विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेपालको संविधान २०७२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको संविधान २०७२[सम्पादन गर्नुहोस्]

संविधान

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ । (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५४, ३१ डिसेम्बर २०१७ (युटिसी(UTC))


प्रमुख लेख चयन --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४४, ३१ डिसेम्बर २०१७ (युटिसी(UTC))