २००४ सम्म कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानको अध्यक्ष रहे।[२]

सन् २००७ देखि २०११ सम्म उनले आइटी प्रोफेसनल फोरम (ITPF)को अध्यक्षको रूपमा काम गरे। [१] अहिले उनी नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN)को सदस्य छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ IT Professional Forum
  2. Association of Nepal Website