वी॰ नारायण मेनन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वी॰ नारायण मेनन

वल्लथोल नारायण मेनन (१६ अक्टोबर १८७८–१३ मार्च १९५८) केरल राज्यबाट मलयालम भाषाका भारतीय कवि थिए ।[१] उनी मलयालम साहित्यमा मानवका मानसिक भावलाई काल्पनिकताको परिधान दिएर सुदर रूपमा प्रस्तुत गर्ने महान कविहरू मध्ये एक थिए । उनले सन् १९०९ मा बाल्मीकि रामायणलाई मलयालम भाषामा अनुवाद गरेका थिए । सन् १९१० मा "बधिरविलापम्" नामक विलापकाव्य लेखेका थिए । यस पछि उनलेे अनेक नाटकीय भावकाव्य लेखे--गणपति, बंधनस्थनाय अनिरुद्धन्, ओरू कत्तु (एक खत), शिष्यनुम् मकनुम् (शिष्य और पुत्री), मग्दलन मरि यम्, अच्छनुम् मकनुम (पिता पुत्री) कोच्चुसीता इत्यादि । सन् १९२४ पछि रचित साहित्यमंजरिहरूमा नै वल्लथोलको देशभक्तिबाट ओतप्रोत उनले काव्यसुमन लेखेका थिए जसले उनलाई राष्ट्रकविको पदमा आसीन गर्‍यो । एन्रे गुरुनाथ (मेरे गुरुनाथ) इत्यादि ती भावगीतहरूमा अत्यधिक लोकप्रिय छ । जीवनको कोमल र कांत भावहरूको साथ विचरण गर्नु वल्लथोललाई प्रिय थियो । अन्धकारमा उभिएर रुनेको प्रवृत्ति उनमा थिएन ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Vallathol Narayana Menon". Kerala Sahitya Akademi. Retrieved April 18, 2014.
  2. Sisir Kumar Das (१ जनवरी १९९५), History of Indian Literature: 1911-1956, struggle for freedom : triumph and tragedy [भारतीय साहित्य का इतिहास: 1911-1956, स्वतंत्रता के लिए संघर्ष: विजय और त्रासदी] (अँग्रेजीमा), Sahitya Akademi, पृ: २०६।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Zarrilli, Phillip (२००४), Kathakali Dance-Drama: Where Gods and Demons Come to Play [कथकली नृत्य नाटक: देवतागण और दानव यहाँ खेलने आते हैं] (अँग्रेजीमा), Routledge, पृ: 30–31, आइएसबिएन 9780203197660  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)