विकिपिडिया:मातृभाषा सम्पादनथन २०२०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृभाषा सम्पादनथन २०२०

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७६ को शुभ-उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो। यो प्रतियोगिता सन् २०२० फेब्रुअरी २१ (वि.सं. २०७६ फागुन ९) देखि सन् २०२० फेब्रुअरी २३ (वि.सं. २०७६ फागुन ११) सम्म सञ्चालन गरिनेछ। यस प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्नु रहेको छ। यो मातृभाषा दिवसप्रति सम्मान दिने अभिप्रायले पहिलो पटक सन् २०१८ मा सञ्चालन गरिएको सम्पादनथन प्रतियोगिताको दोस्रो संस्करण हो।
सम्पूर्ण नेपाली विकिपिडिया सम्पादक साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु। प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तालाप पृष्ठमा लेख्न आग्रह गर्दछु।
शीघ्र सूत्रहरू
मातृभाषा सम्पादनथन
आरम्भसन् २०२० फेब्रुअरी २१ (वि.सं. २०७६ फागुन ९)
समाप्तिसन् २०२० फेब्रुअरी २३ (वि.सं. २०७६ फागुन ११)
उद्घाटन२०१८
संस्थापकबिप्लब आनन्द
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्तानेपाल विकिमिडिया समुदाय

उद्देश्य[सम्पादन गर्नुहोस्]

  • नेपाली विकिपिडियामा उत्कृष्ट मापदण्डका लेख निर्माणका लागि
  • नेपाली विकिपिडियामा स्तरीय लेख निर्माणका लागि
  • नेपाली विकिपिडियामा सम्पादनकर्ताको सङ्ख्यामा वृद्धि गर्नका लागि
  • नेपाली विकिपिडियामा नयाँ सम्पादक आकर्षित गर्नका लागि
  • ज्ञान अभिवृद्धिको कार्य हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गर्नका लागि

महत्वपूर्ण मिति[सम्पादन गर्नुहोस्]

  • सम्पादन कार्यक्रम आरम्भ: सन् २०२० फेब्रुअरी २१ (वि.सं. २०७६ फागुन ९) (विहान १२:०१ नेपालको प्रमाणिक समय),
  • सहभागी दर्ता अन्तिम मिति: कार्यक्रम अवधिभर
  • सम्पादन कार्यक्रम समाप्त मिति: सन् २०२० फेब्रुअरी २३ (वि.सं. २०७६ फागुन ११) (राति ११:५९ नेपालको प्रमाणिक समय),

मातृभाषा सम्पादनथनमा कसरी सहभागी हुने?[सम्पादन गर्नुहोस्]

मातृभाषा सम्पादनथनमा सहभागी हुनका लागि निम्न बुँदाहरूमाथि ध्यान दिनुहोला :

  • खाता नभएका प्रयोगकर्ताहरूले सर्वप्रथम नेपाली विकिपिडियामा आफ्नो खाता सृजना गर्नुहोस् ।
  • खाता बनाइसकेपछि प्रवेश गरि यहाँ गई आफ्नो नाम दर्ता गर्नुहोस्।

को-कसले भाग लिन सक्छन्?[सम्पादन गर्नुहोस्]

  • सम्पूर्ण वर्गका प्रयोगकर्ताहरू यस प्रतियोगितामा सहभागिता जनाउन सक्छन् ।

लेख मापदण्ड[सम्पादन गर्नुहोस्]

  • ४,००० बाइट्स
  • ३०० शब्द
  • भाषिक शुद्धता
  • तस्वीर, स्रोत र बाह्य सूत्र सङ्ग्रहित

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • यस कार्यक्रममा भाग लिई उत्कृष्ट योगदान दिने प्रयोगकर्तालाई पुरस्कार सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
  • प्रतियोगिता अवधिमा सबैभन्दा बढी मान्य लेख सिर्जना गर्ने योगदानकर्तालाई पुरस्कृत गरिनेछ ।
  • ५ वा सो भन्दा बढी मान्य लेख सिर्जना गर्ने योगदानकर्ताहरू भएको अवस्थामा पुरस्कार सबैमा सामान रूपले बाँडफाँड गरिनेछ ।
  • विकिपिडियाको सम्पूर्ण नियमहरूको पालना गर्दै लेख निर्माण गर्नुपर्नेछ ।

उत्कृष्ट योगदानकर्ता[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]