"सन् २०२० क्युसु बाढी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Krish Dulal ले २०७७ क्युशू बाढी मा पुनर्निर्देश नछोडि त्यसलाई सन् २०२० क्युसु बाढी मा सारेको हो
(कुनै भिन्नता छैन)

१८:५३, ८ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

२०७७ क्युशू बाढी
को भाग
कुमामोतो प्रदेशमा वर्षा को वितरणमा आएको परिवर्तन (समय तल दिइएको छ)
मिति४ जुलाई २०२० (2020-07-04) – जारी
स्थानकुमामोतो र कागोशीमा प्रदेशको दक्षिणी जापानी टापु क्युशुमा
मृत्यु५८[१]

४ जुलाई २०२० मा दक्षिणी जापानी टापु क्युशु प्रदेशको कुमामोतो र कागोशिमाका क्षेत्रहरूमा आएको भारी वर्षाले कुमामोतो र कागोशिमामा आक्रमण गरेको थियो।[२] बाढी र पहिरोको परिणाम स्वरूप, ५६ व्यक्तिहरूको मृत्यु भएको पुष्टि भएको थियो जसमध्ये करीव एक दर्जन हराइरहेका थिए। पीडितहरू मध्ये १ कुमा, कुमामोतामा रहेको एक वृद्धाश्रमका बासिन्दा थिए।[३]

पृष्ठभूमि

सन् २०२० भन्दा अघिका वर्षहरूमा जापानमा आँधीबेहरी, तुफान र ठूला बाढीहरूले ठूलो प्रभाव पारेको छ। होक्काइदो बाहेक सम्पूर्ण देश पूर्वी ग्रीष्म वर्षाको अधीनमा रहेको छ, जसलाई ग्रीष्मको सुरुवाती भागमा त्सुय (梅雨) भनिन्छ। जापानको हिमाली भूभागले बाढी र पहिरो जोखिम बढाएको छ। यी मौसम घटनाहरूले सयौँ व्यक्तिको ज्यान लिएका छन् र विज्ञहरूका विश्लेषणले भूमण्डलीय उष्मीकरणले यसमा, एउटा योगदान पुर्‍याइरहेको बताएका छन्।[४]

कुमा नदी बेसीमा यो भन्दा अगाडि सन् १९६५ मा बाढी आएको थियो। जापानमा तीन प्रमुख नदीहरू मध्ये एक, कुमा ११५ किलोमिटर (७१ माइल) को क्षेत्रफलमा बग्ने एक प्रथम श्रेणीको नदी हो। यसको सुरुवात क्युशुमा पर्वतीय श्रृङ्लाबाट सुरु हुन्छ, र हितोयोशी, कुमामोतो कुमा, कुमामोतो र यत्सुशिरो, कुमामोतो हुँदै अन्त्यमा यो यत्सुशिरो समुद्रीमा समाप्त हुन्छ। [५]

घटना

४ जुलाई २०२० मा आएको भारी वर्षाले दक्षिणी जापानी टापु क्युशुमा बाढी आएको थियो।[६] स्थानीय बिहान अनुसार बिहान ५ बजे जापान मौसम विज्ञान आयोगले भारी वर्षाको चेतावनी जारी गरेको थियो र प्रदेशका धेरै भागहरूमा यसको उच्चतम स्तरमा पुगेको जनाएको थियो जहाँ आयोगले यो क्षेत्रहरूका लागि यो यस्तो पहिलो पटक यस्तो चेतावनी जारी गरेको थियो। जापान मौसम विज्ञान आगोगले वर्षाको मात्रा यस क्षेत्रको लागि उच्चतम विन्दुमा पुगेको जनाएको थियो जुन पहिला त्यस्तो कहिल्यै देखिएको थिएन। [७] वर्षाको दर १०० मिलिमिटर (३.९ इन्च) प्रति घण्टा भन्दा बढी भएको थियो।

७ जुलाई २०२० सम्म ५६ व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो र करीव एक दर्जन हराएको जनाइएको थियो। क्योदो समाचारका अनुसार १० लाख ३० हजार मानिसहरुलाई आफ्नो घर खाली गर्न आदेश दिइएको थियो र उक्त क्षेत्रमा १२ वटा विभिन्न पहिरोका घटनाहरू घटेका थिए।[८]

