वार (२०१९ चलचित्र)
स्वरूप
वार War | |
---|---|
निर्देशक | सिद्धार्थ आनन्द |
लेखक |
|
पटकथा | श्रीधर राघवन सिद्धार्थ आनन्द |
कथा |
|
निर्माता | आदित्य चोपडा |
मुख्य कलाकार | |
छायाङ्कन | बेन्जामिन ज्यास्पर |
सम्पादन | आरिफ शेख |
सङ्गीत |
|
वितरक कम्पनी | |
वितरक | यशराज फिल्म्स |
प्रदर्शन मिति |
|
अवधि | १५४ मिनेट[१] |
देश | भारत |
भाषा | हिन्दी |
बजेट | ₹१५० करोड[२] |
बक्स अफिस | अनुमान ₹४७३.६० करोड[३] |
वार २०१९ भारतीय हिन्दी भाषाको एक्शन थ्रिलर चलचित्र हो जुन सिद्धार्थ आनन्द निर्देशित छ र आदित्य चोपडाले आफ्नो ब्यानर यशराज फिल्म्स अन्तर्गत निर्माण गरेका छन् । यसमा ऋतिक रोशन र टाइगर श्रोफ छन् ।
प्रधान फोटोग्राफी सेप्टेम्बर २०१८ को दोस्रो हप्तामा सुरु भएको थियो र मार्च २०१९ मा समाप्त भएको थियो । सुरुमा शीर्षक फाइटर्स निर्णय भएको थियो, जुलाई २०१९ मा आधिकारिक टिजर रिलीज पछि चलचित्रको शीर्षक परिवर्तन गरिएको थियो । कुमार द्वारा लिखित गीतको साथ सङ्गीत विशाल–शेखर द्वारा रचना गरिएको थियो, र वाईआरएफ म्युजिकको ब्यानरमा जारी गरिएको थियो ।
वार नाटकीय रूपमा गान्धी जयन्तीको अवसरमा २ अक्टूबर २०१९ मा ४डीएक्समा भारतमा रिलीज गरिएको थियो ।[४]
कलाकार
[सम्पादन गर्नुहोस्]- ऋतिक रोशन मेजर कबीर लूथराको रूप मा
- टाइगर श्रोफ कप्तान खालिद रहमानी/सौरभको रूपमा
- वाणी कपूर नैना हवालकरको रूपमा
- आशुतोष राणा कर्नल सुनील लूथराको रूपमा
- अनुप्रिया गोयनका अदितिको रूपमा
- दीपनिता शर्मा डा मल्लिका सिंघलको रूपमा
- सोनी रज्दान नफीसा रहमानीको रूपमा (खालिदको आमा)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "WAR (2019)", British Board of Film Classification, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१९।
- ↑ "War Economics: Yash Raj Films makes a whopping 170 cr. as profits; approx. 100 cr. share for Hrithik Roshan", Bollywood Hungama, अन्तिम पहुँच १ नोभेम्बर २०१९।
- ↑ "War Box Office", Bollywood Hungama, अन्तिम पहुँच ९ नोभेम्बर २०१९।
- ↑ "Hrithik Roshan and Tiger Shroff starrer War to be screened in 4DX :Latest Bollywood News", The Prime Time। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-२४ मिति