श्रीगोदाम्बा
स्वरूप
आण्डाल ( गोदा ) | |
|---|---|
| शीर्षक | गोदा शुद्ध भक्ति र सुन्दरताको प्रतिक |
| व्यक्तिगत | |
| जन्म | कोथै सातौ शताब्दी |
| मृत्यु | श्रीरङ्गम |
| धर्म | हिन्दु |
| जीवनसाथी | विष्णु यानिकि रंगनाथ |
| दर्शन | श्रीसम्प्रदाय |
| पदस्थापना | |
| पुनर्जन्म | भूदेवी (महालक्ष्मी) |
| साहित्यिक कार्यहरू | तिरुप्पावै, नाचियार तिरुमौली |
आण्डाल गोदा महारानी अयोनिजा देवी गोदा असार महिनाको पूर्वा फागुनी नक्षत्रमा आभिर्भाव हुनु भएको थियो। पूज्य विष्णुचित्तको नन्दवनमा तुलसीको बिरुवाको छायामा गोदा सानो बालकको रूपमा देखा पर्नुभयो। सधैँ झैँ विष्णुचित बिहानै फूल टिप्न आफ्नो नन्दवनमा आउनु भएको थियो। चारैतिरको वातावरण शान्त, सुन्दर र मनमोहक थियो। आलवारले तुलसीको बोटको छायामा अचम्मको दृश्य देख्नु भयो। त्यो ठाउँमा एक दिव्यज्योति देखिएको थियो , चारैतिर उज्यालो फैलिएको थियो। नजिक पुग्दा उहाँले त्यहाँ एउटी प्यारी बच्ची देख्नु भयो। ती बच्चीको अतुलनीय सौन्दर्य, दिव्य तेज देखेर निःसंतान विष्णुचित्त हर्षले अभिभूत हुनु भयो। उहाँलाई दक्षिण भारतकी मिरा भनेर धेरैले संज्ञा दिने गरेका छन् उहाँले पनि भगवान श्रीकृष्णको भक्तिको लागि एक उदाहरणीय हुनु हुन्थ्यो।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ shreesampradaya वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-१९ मिति