वेब प्रवेशद्वार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्टरनेट प्रवेशद्वार वा वेब प्रवेशद्वार एक विशेष तरिकाले बनाइएको वेबसाइट हो जसले विभिन्न स्रोतहरू जस्तै इमेल, अनलाइन मञ्च र सर्च इन्जिनहरू अनेका प्रकारका सामग्रीहरू ल्याउँदछ। सामान्यतया, प्रत्येक जानकारीका स्रोतहरूले प्रायः जानकारी प्रदर्शन गर्नका लागि पृष्ठमा यसको समर्पित क्षेत्रहरू रहेका हुन्छन्। वेब प्रवेशद्वारहरू, व्यक्तिगत कम्प्युटर, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उपकरणहरूका मार्फतहरूबाट पहुँच योग्य रहेका हुन्छन्। वेब प्रवेशद्वारको प्रमुख विशेषताहरूमा डाटा पहुँच, व्यक्तिगत सामग्री, लेनदेन, सुरक्षा, प्रकाशित सामग्री र खोजी हुन्। यिनिहरू प्रयोगकर्ताहरूको आधारमा जानकारी प्रस्तुत गर्न सक्षम रहेका हुन्छन्।

धेरै इन्टरनेट सेवा प्रदायकहरूको आफ्नै प्रवेशद्वारहरू रहेका छन् जस्तै माइक्रोसफ्टको एमएसएन, आक्स डटकम, याहु! आदि।

वर्गीकरण[सम्पादन गर्नुहोस्]

वेब प्रवेशद्वारहरू कहिलेकाँही तेर्सो वा ठाडो रूपमा वर्गीकृत गरिन्छ। तेर्सो प्रवेशद्वारलाई एउटै आर्थिक क्षेत्रमा धेरै कम्पनी, निर्माता वा वितरकहरूको एक मञ्चको रूपमा प्रयोग गरिन्छ।[१] ठाडो प्रवेशद्वार ("भोर्टल"को रूपमा पनि जानिन्छ) एक विशिष्ट बजार वा उद्योग सुहाउँदो पद, विषय क्षेत्र, वा चासोको लागि एक विशेषज्ञ बिन्दु हो।[२] केहि ठाडो प्रवेशद्वारहरूलाई "ठाडो सूचना प्रवेशद्वार" (भिआईपी)को रूपमा पनि चिनिन्छ। भिआईपीहरूले समाचार, सम्पादकीय सामग्री, डिजिटल प्रकाशनहरू, र ई-वाणिज्य क्षमताहरू प्रदान गर्दछन्। भिआईपीहरूले सामाजिक सञ्जाल, श्रव्य दृश्य साझेदारी, र ब्लगिङ सहितका गतिशील मल्टिमीडियाका अनुप्रयोगहरू पनि प्रदान गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "तेर्सो प्रवेशद्वार भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-२३ मिति
  2. "ठाडो प्रवेशद्वार भनेको के हो? परिभाषा र अर्थ", बिजनेस डिसनरी डटकम, अन्तिम पहुँच ८ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-०८ मिति

थप पढ्ने[सम्पादन गर्नुहोस्]

  • "अन्ट्याङ्गल द वेब", कम्युनिकेसन न्युज: ८२–८३, सेप्टेम्बर २००१, आइएसएसएन 0010-3632