विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डेलीमोसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डेलीमोसन[सम्पादन गर्नुहोस्]

डेलीमोसन एक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेन्दीको स्वामित्व रहेको छ। डेलीमोसनले बिबिसी समाचार, भाइस, ब्लुमबर्ग, हर्स्ट र अन्यसँग साझेदारीको थालनी गरेको थियो। डेलीमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।

डेलीमोसनले प्रयोगकर्ताहरूलाई खोजी र च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत श्रव्य दृश्यहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। श्रव्य दृश्य फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने श्रव्य दृश्य फाइलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक,६० मिनेट सम्ममा मात्र सीमित छ। सन् २०१८ मा, डेलीमोसनले यसको सम्पूर्ण भण्डारणबाट टिप्पणीलाई पूर्ण रूपमा मेटाउँदै यो सेवालाई पनि बन्द गरेको थियो। कम्पनीले क्रमशः उर्ध्वभरण मिति वा दृश्य गणनाद्वारा श्रव्य दृश्य क्रमबद्ध गर्ने क्षमता र श्रव्य दृश्यको पुन: साझेदारी लगायतका सेवालाई हटाएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०६५, अक्षर: ५४७.५, स्पेस: १५५
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुन १४, १६:३२:४७ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) १२:४८, २० जेठ २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) १२:४८, २० जेठ २०७७ (नेपालकाे प्रमाणिक समय)