वज्राचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वज्राचार्य बौद्ध धर्मको वज्रयान सम्रदायअन्तर्गत पर्ने एक थर, गुरु वा पुजारी हो। वज्रयान परम्परामा वज्राचार्य भनेर तान्त्रिक गुरुलाई पनि चिनिन्छ ।[१] नेपाल मण्डलका प्रथम वज्राचार्य महामञ्जुश्री हुन् भनी पं बद्रिरत्न वज्राचार्यको वज्राचार्यहरूको संक्षिप्त परिचयनामक पुस्तकमा उल्लेख छ । बौद्ध विद्वान् राजेन्द्रमान वज्राचार्यका अनुसार वज्रयानको उद्गमस्थल काठमाडौँ हो । कतिपयले यो थरविशेष नभई उपाधि भनेका छन् । अहिलेको चलनचल्तीमा विज्ञान विषयको स्नातकोत्तर तह एमएस्सीलाई विज्ञानाचार्य र मानविकी विषयको स्नातकोत्तर तह एमएलाई कलाचार्य भनेजस्तै वज्रयानमा आचार्य गरेकालाई वज्राचार्य भनिन्छ। वज्राचार्य उपाधि धारण गरेका व्यक्तिका सन्तानलाई पनि कालान्तरमा वज्राचार्य भन्न थालियो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]