शान्ति तथा पुनर्स्थापना मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शान्ति तथा पुनर्स्थापना मन्त्रालय
निकाय विवरण
गठनसन् २००७ मार्च ३१
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ, नेपाल
मन्त्री
वेबसाइटpeace.gov.np

शान्ति तथा पुनर्स्थापना मन्त्रालय नेपालमा शान्ति तथा सुरक्षाको प्रत्याभूतिको लागि स्थापना गरिएको नेपाल सरकारको एक मन्त्रालय हो।[१] सन् २००७ मा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बिच भएको विस्तृत शान्ति सम्झौतापछि यो मन्त्रालयको स्थापना भएको हो।[२]

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम शान्ति तथा पुनर्स्थापना मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :

  • शान्ति स्थापना द्वन्द्व व्यवस्थापन विकास र द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन नीति, रणनीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन
  • द्वन्द्वपीडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति, रणनीति तथा कार्यक्रम
  • विस्तृत शान्ति सम्झौता लगायतका अन्य सम्झौता, सहमति र निर्णयको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
  • दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत, प्रक्रियागत तथा प्राविधिक विषय
  • शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी अध्ययन, विश्लेषण तथा अनुभवहरूको आदान-प्रदान
  • द्वन्द्वका कारणबाट पीडित तथा विस्थापित व्यक्तिहरूको राहत पुनःस्थापन
  • द्वन्द्व-संवेदनशील प्रणाली (कन्फ्लिक्ट सेन्सिभिलिटी एप्रोच) बारे अध्ययन तथा अनुसन्धान
  • शान्ति स्थापना एवं द्वन्द्वको व्यवस्थापन सम्बन्धी सूचना अध्ययन सामग्री एवं अध्ययन प्रतिवेदनहरूको अभिलेख केन्द्र (डिपोजिटरी सेन्टर तथा डकुमेन्टेसन सेन्टर) तथा शान्ति एवं द्वन्द्व व्यवस्थापनको प्राविधिक स्रोत केन्द्रको रूपमा कार्य गर्ने विषय
  • स्थानीय शान्ति समिति
  • शान्ति प्रक्रिया र द्वन्द्वको सङ्क्रमणकालीन व्यवस्थापन
  • शान्ति तथा पुनःस्थापना सम्बन्धी परामर्श समिति
  • सत्य निरूपण तथा मेलमिलाप आयोग
  • शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय अनुगमन समिति
  • द्वन्द्वको कारणबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाको योजना तर्जुमा, कार्यान्वयन तथा क्षेत्रगत निकायसँगको समन्वय
  • शान्ति कोषबाट हुने योजना तथा कार्यक्रमको सञ्चालन तथा अनुगमन
  • विद्रोही पक्षको लडाकूको शिविर व्यवस्थापन
  • शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित सरकारी गैरसरकारी तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थाको सम्पर्क विन्दु।

मन्त्रालयका पूर्व मन्त्रीहरू[सम्पादन गर्नुहोस्]

नाम राजनीति दल कार्यारम्भ
एकनाथ ढकाल[३] नेपाल परिवार दल सन् २०१५ डिसेम्बर २४
सीतादेवी यादव[४] नेपाली कांग्रेस सन् २०१६ अगस्ट २६
शेरबहादुर देउवा[५] नेपाली कांग्रेस सन् २०१७ जुन २६

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शान्ति तथा पुनर्निर्माण मन्त्रालय", www.peace.gov.np, अन्तिम पहुँच २०१६-०७-३१ 
  2. "Introduction", Ministry of Peace and Reconstruction, अन्तिम पहुँच ३१ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१७ मिति
  3. "UPF-Nepal Chair Appointed As Peace And Reconstruction Minister Of Nepal", Universal Peace Federation, अन्तिम पहुँच ३१ अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
  4. "13 new ministers take oath from President", The Himalayan Times, अन्तिम पहुँच ३१ अक्टोबर २०१७ 
  5. "Prime Minister Sher Bahadur Deuba expands cabinet for second time, 19 ministers sworn in", Kathmandu Tribune, अन्तिम पहुँच ३१ अक्टोबर २०१७