विकिपिडिया:विकिमेनिया २०१९ प्रतिवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिमेनिया २०१९ – स्टकहोम

विकिमेनिया विकिपिडियाका स्वयंसेवक र कार्यकर्ताहरूको वार्षिक सम्मेलन हो । यस सम्मेलनमा विकिपिडिया र यसको भातृपरियोजनाहरूको स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट, विकी शत्र तथा ह्याकाथन आयोजना हुने गरेको छ। यस वर्षको विकिमेनिया २०१९ स्वीडेनको स्टकहोममा आयोजना भएको थियो। यस विकिमेनियामा ७० राष्ट्रका विकिमिडियनहरूको सहभागिता रहेको थियो, जसमध्ये नेपालबाट हामी २ जना विकिमिडियनहरू सहभागी जनाएका थियौँ।

नेपालबाट सहभागी विकिमिडियनहरू[सम्पादन गर्नुहोस्]

कार्यक्रमहरूमा सहभागिता[सम्पादन गर्नुहोस्]

  • स्थायित्व विकास लक्ष्य, विकिडेटा, विकिमिडिया कमन्स आ विकिमिडिया रणनीति आन्दोलन २०३० जस्ता विविध कार्यक्रम तथा भेटघाटमा सहभागी जनाएका थियौँ।
  • एसियाली विकिपिडियनहरूको सामूहिक छलफलमा सहभागी भएका थियौँ।
  • न्यु रिडर्स (नयाँ पाठक) कार्यक्रम अन्तर्गत नेपालमा नेपाली तथा मैथिली विकिपिडियामा भइरहेको प्रचार प्रसार कार्यक्रम सम्बन्धमा विप्लव आनन्दद्वारा प्रस्तुतीकरण तथा छोटो परिचर्चा गरिएको थियो।
  • निलम कर्ण अन्तर्विकी महिला भेटघाटमा सहभागिता जनाएका थिए जसमा उनले भविष्यमा हुनसक्ने साझेदारी सम्बन्धमा वार्ता गरेकी थिइन्।

उपलब्धि र सिकाईहरू[सम्पादन गर्नुहोस्]

  • नयाँ स्वयंसेवकलाई विकिपिडियाको योगदानकर्ता बनाउनको लागि दक्षता तालिम सञ्चालन गर्नको निमित्त कार्यशाला कसरी आयोजना गर्ने।
  • युआरएल सर्टनर उपकरणको प्रयोग गरेर बाह्य कडीलाई छोटो बनाई विकिमिडिया परियोजनामा प्रयोग गर्न सकिने।
  • सानो परियोजनाहरू आयोजना गरेर समुदायलाई कसरी बढी प्रगतिशील बनाउन सकिने सम्बन्धमा जानकारी तथा अनुभव साझा गर्ने अवसर प्राप्त भयो।
  • सामुदायिक वकालतको लागि कसरी पहल गरेर अगाडी बढ्न सकिन्छ त्यस सम्बन्धमा छलफल गर्नुका साथै निकट भविष्यमा यसको लागि विभिन्न प्रयास गरिने।
  • टिप्पणी: यो प्रतिवेदन विकिमेनिया २०१९ मा सहभागी भएका विकिपिडियनहरूको अनुभवको आधारमा तयार पारिएको छ।