सङ्क्रामक पखाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सङ्क्रामक पखाला
Gastroenteritis viruses.jpg
ग्यास्ट्रोएन्टराइटिस भाइरसहरू: A = रोटाभाइरस, B = एडेनोभाइरस, C = नोरोभाइरस र D = एस्ट्रोभाइरस।
वर्गीकरण तथा बाह्य सामग्रीहरू
अन्य नामहरू ग्यास्ट्रोएन्टराइटिस, पेटको फ्लू
विभाग सङ्क्रामक रोग
आइसिडी-१० A02.0, A08., A09., J10.8, J11.8, K52.
आइसिडी-९ सिएम 008.8 009.0, 009.1, 558
डिजिज-डिबी 30726
मेडलाइन प्लस 000252 000254
इ-मेडिसिन emerg/213
एमई-एसएच D005759

सङ्क्रामक पखालालाई अङ्ग्रेजीमा ग्यास्ट्रोएन्टराइटिस भनेर चिनिन्छ। यस्तो पखाला आमाशयदेखि सानोआन्द्रासम्मको पाचन नलीमा हुने इन्फ्लामेसन (सुन्निने, रातो हुने र पोल्ने समस्या)को कारणले देखा पर्ने गर्दछ।[१] यो रोग लागेका बिरामीहरूमा पखाला लाग्ने, बान्ता हुने र पेट दुख्ने जस्ता समस्याहरू देखा पर्छन्।[२] त्यस्तै ज्वरो आउने, कमजोर तथा जलवियोजन हुने जस्ता थप लक्षणहरू पनि देखापर्न सक्छन्।[३][४] सङ्क्रामक पखाला सामान्यतया दुई हप्ताभन्दा कम अवधिको हुने गर्छ।[१] यसलाई कतै कतै पेटको फ्लू भन्ने गरिएको भए तापनि यो रोग इन्फ्लुएन्जासँग सम्बन्धित छैन।[५]

सङ्क्रामक पखाला भाइरसहरू, ब्याक्टेरिया, परजीवीहरू तथा ढुसीहरूको सङ्क्रमणका कारणले हुन सक्छ।[३][६] यी मध्ये सबैभन्दा बढी रोग भाइरसहरूका कारणले लाग्ने गरेको पाइन्छ।[६] बालबालिकाहरूमा प्रायजसो रोटाभाइरसका कारणले गम्भीर खालको सङ्क्रामक पखाला लाग्ने गरेको पाइन्छ।[७] वयस्कहरूमा भने मुख्यतया नोरोभाइरस तथा कम्पाइलउब्याक्टर नामक ब्याक्टेरियमका कारणले यो रोग लाग्ने गरेको पाइन्छ।[८][९] यो पखाला गलत तरिकाबाट तयार पारिएका खानेकुरा खानाले, प्रदुषित पानी पिउनाले वा रोगीसँगको प्रत्यक्ष सम्पर्कका माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। साधारणतया यो रोगको पहिचान गर्न प्रयोगशाला परीक्षण गरिरहनु आवस्यक छैन।[३]

सङ्क्रामक पखालाबाट बच्न साबुन पानीले हात धुने, सफा पानी पिउने, फोहोरको सही व्यवस्थापन गर्ने तथा बच्चाहरूलाई बजारको खानेकुरा नखुवाएर स्तनपान गराउने गर्न सकिन्छ।[३] बालबालिकाहरूलाई रोटाभाइरसविरुद्धको खोप लगाउन सिफारिस गरिएको छ।[३][७] अन्य पखालाहरूमा जस्तै सङ्क्रामक पखालाको पनि पर्याप्त मात्रामा तरलपदार्थ सेवन गरेर उपचार गर्न सकिन्छ। सामान्य तथा मध्यम खालको पखाला लागेको भए घरमै सफासँग तयार पारिएको नुन-चिनी-पानी खाएर जलवियोजन हटाउन सकिन्छ। आमाको दूध खाने बच्चाहरूलाई निरन्तर रूपमा दूध चुसाउन सल्लाह दिइन्छ। धेरै गम्भीर खालका अवस्थाहरूमा नसाबाट दिइने तरल पदार्थहरूको आवस्यकता पर्न सक्छ। नाकबाट आमाशयसम्म नली घुसाएर पनि तरलपदार्थ दिन सकिन्छ।[१०] बालबालिकाहरूलाई जिङ्क चक्की पनि खुवाउन सिफारिस गरिएको छ।[३] साधारणतया यो पखाला लागेको बेलामा एन्टिबायोटिक औषधि खानु आवस्यक छैन।[११]

