वान पिस (एनिमे)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वान पिस
शैलीद्वन्द, यात्रा, पारलौकिक[१]
निर्माण गर्ने देशजापान
भाषा(हरू)जापानी
सत्रहरुको सङ्ख्या२०
भागहरूको सङ्ख्या९०८
निर्माण
प्रसारण अवधि२४ मिनेट
निर्माण कम्पनी(हरु)तोइ एनिमेसन
वितरकतोइ कम्पनी
प्रसारण
मूल च्यानलफुजी नेटवर्क
प्रथम प्रसारणजापान
प्रथम प्रसारण२० अक्टोबर १९९९ (1999-10-20) – present (present)
बाह्य कडीहरू
वान पिस जापानी वेभसाइट

वान पिस (जापानी: ワンピース) एलिचिरो वोडा द्वारा रचित, सोही नामको माङ्गा (ग्राफिक उपन्यासमा), आधारित जापानी टेलिभिजन एनिमे श्रङ्खला हो। यस एनिमे मङ्की डी लुफी नामक युवाको सामुद्रिक यात्रा र उनको सम्पूर्ण समुन्द्री डाँकु मध्येका राजा बन्ने लक्ष्यमा रहेको छ। यसका लागि "वान पिस" नामको खजानाका खोजीमा उनी लागि परेका छन्। 'डेफिल फ्रुट', दानवीय शक्ति प्रधान गर्ने फलको सेवन पश्चात् रबर जस्तै शारिरिक शक्ति प्राप्त गरेका लुफी आफ्ना पाइरेट समूह स्ट्र ह्यट पाइरेटस् सँग यात्रामा छन्।

टोइ एनिमेसनले निर्माण गरेको यस एनिमे जापानको फुजी टेलिभिजनबाट अक्टोबर २०, १९९९ देखि हालसम्म ९०० श्रङ्खला भइसकेका छन् भने संसार भरी नै उल्लेख्य मात्रामा दर्शक रहेका छन्।[२] बिजनेस इन्सआइडर का अनुसार सन् २०१६ मा वान पिसको १९० लाखको दर्शकका माग रहेको थियो; जसबाट सोही वर्षको सबैभन्दा चर्चित एनिमे, र १४ औँ सबैभन्दा बढी रुचाइएको टेलिभिजन कार्यक्रम बनेको थियो।[३]

कथा शृङ्खला[सम्पादन गर्नुहोस्]

  • पहिलो: संस्करण १ देखि ८
  • दोस्रो: संस्करण ९ देखि १४
  • तेस्रो: संस्करण १५ देखि हालसम्म
संस्करण # भाग सर्वप्रथम प्रदर्शनी शृङ्खला
निर्देशन
शृङ्खला संरचना पात्र बनावट
पहिलो प्रदर्शन अन्तिम प्रदर्शन
१-६१ ६१ अक्टोबर २०, १९९९ मार्च १४, २००१ कोनोसोके उडा जुन्की ताकेगामी नोबोरो कोइजुमी
६२-७७ १६ मार्च २१, २००१ अगष्ट १९, २००१
७८-९२ १५ अगष्ट २६, २००१ डिसेम्बर ९, २००१
९३-१३० ३८ डिसेम्बर १६, २००१ अक्टोबर २७, २००२
१३१–१४३ १३ नोबम्बर ३, २००२ फेब्रुअरी २, २००३ कोनोसुके उडा,

जुनी सिमिजु

१४४–११९५ ५२ फेब्रुअरी ९, २००३ जुन १३, २००४
१९६-२२८ ३३ जुन २०, २००४ मार्च २७, २००५ कोनोसुके उडा हिरोसिको उइसेके
२२९-२६३ ३५ अप्रिल १७, २००५ अप्रिल ३०, २००६ कोनोसुके उडा, मुनिहिसआ सकाई
२६४-३३६ ७३ मे २१, २००६ डिसेम्बर २३, २००७
१० ३३७-३८१ ४५ जनवरी ६, 2008 डिसेम्बर १४, २००८ मुनिहिसा सकई

