सामग्रीमा जानुहोस्

वार्तालाप:नेपाली पात्रो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली पात्रो
निर्माणकर्ता (हरू)बिरिजन महर्जन
स्थिर संस्करण
६. ७. ७
मञ्चआइओएस
एन्ड्रोइड
आकार२४ मेगाबाइट[]
उपलब्ध भाषाहरू२ भाषाहरू
प्रकारजीवनशैली
वेबसाइटnepalipatro.com.np


नेपाली पात्रो

[सम्पादन गर्नुहोस्]

नेपाली पात्रो नेपालमा पहिलोपटक विकसित गरिएको क्यालेन्डर एप्लिकेसन हो। यो एप सुरुवातमा बिरिजन महर्जनद्वारा विकास गरी सन् २००७ मा फेसबुकमार्फत सार्वजनिक गरिएको थियो। प्रयोगकर्ताहरूको सुविधाका लागि यसलाई सन् २००८ मा www.nepalipatro.com.np मार्फत वेबसाइटको रूपमा प्रस्तुत गरियो। सन् २०११ मा यो एप एन्ड्रोइड संस्करणका रूपमा गुगल प्ले स्टोरमा उपलब्ध गराइयो। १ करोडभन्दा बढी पटक डाउनलोड गरिएको यो एप नेपाली एपहरूमा सबैभन्दा लोकप्रिय एपमध्ये एक हो।

२०८० सालको नव वर्षमा नेपाली पात्रोले तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट पनि सार्वजनिक गरेको थियो।

  • सन् २००७: फेसबुकमा क्यालेन्डर डेट म्यापिङ सिस्टम विकास गरी नेपाली पात्रो सुरु।
  • सन् २००९: नेपाली पात्रोको वेबसाइट प्रारम्भ।
  • सन् २०१०: विन्डोज डेस्कटप ग्याजेटका रूपमा उपलब्ध।
  • सन् २०११: एन्ड्रोइड एपको रूपमा सार्वजनिक।
  • सन् २०१२: आईफोन एपको रूपमा विकास र म्याक एपको सुरुआत।
  • सन् २०१३: आईओएस एपको रूपमा विकास।

नेपाली पात्रोले विभिन्न प्रकारका सुविधा उपलब्ध गराउँछ:

- विक्रम संवत्, नेपाल संवत्, र ग्रेगोरियन क्यालेन्डरका तिथिमिति। - दैनिक, साप्ताहिक, मासिक, र वार्षिक राशिफल।

२. समाचार र सूचना

[सम्पादन गर्नुहोस्]

- सयौं प्रकाशक र इ-पत्रिकाबाट दैनिक समाचार उपलब्ध।

३. सार्वजनिक बिदा

[सम्पादन गर्नुहोस्]

- नेपाल सरकारले जारी गरेको सार्वजनिक बिदाको सूची डिजिटल रूपमा उपलब्ध।

४. एफएम रेडियो

[सम्पादन गर्नुहोस्]

- राष्ट्रिय र अन्तर्राष्ट्रिय एफएम रेडियो स्टेशनहरू सुन्न सकिने।

५. विदेशी विनिमय दर

[सम्पादन गर्नुहोस्]

- नेपाली रुपैयाँलाई अमेरिकी डलर, यूरो, र जापानी येनमा रूपान्तरण गर्ने सुविधा।

६. सुन-चाँदीको दर

[सम्पादन गर्नुहोस्]

- नेपालमा दैनिक सुन र चाँदीको दर अपडेट।

७. पेट्रोल र तरकारीको मूल्य

[सम्पादन गर्नुहोस्]

- उपभोग्य सामग्रीको दैनिक मूल्य सूची उपलब्ध।

८. एकाइ रूपान्तरण

[सम्पादन गर्नुहोस्]

- क्षेत्रफल, लम्बाइ, आयतन, र तौलका एकाइहरूको रूपान्तरण।

- नाम, जन्म मिति, स्थान, र समय भरेर कुण्डली निर्माण गर्ने सुविधा।

१०. शुभ-साइत/मुहुर्त

[सम्पादन गर्नुहोस्]

- सूर्य र चन्द्रको स्थितिमा आधारित शुभ साइत र मुहूर्त।

११. ज्योतिष परामर्श

[सम्पादन गर्नुहोस्]

- अनुभवी ज्योतिषीहरूसँग प्रत्यक्ष परामर्शको सुविधा।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. यसरी तयार भयो, नयाँ पुस्ताको ‘नेपाली पात्रो’
  2. नेपालीले बनाएका चर्चित एन्ड्रोइड अनुप्रयोग
  3. नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
  1. "नेपाली पात्रो"