वार्तालाप:सुकरात
तल एउटा पत्रिकाबाट साभार गरिएको पाठ मुख्य पृष्ठमा मिलाएर राख्न मिल्छ कि?
[सम्पादन गर्नुहोस्]श्रोत राम्ररी खुलेको छैन, तर पनि लेखक/संकलकको नाम अन्तिम मा छ र यो पेज मा फेरी भेट्न सकिन्छ: http://www.nayapatrika.com/index.php?option=com_content&view=article&id=15296:2014-03-09-03-39-25
बिकास (कुरा गर्ने) १८:४५, १० मार्च २०१४ (युटिसी(UTC))
सुकरातको जन्म एथेन्समा भएको थियो । पिताको नाम थियो– साफ्रानिस्कस । आमाको नाम–फिनरिट । शारीरिक रूपमा उनी कुरूप देखिन्थे । गेडुलाजस्ता बडा–बडा आँखा थिए । नाक निकै चौडा र च्याप्टो थियो । ओठ निकै ठूला थिए । निकै पुड्के र मोटा थिए । सुकरातका पिता ढुंगा काट्ने काम गर्दथे । उनी शिल्पकार थिए । उनकी आमा सुडेनीको काम गर्थिन् । सुरुमा सुकरातले पनि आफ्ना पिताको पेसा अपनाउँदै ढुंगा काट्ने काम थालेका थिए । पछि सुकरात सेनामा पनि भर्ती भए । उनले पेलपनिसियन युद्धका वेला डेलियम, एम्फीपोलिस र पोटेडियाको युद्ध अभियानमा भाग लिए । भनिन्छ– युद्धभूमिमा उनी निकै बहादुरीका साथ लडेका थिए । उनले जनरल ऐल्सिबाइएडिजको ज्यान बचाएका थिए । सुकरातकी श्रीमतीको नाम थियो ज्यानथिपी । उनी सुकरातलाई त्यति राम्रो मान्दिनथिन् । यस कारणले कि उनी पियक्कड पनि थिए । अर्को कुरा उनी दार्शनिक थिए र अधिक समय हाटबजारमा मान्छेसित छलफलमा सामेल भएर व्यतीत गर्दथे । आफ्ना घरपरिवारको रेखदेखका निम्ति ज्यादा समय दिँदैनथे ।
====
[सम्पादन गर्नुहोस्]सुकरातको मुख्य काम हाटबजारमा डुल्ने हुन्थ्यो । भनिन्छ– उनी खाली खुट्टा हाटबजार डुल्थे । अधिकांश समय मान्छेहरूसित कुराकानी, तर्कवितर्क गर्नमा बित्दथ्यो । त्यस्तो विचारविमर्श निरर्थक भने हुँदैनथ्यो । हरेक वादविवाद सत्यको खोजीमा लक्षित हुन्थ्यो । सत्यको उत्खननमा निर्देशित रहन्थ्यो । यो उनको सत्यको पिँधसम्म पुग्ने तरिका थियो । सुकरात पद्धति वा शैली थियो । यस शैलीलाई सुकरात आइरोनी पनि भनिन्छ । सुकरात कसैलाई पनि सत्य यो हो भनेर प्रवचन दिँदैनथे । कसैलाई पनि यो राम्रो कुरा हो वा यो नराम्रो कुरा हो भनेर उपदेश दिँदैनथे । बरु उनले घुमाइघुमाई प्रश्न गरेर सम्बन्धित मान्छेको मुखबाट सत्य ओकल्न लगाउँथे । उनले कुनै तर्कशास्त्री वा वकिलले जस्तै तार्किक प्रश्न गरेर उत्तर दिने मान्छेका मुखबाट आफूले चाहेको वा आफूले सत्य मानेको उत्तर दिने अवस्थामा पुर्याउँथे । अपेक्षित उत्तरमा पुर्याउँथे । यसले गर्दा उनले वादविवाद गरेको मान्छेको कुरा बुझ्ने क्षमताको विकास मात्र हुँदैन्थ्यो ऊ आफैँ सत्य बोध गर्ने अवस्थामा पुग्न सक्दथ्यो । ऊ सजिलै सत्यलाई आत्मसात् गर्ने बिन्दुसम्म पुग्न सक्दथ्यो । सुकरातले सत्यको उद्घाटन गर्न प्रयोग गरेको प्रश्न उत्तरको यस पद्धतिलाई नै वादविवादको पद्धति भनिन्छ । वास्तवमा यो द्वन्द्ववादी पद्धति थियो । सुकरातका शिष्य प्लेटोले यही वादविवादको पद्धतिलाई अनुसरण गरेर थुप्रै ग्रन्थ तयार पारेका छन् । पछि जर्मनका दार्शनिक हेगेलले यस पद्धतिलाई कुनै पनि कुराको सत्य पता लगाउने विधिको रूपमा विकसित गरेका छन् । वादप्रतिवाद र संवादको पद्धतिको रूपमा विकास गरेका छन् । पछि माक्र्सले पनि यही वादविवाद र संवादको पद्धतिलाई सत्यको खोजी गर्ने पद्धतिको रूपमा ग्रहण गरेका छन् । यो पद्धति ‘वादे वादे जायते तत्त्ववोध’को अवधारणाअनुरूप छ ।
अनाथ ट्याग हटाउँदै
[सम्पादन गर्नुहोस्]पृष्ठको अनाथ ट्याग हटाइयो --Ganesh Paudel (कुरा गर्ने) ०७:१०, २५ नोभेम्बर २०१८ (युटिसी(UTC))