सदर चिडियाखाना, नेपाल
स्वरूप
स्थापना मिति | वि. सं. १९८९ |
---|---|
स्थान | जावलाखेल, नेपाल |
निर्देशांक | २७°४०′२३″N ८५°१८′३९″E / २७.६७३१८४९°N ८५.३१०९३३४°Eनिर्देशाङ्कहरू: २७°४०′२३″N ८५°१८′३९″E / २७.६७३१८४९°N ८५.३१०९३३४°E |
जनावर संख्या | ७०८[१] |
प्रजाति संख्या | १०८[१] |
बार्षिक पर्यटक | १,०००,०००[१] |
वेबसाइट | www |
सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रूपमा स्थापना गराएका थिए । यो १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो तर १९५६ मा मात्र यो सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
जनावर तथा पंक्षीहरू
[सम्पादन गर्नुहोस्]- २०६७ मा संकलित तथ्यांक अनुसार ।[१]
वर्ग | प्रजाति | संख्या |
---|---|---|
स्तनधारी प्राणीहरू | ३४ | १९६ |
सरीसृपहरू | ९ | २१ |
माछाहरू | १४ | २३२ |
चराहरू | ५१ | २५९ |
कुल संख्या | १०८ | ७०८ |
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ "Central Zoo", ntnc.org.np, प्रकृति संरक्षण मंच, अन्तिम पहुँच ५ मे २०१२।
2. वृहत ज्ञानकोष, ज्ञानेश्वर भट्टराई