हिरोयाकी मिनामोटो

११ ३८२-४०७ २६ डिसेम्बर २१, २००८ जुन २८, २००९ हिरोयाकी मियामोटो, नोबोरो कोइजुमी,

काजुया हिसाडा

१२ ४०८-४२१ १४ जुलाई ५, २००९ अक्टोबर ११, २००९ Kazuya Hisada
१३ ४२२-४५८ ३७ अक्टोबर १८, २००९ जुलाई ११, २०१०
१४ ४५९-५१६ ५८ जुलाई १०, २०१० सेप्टेम्बर २५, २०११
१५ ५१७-५७८ ६२ अक्टोबर २, २०११ डिसेम्बर २३, २०१२
१६ ५७९-६२८ ५० जनवरी ६, २०१३ जनवरी १२, २०१४
१७ ६२९-७४६ ११८ जनवरी १९, २०१४ जुन २९, २०१४ हीरोयकी मियमोटो

तोसीनोरी फुकीयोजा

१८ ७४७-७८२ ३६ जुन २६, २०१६ अप्रिल २, २०२७ तोसीनोरी फुकोवजा
१९ ७८३-८९१ १०९ अप्रिल ९, २०१७ जुन १६, २०१९ हिरोएको उइसेका

सोजी योनीमुरा

२० ८९२ १६ जुन २३, २०१९ हालसम्म तातुसुया नागमुने सोजी एानीमुरट मोडोरी मात्सुडा
जम्मा ९०८ अक्टोबर २०, १९९९ हाल -

कथाका मुख्य पात्रका नामहरू[सम्पादन गर्नुहोस्]

  • मङ्की डि लुफी
  • रोरोना जोरो
  • नामि
  • सान्जी
  • टोनी टोनी चोप्पर
  • निको रोबिन
  • ब्रुक
  • फ्राङ्की

आवाज कलाकार[सम्पादन गर्नुहोस्]

जापानी आवाज कलकार
मायुमी तानाका
काजुया नकाई
आकमी ओकामुरा
काप्पे यामागुछी
हिरोकी हिराटा
इकुइ ओतानी
युनिको यामागुछी
काजुकी याओ
छो

निर्माण[सम्पादन गर्नुहोस्]

जुन ८, २००४ मा फोर किड्स इन्टरनेसनलले वान पिसका भागहरू उत्तर अमेरिकाका बाँड्नका लागि अनुमति पत्र प्राप्त गरेको थियो। फोर किड्सले भिज मिडियालाई गृह श्रव्य दृश्य वितरणका लागि सम्झौता गरेको थियो।

अप्रिल १३, २००७ फनिमेसनले आुमति पत्र प्राप्त गरी अङ्ग्रेजी भाषामा वान पिसको निर्माण गर्न सुरुवात गरेको थियो। क्रिस्टोबर सबत, अङ्ग्रेजी आवाज कलाकार, का अनुसार फनएनिमेसनले सुरुवात देखि नै वान पिसको अनुमति पत्र प्राप्त गर्ने इच्छा राखेको थियो। फनएनिमेसनले १३ भाग मे २७, २००८ निकालेको थियो।

चलचित्र[सम्पादन गर्नुहोस्]

एनिमेको कथा भन्दा भिन्नै कथा संरचना तर उहि पात्र लिइकन १४ अन्य चलचित्रहरू बनेका छन्। चलचित्रहरू मार्चमा, विद्यार्थीहरूको 'वसन्त ऋतुको विदा' को समय पारी सार्वजनिक गरिएको थियो। चलचित्रहरूमा भने भिन्नै कथा, मुख्य कथा भन्दा अलग कथाको सुरुवात हुने गर्दछन्।