एक अनुमानित तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष तीनदेखि पाँच अरब मानिसहरू सङ्क्रामक पखालाबाट पीडित हुने गर्दछन्।[१२][१३] जसमध्ये करीब १४ लाख मानिसको मृत्यु हुने गरेको पाइन्छ।[१२] यो रोगबाट विशेष गरी बालबालिकाहरू र त्यसमा पनि धेरैजसो विकासोन्मुख देशहरूका बालबालिकाहरू प्रभावित हुने गर्दछन्।[१४] सन् २०११ मा मात्रै पाँच वर्षमुनिका करीब १७ लाख बालबालिका सङ्क्रामक पखालाबाट प्रभावित भएका थिए भने ती मध्ये करीब सात लाख बालबालिकाको मृत्यु भएको थियो।[१५] विकासोन्मुख देशहरूका दुई वर्षमुनिका बालबालिकाहरू वर्षमा छ वा त्योभन्दा बढी पटक सङ्क्रामक पखालाबाट पीडित हुन्छन्।[१६] यो रोगविरुद्धको प्रतिरोध क्षमता प्राप्त हुने हुनाले वयस्कहरूमा केही कम लाग्ने गरेको पाइन्छ।[१७]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Schlossberg, David (2015). Clinical infectious disease (Second संस्करण). प॰ 334. ISBN 9781107038912. https://books.google.ca/books?id=meFwBwAAQBAJ&pg=PA334. 
  2. Singh, Amandeep (जुलाई २०१०), "Pediatric Emergency Medicine Practice Acute Gastroenteritis — An Update", Emergency Medicine Practice 7 (7)। 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ Ciccarelli, S; Stolfi, I; Caramia, G (२९ अक्टोबर २०१३), "Management strategies in the treatment of neonatal and pediatric gastroenteritis.", Infection and drug resistance 6: 133–61, डिओआई:10.2147/IDR.S12718, पिएमआइडी 24194646, पिएमसी 3815002 
  4. Ferri's Clinical Advisor 2015: 5 Books in 1. Elsevier Health Sciences. 2014. प॰ 479. ISBN 9780323084307. https://books.google.ca/books?id=icTsAwAAQBAJ&pg=PA479. 
  5. Shors, Teri (2013). The microbial challenge : a public health perspective (3rd संस्करण). Burlington, Mass.: Jones & Bartlett Learning. प॰ 457. ISBN 9781449673338. https://books.google.ca/books?id=TDcvAqyx7AIC&pg=PA457. 
  6. ६.० ६.१ A. Helms, Richard (2006). Textbook of therapeutics : drug and disease management (8. संस्करण). Philadelphia, Pa. [u.a.]: Lippincott Williams & Wilkins. प॰ 2003. ISBN 9780781757348. https://books.google.ca/books?id=aVmRWrknaWgC&pg=PA2003. 
  7. ७.० ७.१ "2008 estimate of worldwide rotavirus-associated mortality in children younger than 5 years before the introduction of universal rotavirus vaccination programmes: a systematic review and meta-analysis", The Lancet Infectious Diseases 12 (2): 136–41, फेब्रुअरी २०१२, डिओआई:10.1016/S1473-3099(11)70253-5, पिएमआइडी 22030330 
  8. "The dynamics of norovirus outbreak epidemics: recent insights", International Journal of Environmental Research and Public Health 8 (4): 1141–9, अप्रिल २०११, डिओआई:10.3390/ijerph8041141, पिएमआइडी 21695033, पिएमसी 3118882 
  9. Man SM (डिसेम्बर २०११), "The clinical importance of emerging Campylobacter species", Nature Reviews Gastroenterology & Hepatology 8 (12): 669–85, डिओआई:10.1038/nrgastro.2011.191, पिएमआइडी 22025030 
  10. Webb, A; Starr, M (अप्रिल २००५), "Acute gastroenteritis in children.", Australian family physician 34 (4): 227–31, पिएमआइडी 15861741 
  11. Zollner-Schwetz, I; Krause, R (अगस्ट २०१५), "Therapy of acute gastroenteritis: role of antibiotics.", Clinical Microbiology and Infection 21 (8): 744–9, डिओआई:10.1016/j.cmi.2015.03.002, पिएमआइडी 25769427 
  12. १२.० १२.१ Elliott, EJ (६ जनवरी २००७), "Acute gastroenteritis in children.", BMJ (Clinical research ed.) 334 (7583): 35–40, डिओआई:10.1136/bmj.39036.406169.80, पिएमआइडी 17204802, पिएमसी 1764079 
  13. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 
  14. Webber, Roger (2009). Communicable disease epidemiology and control : a global perspective (3rd संस्करण). Wallingford, Oxfordshire: Cabi. प॰ 79. ISBN 978-1-84593-504-7. https://books.google.com/books?id=pZ9fpHtvOGYC&pg=PA79. 
  15. Walker, CL; Rudan, I; Liu, L; Nair, H; Theodoratou, E; Bhutta, ZA; O'Brien, KL; Campbell, H et al. (Apr २०, २०१३), "Global burden of childhood pneumonia and diarrhoea.", Lancet 381 (9875): 1405–16, डिओआई:10.1016/S0140-6736(13)60222-6, पिएमआइडी 23582727 
  16. Dolin, [edited by] Gerald L. Mandell, John E. Bennett, Raphael (2010). "93". Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases (7th संस्करण). Philadelphia, PA: Churchill Livingstone/Elsevier. ISBN 0-443-06839-9. 
  17. "Viral gastroenteritis in adults", Recent Patents on Anti-infective Drug Discovery 6 (1): 54–63, जनवरी २०११, डिओआई:10.2174/157489111794407877, पिएमआइडी 21210762