वैयक्तिक सुरक्षा साधन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्माण स्थलमा सुरक्षा उपकरण र पर्यवेक्षक निर्देशन

  वैयक्तिक सुरक्षा साधन वा सामग्री भनेको सुरक्षात्मक लुगा, शीरकवच, चश्मा, वा अन्य लुगा वा उपकरणहरू हुन् जुन पहिरनाले शरीरलाई चोटपटक वा क्षती हानी बाट जोगाउँछन । सुरक्षात्मक उपकरणहरूले सम्बोधन गर्ने खतराहरूमा भौतिक, विद्युतीय, तातो, रसायनहरू, जैविक खतराहरू, र हावाबाट हुने कणहरू समावेश छन्। सुरक्षा उपकरणहरू काम सम्बन्धी व्यावसायिक सुरक्षा र स्वास्थ्य उद्देश्यका साथै खेलकुद र अन्य मनोरञ्जन गतिविधिहरूको साथै युद्धमा लगाइन्छ । सुरक्षात्मक कपडाहरू कपडाहरूको परम्परागत कोटीहरूमा पर्दछन र सुरक्षात्मक उपकरणहरु ढड्डा,गद्दा, कवच, ढाल, मुखावरण जस्ता वस्तुहरूमा अलग समुहमा पर्दछन।