चलचित्रको नाम निर्देशक लेखन प्रदर्शन मिति समय
वान पिस: द मुभि जुनजी सिम्जयु मिचिरि सिमडा मार्च ४, २००० ५७ मिनेट
क्लक वर्लड एडभेनचर मार्च ३, २००१ ५५ मिनेट
चप्पर किङडम अन द टइल्यान्ड अफ स्ट्रेन्ज एनिमल्स मार्च २, २००२ ५६ मिनेट
डेडइन्ड एडभेन्चर कोनोसोक उडा योसीयुकी सुगा मार्च १, २००३ १ घन्ट ३५ मिनेट
द कर्स्ड होली स्वर्ड मार्च ६, २००४ १ घन्टा ३५ मिनेट
बेरन ओमात्सुरी एन्ड द सेक्रेट आइल्यान्ड मामोरो होमस्डा माहिरो इटो मार्च ५, २००५ १ घन्टा ३२ मिनेट
जाइन्ट मेचासोल्डर अफ कारकुरी क्यास्ल कोनोसोके उडा मार्च ४, २००६ १ घन्टा ३५ मिनेट
द डेजर्ट प्रिन्सेस एन्ड द पाइरेट्स तटकिहरो इनामुरा हिरोहिओ कामिसाका मार्च ३, २००७ १ घन्टा ३० मिनेट
एपोसोड अफ चोप्पर पल्स जुन्जी सिम्जु मार्च १, २००८ १ अन्टा ५३ मिनेट
१० वान पिस स्ट्रङ वर्ल्ड मुनिहिसा सकाई डिसेम्बर १५, २०१२ १ घन्टा ४७ मिनेट
११ स्ट्र हेट चेज हिरोयुकी साटो यासुयुकी स्टुसुमी मार्च १९, २०११ ३० मिनेट
१२ वान पिस जी तात्सुया नागामिने ओसामु सुजुकी डिसेम्बर १५, १ घण्टा ४ मिनेट
१३ वान पिस फिल्म: गोल्ड हिरोकी मियामोटो सुतोमो कुरोइवा जुलई २, २०१५ २ घन्टा
१४ वान पिस स्टामपेड ताकसी ओत्सुका आत्सुइरो तोमोको, ताकासी ओत्सुका अगस्ट ९, २०१९ १ घन्टा ४१ मिनेट

समिक्षा[सम्पादन गर्नुहोस्]

वान पिसको समिक्षामा राम्रो रहेको छ। सन् २०१७ सम्ममा वान पिस जापानको सबैभन्दा रुचाइएको एनिमेहरूको सुचिमा पर्दछ। वान पिस एनिमे जापनको उच्च रूपमा बिक्रि हुने डिभिडि एनिमेहरूको सूचिमा पर्दछ।

सन् २०१८ मा, अमेरिकाको इलनोइसिस र विसकन्सिनमा हुलु (श्रव्य दृश्य प्रवाह मञ्चमा) सबैभन्दा बढी हेरिएको दूरदर्शन कार्यक्रम बनेको थियो।

पुरस्कार[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २००१ मा वान पिस एनिमे दूरदर्शन श्रङ्खलाहरूमा नवौँ स्थानमा रहेको थियो। सन् २००१ मै एनिमेज नामक जापानी एनिमे पत्रिकाले सबै भन्दा बढी छानिएको एनिमेहरूको सूचिमा पाचौँ स्थानमा राखेको थियो। सन् २००६ मा वान पिस उत्कृष्ट १०० मध्ये २१ औँ स्थानमा टिभी आसहिले राखेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "आधिकारिक वेभसाइट", Viz Media, अन्तिम पहुँच अक्टोबर २७, २०१७ 
  2. "One Piece", mediaarts-db.jp (जापानीमा), Agency for Cultural Affairs, अन्तिम पहुँच मार्च २०, २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०३ मिति
  3. "One Piece, Naruto: Shippuden Earn Spots As Two Of 2016’s Most Popular Shows", Comicbook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]