मृतकहरु मध्ये चौध जना कुमामोतो कुमाको वृद्धाश्रमका बासिन्दा थिए। कुमामोतोका प्रमुख इकुओ काबाशिमाले वृद्धाश्रमलाई बाढीको पानीमा डुबाए पछि क्षेत्र अवरुद्ध भएको जनाएका थिए। एक उद्धार स्वयंसेवकाका अनुसार उनीहरू पानी निम्म स्तरमा रहेको बेलामा वृद्धाश्रम पुगेका थिए। उद्धारकर्मीहरूले त्यहाँका बासिन्दाहरूलाई उद्धार गरेका थिए। घरका कर्मचारीका अनुसार उनीहरूले बिहान ५ बजे बासिन्दाहरूलाई रोक्दै माथिल्लो तलामा जान आग्रह गरेका थिए। पहिलो तलामा, पानी भवन सम्म आउँदा, उनीहरूले भोजन कक्षमा टेबुलको माथि ह्विलचेयरमा राखिएको थियो। झ्यालबाट पानी पसेपछि र बिरामीहरू टेबुल भरिएपछि कर्मचारीहरूले मृतक बासिन्दाहरूलाई उद्धार गर्न असमर्थ रहेका थिए।[९][१०]

एकै रातको वर्षा पछि, अधिकारीहरूले ७६,००० भन्दा बढी बासिन्दाहरूलाई कुमामोतो र कागोशिमा लगायतका क्षेत्रहरू खाली गर्न निर्देशन दिएका थिए। २०३,२०० बासिन्दाहरूलाई उपयुक्त ठाउँमा आश्रय लिन निर्देशन दिइएको थियो र त्यस क्षेत्रमा १०९ आपत्कालिन आश्रमहरू खोलिएका थिए।

कामासे पुल (बायाँ) र कुमागावा पुल (बायाँ)लाई, बाढीले बगाएको थियो।

कुमा नदीले एघारवटा विभिन्न स्थानमा बाढी निम्त्याएको थियो र पछि कुमा, कुमामोतोमा असहाय बासिन्दाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो। आशिकीता, कुमामोतोका आठ घरहरू बाढी आएसँगै बगेका थिए। सुनागी, कुमामोतोका २-३ व्यक्तिलाई पहिरोबाट उद्धार गरिएको थियो।[११] कुशु जलविद्युत आयोजना कम्पनीका अनुसार कुमामोतो र कागोशिमामा लगभग, ८,००० घरहरूमा विद्युत सेवा अवरुद्ध गरिएको थियो। बाढीका कारण ६,१०० घरहरू डुबेको र ११ वटा पुलहरू नष्ट भएको अनुमान गरिएको छ। [१२] कुमा नदीका बाढी आएका कारण, तातो मौसममा डुङ्गा सयर लागि प्रसिद्ध हितोयोशी सहरको नजिक एउटा बाँध फुटेको थियो। हितोशीको स्थानीय राफ्टिङ सङ्घका स्वयम्सेवकहरूले बाढीले बगाएर बसोबास गर्ने बस्तीमा परेका बासिन्दाहरूलाई उद्धार गर्न आफ्ना डुङ्गाहरू प्रयोग गरेका थिए। हितोयोशीमा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको थियो।[१३]

७ जुलाईको बिहान, हिता ओइतामा बग्ने चीकूगो नदीमा ठूलो बाढी आएको थियो र अग्रणी अधिकारीहरू मानिसहरूका माझ उच्चस्तरीय सतर्कता जारी गरेका थिए।[१४]

प्रभाव

बाढीले जापानको महत्वपूर्ण निर्माण क्षेत्र क्युशुमा आर्थिक क्रियाकलापमा बाधा पुर्‍याएको छ। तोयोटा, क्यानन र पानासोनिक लगायतका कम्पनीहरूले कर्मचारीको सुरक्षाको लागि सावधानीको रूपमा यस क्षेत्रको उत्पादनलाई अस्थायी रूपमा रोकेका थिए। यद्यपि मुख्य मन्त्रीमण्डलका सचिव, योशीहिदे सुगाले ६ जुलाईमा एक विज्ञप्तिमा प्रमुख आपूर्ति श्रृङ्खला अवरोधको अपेक्षा नगरेको बताएका थिए।

