सामग्रीमा जानुहोस्

विष्णु माझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णु माझी
विष्णु माझीको एक तस्बिर
जन्मसन् १९८६ जुन २६
छापाकोट, स्याङ्जा जिल्ला
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
शिक्षास्वअध्यायन
पेशागायिकी
कार्यकालसन् २००३-वर्तमानसम्म
चिनारीको कारणनेपाली लोक गायिका
तलव२ लाख/गीत
उचाइ५"
धर्महिन्दु
जीवनसाथीसुन्दरमणी अधिकारी
सन्तान

विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्ला खोरिया घाटमा तारा बहादुर माझी र धर्म कुमारीकी जेठी छोरीका रूपमा २०४३ साल असार १२ गते जन्म भएको थियो । उनी गरीबी परिवेशमा हुर्किन् र औपचारिक शिक्षा पाँच कक्षासम्म लिन सकेकि थिइन । तर हाल उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् । साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत २० वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो[] । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन्  ।

साङ्गितिक जीवन

[सम्पादन गर्नुहोस्]

विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । किशोरावस्थामै गाउँघरका लोकसंगीत प्रतियोगितामा भाग लिन थालेकी माझी २०६१–२०६२ साल तिर पोखरा र काठमाडौंमा व्यावसायिक ढङ्गले गीत रेकर्ड गर्न पुगिन् । शुरुवाती दिनमा प्रति गीत कम पारिश्रमिक पाए पनि २०६५ तिरबाट तीव्र लोकप्रियता पाउन थालिन्। "सालको पात टपरी हुने", “शितल दिने पीपल सामी छ”, “फूल राम्रो गुलाबको”, “एउटा आत्मा छ”, “लालुमै”, “चरी जेलैमा”, आइन आमा यो तिजैमा आदि उनका चर्चित गीत हुन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन्[] । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि दुइ लाख भन्दा बढि नेपाली रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् । साथै उनले २०६२ साल देखि २० वर्ष सम्म निरन्तर रूपमा तिज गीत बजारमा ल्याएकि छिन ।

चर्चित गितहरू

[सम्पादन गर्नुहोस्]
विष्णु माझीको केही चर्चित गितहरू
  • चरि जेलैमा ...
  • कसलाई सोध्ने होला…
  • सितल दिने पिपल समी छ…
  • ड्राइभर दाइ मन पर्यो मलाइ…
  • लालु पाते नुघ्यो भूइतिर…
  • मै छोरी सलल...
  • न जाउ है सानु पँधेरीमा…
  • त्यो मन रुन्न होला र ?…
  • पुर्वको मेची नी हाम्रै हो-पश्चिम महाकालीनी हाम्रै हो…
  • घामले नी पोल्दियो ,जूनले नी जाडो भो…
  • हरे शिव राम…
  • रुमाल हल्लाई हल्लाई…
  • भैटै हुन्न होला र…
  • सालको पातको टपरी हुनी
  • तिम्रो जति माया त लालुमै… (लालुमै)
  • पिडालु...
  • साँइलो...

पुतलिको भट्टि तीज गीत संग्रह

[सम्पादन गर्नुहोस्]
भागरिलिज वर्षएल्बम नामलिङ्क
भाग १२०६२भट्टि सेलायोYouTube
भाग २२०६३दुध र घिउ खानी भाYouTube
भाग ३२०६४सिङ्गापुरे भेनाYouTube
भाग ४२०६५साटो फेरौलाYouTube
भाग ५.१२०६६नभने दार्इलेYouTube
भाग ५.२२०६६सम्झना मायालार्इYouTube
भाग ६.१२०६७हार्इ भन्यो मायालेYouTube
भाग ६.२२०६७बारूले कम्मरैYouTube
भाग ७२०६८हार्इ मेरो फरियाYouTube
भाग ८२०६९फरर फरियाYouTube
भाग ९.१२०७०भिनाजु पल्केरYouTube
भाग ९.२२०७०सानो सानो गफ छYouTube
भाग १०२०७१घुम्रे जुलफीYouTube
भाग ११२०७२मेरो भेना हङकङको लाउरेYouTube
भाग १२२०७३मै छोरी सललYouTube
भाग १३२०७४अरेली काँडैलेYouTube
भाग १४२०७५मार्यो दैयाYouTube
भाग १५२०७६पाक्यो बेलैतीYouTube
भाग १६२०७७नदिया सललYouTube
भाग १७२०७८चरि जेलैमाYouTube
भाग १८२०७९चरि जेलैमा-2YouTube
भाग १९२०८०बलमा...YouTube
भाग २०२०८१आइन आमा यो तीजमाYouTube
भाग २१ २०८२ म त नराउरी YouTube

सम्मान तथा पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
वर्ष पुरस्कार श्रेणी नतिजा
२०६७ इमेल म्युजिक अवार्ड उत्कृष्ट दोहोरी गायिका विजयी
२०६८ रेडियो राष्ट्रको रेडियो कान्तिपुर दोहोरी वर्ष गायिका विजयी
२०६९ बिन्दाबासिनी म्युजिक अवार्ड - २०६९9 दोहोरी वर्ष गायिका विजयी
२०६९ कालिका म्युजिक अवार्ड दोहोरी वर्ष गायिका विजयी
२०७८ प्रबल जनसेवा श्री (नेपाल सरकार बाट प्राप्त) उत्कृष्ट गायिका विजयी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]