वाचस्पति देवकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाचस्पति देवकोटा (Bachaspati Devkota) - नेपाली राजनीतिज्ञ हुनुहुन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी र लेनिनवादी)को सदस्य हुनुहुन्छ । उहां विध्यार्थी आन्दोलनमा सहभागि भएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यर्थी युनियन को सस्थापक सदस्य हुनु भयो ।[१] °

उहाँको जन्म बाग्लुङ जिल्लामा गोरखा जिल्ला बासी आमा-बाबुबाट भएको थियो। उहाँले आफ्नै घरमा प्राथमिक शिक्षा पाउनु भयो र पछि थप शिक्षाको लागि काठमाडौँ जानु भयो । उहाँले विसं २०२१ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सदस्यता लिनुभयो। उहाँ पंचायत सरकार विरुद्ध स्वतन्त्र बिध्यार्थी को लागि सक्रिय भई विकास भवन हाई स्कूलको विद्यार्थी युनियनको पहिलो सभापति चुनिनु भयो।[२]

उहाँ नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पोलिट ब्युरो सदस्य सदस्य हुनुहुन्थो। उहाँले यो पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी र लेनिनवादी ) नेकपा-एमाले मा सहभागि हुनु भयो। विसं २०४८ देखि २०७० सम्म​ नेकपा-एमालेको केन्द्रीय समिति सदस्य निर्वाचित हुनु भएको थियो। विसं २०७० देखि उहाँ नेकपा-एमालेको सल्लाहकार कमिटि सदस्य हुनुहुन्छ्​।[३ ]

उहाँ विसं २०५५ देखि ​२०६१ सम्म राष्ट्रिय सभा (माथिल्लो संसद )को सदस्य हुनुहुन्थो।   विसं २०५७ देखि २०५९ सम्म​ राष्ट्रिय सभा (माथिल्लो संसद) को प्रत्यायोजित विधायी समिति को अध्यक्ष हुनुहुन्थो। विसं २०६१ जेठ देखि माघ सम्म​ नेपाल सरकारको जनसङ्ख्या तथा वातावरण मन्त्री हुनुहुन्थो।[४] [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

[१] Rawal, Bhim. The Communist Movement in Nepal: Origin and Development. Kathmandu: Accham-Kathmandu Contact Forum, 2007. p. 85

[२] Jump up krantikari nepal.blogsome.com/2006/01/04/kathmandu-4/

[३] http://www.cpnuml.org

[४] https://thehimalayantimes.com/nepal/parliamentarians-barred-from-meeting-detained-colleag[dead link]...

[५] http://www.ibiblio.org/obl/docs2/NLM2006-01-24.pdf

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]