एकै साथ चलिरहेको कोरोना विषाणु महामारीको कारण आपतकालीन आश्रयको बारेमा अवरुद्ध निकाय र स्थानीय अधिकारीहरूद्वारा चिन्ता उठाइएको थियो। आश्रयस्थलमा आइपुग्ने अधिकारीहरूले उनीहरूको तापक्रम जाँच गरेका थिए र सामाजिक दूरी कायम राख्नका लागि उनीहरूलाई अन्यत्र जान आग्रह गरेका थिए। केही अधिकारीहरूले पीडितहरूलाई उनीहरूको कारहरूमा शरण दिएका थिए, जबकि अरूलाई साथीहरूसँगै बसाइएको थियो। यी कदमहरूले अघिल्लो महिना सृजना गरिएको सिफारिशहरूको अनुसरण गर्दछ।

सरकारको प्रतिक्रिया

प्रधानमन्त्री शिन्जो आबेले एउटा विशेष कार्यदलको गठन गर्ने आदेश दिएका थिए र उनले १०,००० सेनाहरूलाई कार्यदल गठन गर्दै र हराएका र मृतकहरूको उद्धार गर्ने वाचा गरेका थिए। ५ जुलाई २०२० मा, ४०,००० आत्म-रक्षा बल, तटरक्षक दलका नाविकहरू र अग्नि कर्मीहरूलाई उद्धार कार्यमा खटाइएको थियो। ७ जुलाईमा, तैनात गरिएको आत्म-रक्षा बलको सङ्ख्या ८०,००० कायम गर्दै दोब्बर गरिएको थियो।

७ जुलाईमा जापानी अधिकारीहरूले क्युशुमा थप भारी वर्षाको संभावना रहेको भन्दै चेतावनी जारी गरेका थिए।

सन्दर्भ सामग्रीहरू

  1. "बाढीका कारण जापानमा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो"रेडियो नेपाल। सङ्ग्रह मिति ८ जुलाई २०२० 
  2. "जापानमा बाढी-पहिरोका कारण सय जनाको मृत्यु"। सेतोपाटी। सङ्ग्रह मिति ८ जुलाई २०२० 
  3. "九州豪雨「第5級黑色警戒」:日本梅雨水災擴散,熊本最慘已51死"聯合新聞網 (चिनियाँ भाषा)। २०२०-०७-०६। सङ्ग्रह मिति २०२०-०७-०७ 
  4. "【九州豪雨】 死者50人を超える" (जापानी भाषा)। 発生した豪। सङ्ग्रह मिति ८ जुलाई २०२० 
  5. "中国・三峡ダムに「ブラックスワン」が迫る──決壊はあり得るのか" (जापानी भाषा)। のか। सङ्ग्रह मिति ८ जुलाई २०२० 
  6. 人民網日本語版। "九州北部の大雨で洪水 長崎市では路面崩壊の被害、現在までに2人死亡" (जापानी भाषा)। 死亡। सङ्ग्रह मिति ८ जुलाई २०२० 
  7. "Japan floods leave up to 34 dead, many at nursing homes", AP News, ५ जुलाई २०२०, अन्तिम पहुँच ६ जुलाई २०२० 
  8. "Many feared dead in flooded Japanese care home", BBC News, जुलाई ४, २०२०। 
  9. "Japan Warns of More Flooding as Toll Reaches at Least 44; Several Others Missing", The Weather Channel 
  10. Arakaki, Takuya (६ जुलाई २०२०), "Male nurse racked by guilt at failure to save elderly residents", The Asahi Shimbun, अन्तिम पहुँच ७ जुलाई २०२० 
  11. "死者数が49名に達したため、南西日本はより激しい雨に見舞われた", 経堂, ६ जुलाई २०२०, अन्तिम पहुँच ८ जुलाई २०२० 
  12. "梅雨前線及び台風第3号による大雨と暴風", 気象庁, २०२०-०७-०७। 
  13. "九州北部で猛烈な雨続くおそれ 土砂災害など厳重警戒", 警戒, अन्तिम पहुँच २०२०-०७-०८ 
  14. "梅雨前線及び台風第3号による大雨と暴風", 気象庁, अन्तिम पहुँच २०२०-०७-०८