विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/पर्वत सुबेदी२
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
पर्वत सुबेदी (वार्ता • योगदानहरू • खाताहरू • गणना • लगहरू • सारिएका पृष्ठहरू • निषेध सूची • इमेल) (अधिकार प्रदान गर्ने)
- १ नोभेम्बर २०२२ १०:४३ युटिसी भन्दा पूर्व नसकिने
प्रयोगकर्ता योगदान परीक्षण | |
---|---|
काउन्टरहरू | |
विश्लेषण | |
सारांश | |
क्रस-विकि |
म पर्वत सुबेदी। नेपाली विकिपिडियामा म विगत ५ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ९७८ पृष्ठ, कुल पृष्ठ आकार ७.२३ मेगाबाइट्स, औसत पृष्ठ आकार ७.५७ किलोबाइट्स
- आफैले निर्माण गरेका प्रमुख पृष्ठ आवेदन ८०+ भन्दा बढी
- सम्पादन १९,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना।
- लेख सुधाराथन प्रतियोगितामा, दोस्रो उत्कृष्ट प्रयोगकर्ता घोषित।
- प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको थियो र र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको कारण महिनामा २ वटा प्रमुख लेख चयन हुने गरेका छन्। जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
- प्रमुख समाचार परिवर्तन (समाधान)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (आंशिक रूपमा समाधान)
- मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (धेरै सुधार भएको)
- सक्रिय प्रयोगकर्ताको कमी
- उल्लेखनीयता कम भएका पृष्ठहरू सृजना।
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखन र छनोटमा निरन्तरता
- प्रमुख समाचार लेखन र छनोट गर्ने
- आयात गरिएका ढाँचाहरूलाई नेपालीकरण गर्ने
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठलाई विस्तार गर्ने
- हरेक ३ वा ४ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
- विभिन्न प्राविधिक कार्यहरू गर्ने (जस्तैै इतिहास गाभ्ने, पूर्ववत् गर्ने, गैर उल्लेखनीय लेखहरू मेट्ने, आवश्यक ढाँचाहरू आयात गर्ने, उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने आदी)
- नयाँ सम्पादकहरूलाई स्वागत गर्ने र प्रोत्साहित सहित लेखनमा सहयोग गर्ने
- नेपाली विकिपिडियाको गहिराईलाई १०० पुर्याउने लक्ष्य (हाल ५२) र पछि बढाउँदै जाने।
- नेपाल सम्बन्धित लेखहरूलाई विस्तार गर्ने। पर्वत सुबेदी (कुरा गर्ने) १६:२८, २५ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
समर्थन
[सम्पादन गर्नुहोस्]- समर्थन-- Nawaraj Ghimire (कुरा गर्नुहोस्) ०९:००, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन-हिमाल सुबेदी कुरा गर्ने १०:०३, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समर्थन नेपाली विकिपिडियालाई अझ धेरै सक्रिय प्रबन्धकको आवश्यकता छ। --बडा काजी (कुरा गर्नुहोस्) १८:३८, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- समुदायको धेरै सक्रिय र विश्वसनीय प्रयोगकर्ता --Saroj Uprety (कुरा गर्नुहोस्) १९:१८, २७ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- प्रबन्धक अधिकार कुनै ठुलो कुरा होइन। राम्रो कार्य गर्नु हुनेछ आशा छ। — तुलसी २४*७ १०:३१, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध
[सम्पादन गर्नुहोस्]छलफल
[सम्पादन गर्नुहोस्]- सर्वप्रथम, निवेदन राख्नुभएकोमा धेरै धन्यवाद! तपाईंले निवेदनमा उल्लेख गर्नुभएको प्रबन्धक पछि मेरा कार्यहरूमा ७ नं.को बुँदा बाहेक कुनैपनि अरू बुँदाहरूमा प्रबन्धक अधिकारको खाँचो नपर्ने अनुमान गरेको छु। त्यसै अन्तर्गत - इतिहास गाभ्ने अनुरोधहरू शून्य रहेको छ, पूर्ववत् अहिले पनि गर्न सक्नुहुन्छ, ढाँचाहरू आयात गर्ने आयातकार्त अधिकारको लागि अनुरोध गर्न सक्नुहुन्छ र उत्पातपूर्ण गतिविधि गर्ने प्रयोगकर्तालाई रोक्ने हालसम्म तपाईंले अनुरोध गर्नु भएको छैन जस्तो लाग्छ। यस टिप्पणीमा तपाईंको विचारहरू के-कस्तो छन्? — तुलसी २४*७ ०९:५९, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- पहिला यो ट्विङ्कल सुविधा आउन भन्दा अगाडि र अहिले पनि इतिहास गाभ्नका लागि गाभ्ने भन्ने पुरानो ढाँचा प्रयोग गरेको अनुरोध गरेको थिएँ। आयातकर्ता, आइपी रोक आदी अधिकार भएपनि अनावश्यक/गैर उल्लेखनीय पृष्ठ मेट्नको लागि प्रबन्धक/प्रशासक पद नै चाहिन्छ, अन्य अधिकार भएर पुग्दैन। पृष्ठ सुरक्षा गर्ने, शीर्षक परिवर्तन गर्न नमिल्ने बनाउने, निष्क्रिय प्रयोगकर्ताहरूको अधिकार हटाउने आदी काम पनि अन्य अधिकार भएका प्रयोगकर्ताहरूले गर्न सक्दैनन्। त्यसैले सबै कार्यहरू एकमुष्ट गर्नको लागि प्रबन्धक अधिकारको लागि निवेदन दिएको हुँ। पर्वत सुबेदी (कुरा गर्ने) १०:१४, २६ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
निर्णय
[सम्पादन गर्नुहोस्]समुदायको मत तथा छलफलको आधारमा अधिकार दिने निर्णय गरियो। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
सल्लाह तथा शुभकामना
[सम्पादन गर्नुहोस्]पर्वत, नेपाली विकिपिडियाको प्रबन्धक निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना। समुदायप्रति थप जिम्मेवार भई स्वविवेकले निर्णय गर्नुहोला। कुनै किसिमको दुविधा भए सामुदायिक प्रबन्धक साथीहरू अथवा मेरो वार्तालाप पृष्ठमा आफ्नो सन्देश राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२८, २ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।