शेनझेन
शेनझेन
深圳市 | |
---|---|
![]() | |
![]() शेनझेन शहर | |
देश | चीन |
प्रान्त | गुआङ्गडोङ्ग |
शहर | मार्च १९७९ |
SEZ गठन गरिएको | १ मे १९८० |
सरकार | |
• मेयर | झु किन |
क्षेत्रफल | |
• नगर | २०५० किमी२ (७९० वर्ग माइल) |
• सहरी | १९९१.६४ किमी२ (७६८.९८ वर्ग माइल) |
उन्नतांश | ०–९४३.७ मिटर (०–३१४५.७ फिट) |
जनसङ्ख्या (२०१४) | |
• नगर | १०७७८९०० |
• घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
• सहरी | १०,६३०,००० |
• सहरी घनत्व | ५३००/किमी२ (१४०००/वर्ग माइल) |
क्षेत्रीय सङ्केत | ७५५ |
वेबसाइट | sz.gov.cn |
शेनझेन ([ʂə́nt͡ʂə̂n] ( ); चिनियाँ: 深圳[१])चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ । [२]
पहिला शेनझेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो ।[३] २०१५ को सरकारी प्रतिवेदन अनुसार शेनझेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो ।[४] सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको शहरहरू मध्ये शेनझेन पनि एक हो । शेनझेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो । [५]
इतिहास[सम्पादन गर्नुहोस्]
शेनझेन क्षेत्रमा मानिसको बसोवास पुरातन समय देखी नै रहेको देखिन्छ । हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५००० वि.सि को रहेको अनुमान लगाईएको छ ।
शेनझेन चीनको मे १९८० को पाँच विशेष आर्थिक क्षेत्र मध्ये पहिलो क्षेत्र हो । प्रारम्भमा विशेष आर्थिक क्षेत्रको क्षेत्रफल मात्र ३२७.५ वर्ग कि.मि दक्षिण शेन्झेनमा रहेको थियो । जसले चार जिल्लालाई छुन्थ्यो ।
भूगोल[सम्पादन गर्नुहोस्]
शेनझेन पर्ल नदीको छेउमा अवस्थित रहेको छ भने यससँग सिमा जोडिएको शहरहरू दक्षिणमा हङ्गकङ्ग, उत्तर र उत्तरपूर्वमा हुइझाउ, उत्तर र उत्तरपश्चिममा डोङ्गगुआन हुन् ।
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
सन् २०१५ मा शेनझेनको कुल ग्राहस्थ उत्पादन जम्मा २७० बिलियन अमेरिकी डलर थियो । यस शहरको आर्थिक उत्पादन पोर्टुगाल, आयरल्यान्ड तथा भियतनाम भन्दा बढी छ । सन् २०१४ मा यहाँको प्रति व्यक्ति आय १६४,६६४ (युएसडि २५,०३८) रहेको थियो, जुन विकसित देशहरूको बराबर हुन आउँछ ।
प्रसाशनिक विभाजन[सम्पादन गर्नुहोस्]
शेनझेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन् ।
शेनझेनको प्रशासनिक विभाजन | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
शहरीकरण[सम्पादन गर्नुहोस्]
शेनझेनको सबैभन्दा अग्लो भबन १०० तल्लाको किंगके हो, जुन ४४१.८ मिटर अग्लो छ । शेनझेनमा सन् १९९६ मा बनेको एसियाकै अग्लो भवन शुन हिंग स्कवायर (भवनको एन्टिनालाई पनि गणना गर्ने हो भने) पनि छ । यस शहरमा २०० मिटर भन्दा अग्ला ५९ भवनहरू छन् भने ती मध्ये ३०० मिटर भन्दा ९ वटा भवनहरू छन् ।
-
नानशानबाट देखिएका शेनझेनका अग्लाभवनहरू २०१६
-
लिझि पार्कको फुटियानबाट देखिएको दृष्य
-
लुओहु तथा हंगकंगको सिमाना क्षेत्रको दृष्य
-
शेनझेन नागरिक केन्द्र
-
शेनझेन बे पार्कबाट देखिएको शेनझेनको अग्ला भवनको दृष्य
-
इष्ट प्यासिफिक सेन्टर
-
शुन हिंग स्कवायर
-
केके१०००
-
पिंग
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Chinese Characters for Shenzhen and Stroke Order", अन्तिम पहुँच १५ अगस्ट २०१५।
- ↑ "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5号", 豆丁网, १९९५-०२-१९, मूलबाट २९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Fish, Isaac Stone (२०१०-०९-२५), "A New Shenzhen", Newsweek, अन्तिम पहुँच २०१४-०४-२९।
- ↑ "2000-2014年各市年末常住人口数_2015年广东统计年鉴查阅和Excel下载_数析网(tjsql.com)", www.tjsql.com, अन्तिम पहुँच २०१६-०५-०१।
- ↑ "深圳人口数量2015", अन्तिम पहुँच २५ मे २०१५।