सामग्रीमा जानुहोस्

आण्डाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(श्रीगोदाम्बाबाट अनुप्रेषित)
आण्डाल ( गोदा )
शीर्षकगोदा शुद्ध भक्ति र सुन्दरताको प्रतिक
व्यक्तिगत जीवन
जन्मकोथै
सातौ शताब्दी
मृत्यु
श्रीरङ्गम
जीवसाथीविष्णु यानिकि रंगनाथ
धार्मिक जीवन
धर्महिन्दु
दर्शनश्रीसम्प्रदाय
वरिष्ठ पदमा पदस्थापन
Reincarnationभूदेवी (महालक्ष्मी)

आण्डाल गोदा महारानी अयोनिजा देवी गोदा असार महिनाको पूर्वा फागुनी नक्षत्रमा आभिर्भाव हुनु भएको थियो। पूज्य विष्णुचित्तको नन्दवनमा तुलसीको बिरुवाको छायामा गोदा सानो बालकको रूपमा देखा पर्नुभयो। सधैँ झैँ विष्णुचित बिहानै फूल टिप्न आफ्नो नन्दवनमा आउनु भएको थियो। चारैतिरको वातावरण शान्त, सुन्दर र मनमोहक थियो। आलवारले तुलसीको बोटको छायामा अचम्मको दृश्य देख्नु भयो। त्यो ठाउँमा एक दिव्यज्योति देखिएको थियो , चारैतिर उज्यालो फैलिएको थियो। नजिक पुग्दा उहाँले त्यहाँ एउटी प्यारी बच्ची देख्नु भयो। ती बच्चीको अतुलनीय सौन्दर्य, दिव्य तेज देखेर निःसंतान विष्णुचित्त हर्षले अभिभूत हुनु भयो। उहाँलाई दक्षिण भारतकी मिरा भनेर धेरैले  संज्ञा दिने गरेका छन् उहाँले पनि भगवान श्रीकृष्णको भक्तिको लागि एक उदाहरणीय हुनु हुन्थ्यो।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]