सामग्रीमा जानुहोस्

सजीवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सजीवन
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
J. curcas
वैज्ञानिक नाम
Jatropha curcas
L.[२]

सजीवन वा निम्तेल नेपालका विभिन्न भू-भागमा प्राकृतिक रूपमा प्राचीनकालदेखि उत्पादन हुँदै आएको एक बहुउपयोगी वनस्पति हो। नेपालमा यसको विभिन्न किसिमले प्रयोग हुँदै आएको छ। यो वनस्पति घरपालुवा जनावरले नखाने भएकाले बारको रूपमा प्रयोग हुने गरेको छ। यसको पात कम्पोष्ट मलको लागि र यसबाट निस्कने रस पोलेको घाउ निको पार्न र क्यान्सर रोगको प्रतिरोधक औषधिको रूपमा, सानो हाँगाको डाँट दाँत सफा गर्न कार्यमा र बीउ उज्यालोको लागि प्रयोग गर्ने गरेको पाइन्छ। यसका अतिरिक्त बिरूवाले माटोको उर्वराशक्ति बढाउँछ। पिना अत्यन्त राम्रो किसिमको नाइट्रोजन, फस्फोरस, पोटासयुक्त पांगारिक मलको रूपमा प्रयोग गरिन्छ। विश्वमा जेट्रोफाका विभिन्न प्रजाति भेटिन्छन्। नेपालमा पाइने सजीवन(Jatropha curcas) विभिन्न देशका वैज्ञानिकहरूले आर्थिक तथा व्यावसायिक दृष्टिकोणबाट बायोडिजेलको लागि सबैभन्दा उपयुक्त ठहर गरी सिफारिस गरेको छ। साधारणतया सजीवनको दानामा ३० देखि ४८ प्रतिशतसम्म तेलको मात्रा रहेको छ। करिब ३ केजि बियाँबाट एक लिटर तेल निकाल्न सकिन्छ।

सजीवनको औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]

पातको रस र बीउलाई पेलेर निकालिएको तेल दल्दा चौपायाको जुम्रा मार्न सकिन्छ । हात खुट्टा फुटेको, हिलोले खाएको, लुतो, दाद, पक्षघात, मांशपेशी र जोर्नीको दुखाई आदिमा यसको तेल दल्दा फाइदा पुग्छ । यसको तेलबाट बत्ती बाल्न र साबुन बनाउन सकिन्छ । हांगालाई दतिवनको रूपमा प्रयोग गरिन्छ । तेलबाट ग्लिसिरिन उत्पादन गर्न सकिन्छ । पातबाट सोत्तर, पत्कर र कम्पोष्ट मल बनाउन सकिन्छ । यसको पिनालाई खेतबारीमा मलको रूपमा प्रयोग गरिन्छ । तेललाई प्रशोधन पश्चात जैविक डिजेलको रूपमा प्रयोग गरिन्छ । [३]

सजीवन वोट
सजीवनको गेडा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nahar, K. and Ozores-Hampton, M. (2011). Jatropha: An Alternative Substitute to Fossil Fuel वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०४ मिति.(IFAS Publication Number HS1193 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-३० मिति). Gainesville: University of Florida, Institute of Food and Agricultural Sciences. Retrieved (12-17-2011).
  2. "Jatropha curcas L.", Germplasm Resources Information Network, United States Department of Agriculture, २००८-०८-२९, अन्तिम पहुँच २०१०-१०-१४ 
  3. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री