विष्णु माझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णु माझी
विष्णु माझीको एक तस्बिर
जन्मसन् १९८६ जुन २६
छापाकोट, स्याङ्जा जिल्ला
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
शिक्षास्वअध्यायन
पेशागायिकी
कार्यकालसन् २००३-वर्तमानसम्म
चिनारीको कारणनेपाली लोक गायिका
तलव२ लाख/गीत
उचाइ५"
धर्महिन्दु
जीवनसाथीसुन्दरमणी अधिकारी
सन्तान

विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत २० वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो[१] । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन्  ।

साङ्गितिक जीवन[सम्पादन गर्नुहोस्]

विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन्[२] । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि दुइ लाख भन्दा बढि नेपाली रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् ।

चर्चित गितहरू[सम्पादन गर्नुहोस्]

विष्णु माझीको केही चर्चित गितहरू
  • चरि जेलैमा ...
  • कसलाई सोध्ने होला…
  • सितल दिने पिपल समी छ…
  • ड्राइभर दाइ मन पर्यो मलाइ…
  • लालु पाते नुघ्यो भूइतिर…
  • मै छोरी सलल...
  • न जाउ है सानु पँधेरीमा…
  • त्यो मन रुन्न होला र ?…
  • पुर्वको मेची नी हाम्रै हो-पश्चिम महाकालीनी हाम्रै हो…
  • घामले नी पोल्दियो ,जूनले नी जाडो भो…
  • हरे शिव राम…
  • रुमाल हल्लाई हल्लाई…
  • भैटै हुन्न होला र…
  • सालको पातको टपरी हुनी
  • तिम्रो जति माया त लालुमै… (लालुमै)
  • पिडालु...
  • साँइलो...

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार श्रेणी नतिजा
२०६७ इमेल म्युजिक अवार्ड उत्कृष्ट दोहोरी गायिका विजयी
२०६८ रेडियो राष्ट्रको रेडियो कान्तिपुर दोहोरी वर्ष गायिका विजयी
२०६९ बिन्दाबासिनी म्युजिक अवार्ड - २०६९9 दोहोरी वर्ष गायिका विजयी
२०६९ कालिका म्युजिक अवार्ड दोहोरी वर्ष गायिका विजयी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]