विकिपीडिया:महिला सम्पादनथन २०१५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महिला सम्पादनथन २०१५
Nepali Wiki IWD.jpg
नारी दिवस
सुरु २०७१ फाल्गुन २४
समाप्ति २०७१ फाल्गुन २५
उद्घाटन २०७१
सहभागीहरू विश्वभरका नेपाली भाषीहरू
द्वारा आयोजित नेपाली विकिपिडियन
संरक्षक सरोज कुमार ढकाल
नविन सापकोटा
निर्मल दुलाल

पहिलो महिला सम्पादनथन कार्यक्रम[सम्पादन गर्ने]

२०७१ सालको यस नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७१ फाल्गुण २४ देखि २०७१ फाल्गुण २५ सम्म दुई दिने महिला सम्पादनथन कार्यक्रम आयोजना गरेको छ ।

उद्देश्य[सम्पादन गर्ने]

  • नेपाली विकिपीडियामा महिला सहभागिता बढाउनु
  • नेपाली विकिपीडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु
  • नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

महिला सम्पादनथनमा कसरी सहभागी हुने[सम्पादन गर्ने]

महिला सम्पादनथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस : [] खाता तयार भैसकेको भए प्रवेश गरेर महिला सम्पादनथन २०१५_सहभागीहरू यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।

नेपाली युनिकोड स्थापना[सम्पादन गर्ने]

विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।

लिनक्स मेसिनहरूमा :[सम्पादन गर्ने]

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा:[सम्पादन गर्ने]

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कसले भाग लिन पाउने?[सम्पादन गर्ने]

  • सम्पूर्ण नेपालीभाषी पुरुष तथा महिला (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई महिला सम्पादनथन ब्याचले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{महिला सम्पादनथन २०१५}} राख्नुहोला !

कुन लेखहरू बनाउने वा सुधार गर्ने?[सम्पादन गर्ने]

लेखहरू
अंग्रेजी नेपाली
en:Dowry दाइजो
en:Female genital mutilation महिला यौनाङ्ग कर्तन
en:List of female Nobel laureates नोबेल पुरस्कार विजेता महिलाहरूको सूची
en:Acid throwing एसिड फ्याक्नु
en:Prostitution of children बाल वेश्यावृति
en:Abortion गर्भपतन
en:Matangi मातङ्गी
en:Feminism नारीवाद
en:Rosa Parks रोजा पार्क्स
en:Breastfeeding स्तनपान
en:Women's rights in Saudi Arabia साउदी अरबमा महिला अधिकार
en:Independent Women's Forum स्वतन्त्र महिला मञ्च
en:Women's rights महिला अधिकार
en:Hisila Yami हिसिला यमी
en:Pampha Bhusal पम्फा भुषाल
en:Chitra Lekha Yadav चित्रलेखा यादव
en:Anuradha Koirala अनुराधा कोइराला
en:Pushpa Basnet पुष्पा बस्नेत
en:Maiti Nepal माइती नेपाल
en:Valentina Tereshkova भ्यालेन्तिना तेरेस्कोभा
en:Anousheh Ansari अनुशेह अन्सारी
en:Svetlana Savitskaya भेत्लाना सभित्सकाया
en:Kathryn Bigelow क्याथरिन बिगलो
en:Ashley Cleveland एश्ले क्लेभल्याण्ड
en:Sunitha Krishnan सुनिता कृष्णन
en:Domestic Violence घरेलु हिंसा
en:Mother Teresa मदर टेरेसा
en:Florence Nightingale फ्लोरेन्स नाइटिङ्गेल
en:Domestic violence in Nepal नेपालमा घरेलु हिंसा
en:Woman's rights in Nepal नेपालमा महिला अधिकार
en:Woman महिला
en:Marita rape वैवाहिक बलात्कार
en:Acid throwing एसिड फ्याक्नु
en:Sexual violence यौन हिंसा
en:Domestic violense घरेलु हिंसा
en:Marital rape वैवाहिक बलात्कार
en:Dowry death दाइजोको कारण मृत्यु
en:Female genital mutilation महिला यौनाङ्ग कर्तन
en:Forced marriage जबरजस्ती विवाह
साथै यस वाहेकका पनि महिला सम्बन्धित शिर्षकमा लेख बनाउन सकिनेछ ।

महिला सम्पादनथनमा के गरिन्छ?[सम्पादन गर्ने]

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका[सम्पादन गर्ने]

  • फाल्गुण २४ तथा २५ मा सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)

पुरस्कार[सम्पादन गर्ने]

  • यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ।
  • प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।
  • प्रतिसम्पादनमा कम्तिमा ३० शव्द जरुरी हुनेछ ।
  • विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।

विजेताहरू[सम्पादन गर्ने]

विजयी प्रयोगकर्ताहरू
क्रम प्रयोगकर्ता नयाँ सिर्जना गरेका लेखहरू
प्रथम देवराज पौडेल १८ लेख
द्वितीय बिजय चौरसिया १० लेख
तृतीय बेनुपराज पौडेल ९ लेख

उत्कृष्ट योगदानकर्ताहरु:[सम्पादन गर्ने]

Learnerktm
निर्मल दुलाल

प्रतियोगिता अवधिमा नयाँ लेख बनाएका योगदानकर्ताहरु:[सम्पादन गर्ने]

नवराज घिमिरे
नविना दुलाल
अनुराग पाण्डेय
निलम कर्ण
गणेश पौडेल
प्रियंका साह
राम प्रसाद जोशी
सरोज कुमार ढकाल

पुरस्कार संकलनका लागि कृपया माथि उल्लेखित विजेता तथा योगदानकर्ता मित्रहरुलाई आफ्नो नाम र सम्पर्क मोबाइल नं उल्लेख गरि यहाँ इमेल पठाउन अनुरोध गर्दछौं ।

बाहिरी कडीहरू[सम्पादन गर्ने]