शत्रुधन महतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शत्रुधन महतो

शत्रुघन महतो धनुषा क्षेत्र नं.७बाट निर्वाचित नेकपा एमालेका सभासद हुनुहुन्छ। ३८ वर्षीय महतोले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। नेकपा माले हुँदै एमालेमा संलग्न महतोले राजनीतिका क्रममा दुई वर्ष जेल जीवन बिताउनुभएको छ। पार्टीको जिल्ला सचिवका साथै उहाँले जिल्ला विकास समिति सदस्यको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। एक छोराका पिता महतोले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम्.ए. गर्नुभएको छ। राजनीति बाहेक कृषि पेशामा संलग्न रहेका सभासद शत्रुघन महतोको रुचि अध्ययनमा छ। उहाँ आफूलाई जनतासँगको निरन्तर सम्पर्कले संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा गएर आफूले उठाउने प्रमुख मुद्दाहरूलाई उहाँ यसरी वर्गीकरण गर्नुहुन्छ - १.हरेक लिङ्ग, वर्ग तह र तप्काको लागि समावेशी संविधान बनाउन आवाज उठाउने, २.आफ्नो भाषा, भूगोल र संस्कृति अनुसार सङ्घीय राज्य स्थापना गर्न आवाज उठाउने। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]