सउर
Jump to navigation
Jump to search
सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ। जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ
वर्णन[सम्पादन गर्ने]
सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ [१]।
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "थोजामि बस्तीका अ रुन् छुन् जातिका मानिसहरुव्दारा सउर रुखको बोक्राको शिल्पकलाको बचाउ", चाइना रेडियो इन्टरनेसनल, १० सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७।
![]() |
विकिमिडिया कमन्समा सउर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |