सामग्रीमा जानुहोस्

विशेष आर्थिक क्षेत्र (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष आर्थिक क्षेत्र निर्यातमा आधारित उद्योगहरूको प्रवर्द्धन र विविधीकरणका लागि छुट्याइएको भौगोलिक क्षेत्रहरूको समूह हो। यसको अवधारणा नेपाल सरकारले सन् २०१३ मा गरेको थियो र सन् २०१६ मा विशेष आर्थिक क्षेत्र ऐन (२०७३) को रूपमा कानुनहरू बनाइयो। यी कानुनहरू पछि सन् २०७५ मा संशोधन गरियो। विशेष आर्थिक क्षेत्रभित्रका उद्योगहरूलाई विभिन्न सुविधाहरू दिइन्छ र यसको बदलामा उनीहरूले आफ्नो उत्पादनको न्यूनतम ६० % विदेशी बजारमा निर्यात गर्न प्रतिबद्ध हुनुपर्दछ।[]

मुख्य विशेषताहरू

[सम्पादन गर्नुहोस्]
  • क्षेत्रहरू विशेष आर्थिक क्षेत्र प्राधिकरणद्वारा आफ्नै अधिकार र नियमहरूको आधारमा नियमन गरिन्छ ।
  • उद्योगहरूलाई पहिलो वर्षका लागि नेपालभित्र उत्पादन वा सेवाको १००% बेच्न अनुमति दिइएको छ। दोस्रो वर्षदेखि निर्यात ६०% हुनुपर्छ। प्रारम्भिक अधिनियममा निर्यात ७५% थियो र उद्यमीहरूको अनुरोधमा पछि संशोधन गरिएको थियो।
  • क्षेत्रभित्रका पूर्वाधारको हेरचाह नेपाल सरकारले गरिरहेको छ। सडक, बिजुली, पानी र अन्य सुविधाहरू पनि कायम राखिएका छन्।
  • उद्योगहरूले आफ्नो उद्योगका लागि क्षेत्रभित्रका जग्गा भाडामा लिनुपर्छ। भाडा शुल्क स्थानमा निर्भर गर्दछ। उदाहरणका लागि, भैरहावामा मासिक भाडा शुल्क एनपिआर 20 (युएस $0.2 प्रति वर्ग मिटर) हो।
  • क्षेत्र भित्रका उद्योगहरू भन्सार शुल्क, भ्याट र अन्य करहरूबाट छुट दिइन्छ।[]

विशेष आर्थिक क्षेत्र निम्न स्थानहरूमा अवस्थित छन्ः []

प्रदेश स्थान क्षेत्र (बिगहा)
कोशी दमक, झापा २६००
मधेश मूर्तिहा, सर्लाही १५६५
बागमती मयूरधाप, मकवानपुर ३००
गण्डकी च्यालिङटार, गोरखा ३००
लुम्बिनी मोतीपुर (रुपेन्देहि) नौबस्ता (बाँके) धरण र लक्ष्मीपुर (दाङ) १,८७७
कर्णाली सुर्खेत १,०००
सुदुर पचिम दाइजी, कञ्चनपुर ९००

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Six years on, Nepal's first economic zone struggles to find investors", अन्तिम पहुँच २०२१-१२-०८ 
  2. "Special Economic Zone (First Amendment) Act 2075: A Review Neftake", NEF, २०१९-०५-२२, अन्तिम पहुँच २०२१-१२-०८  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-२० मिति
  3. Gyanwali, Gokarna Prasad (२०२०), "Special Economic Zones (SEZ): Challenges and Opportunities in Nepal", Research Nepal Journal of Development Studies 3 (2): 49–61, आइएसएसएन 2631-2131, डिओआई:10.3126/rnjds.v3i2.34481 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]