सन्दली सिन्हा
सन्दली सिन्हा Sandali Sinha | |
|---|---|
सन्दली सिन्हा, नोभेम्बर २०१२ मा | |
| जन्म | ११ जनवरी १९७३[१] मुज्जफरपुर, बिहार |
| जीवनसाथी | किरण सलास्कार ( वि २००५) |
| सन्तान | ३ |
सन्दली सिन्हा (जन्म ११ जनवरी १९७३) एक भारतीय बलिउड अभिनेत्री र मोडेल हुन्। चलचित्र तुम बिन मा उनको अभिनयले गर्दा उनी तर्फ ध्यान केन्द्रित भएको हो।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]वहाँ एउटा वायु सेनाको पृष्ठभूमिबाट आएकी हुन्, वहाँको पिताको मृत्यु एउटा कर्तव्यको दौरान भएको थियो। वहाँकी आमाले दिल्लीमा सन्दली समेत तीन बच्चाको भरणपोषण गरेकी थिई। वहाँ वायुसेना बल भारती स्कूलबाट स्कूली शिक्षा प्राप्त गरे र जिसस र मेरी कलेज, दिल्लीबाट स्नातकको उपाधि प्राप्त गरे। सिन्हा किशोर नमित कपूर एक्टिङ्ग इन्स्टिच्युटमा गएकी थिईन। पायलटहरु र डाक्टरहरूको परिवारमा जन्मेकी सिन्हा डाक्टर बन्नका लागि उत्सुक थिइन्। तर एउटा सोखिन फ्याशन शो मा एक संक्षिप्त अनुभवले मोडलिङ्गको दुनियामा बदलाव गरेकी थिइन्।[३]
करियर
[सम्पादन गर्नुहोस्]वाणिज्य विषयमा स्नातक, राम्रो सम्भावनाहरुका लागि सिन्हा मुम्बईमा स्थानान्तरित भईन।[४] एउटी सानो अवधिमा, सिन्हा एक मोडेल बनिन्। प्रसिद्धि पहिलो पटक उनको साथमा सोनु निगमको भिडियोको साथ आईन्, जसलाई "दीवाना" नामक भिडियोको रूपमा पठाईयो जो कि अनुभूव सिन्हाले निर्देशित गरेका थिए। यो सङ्गीत भिडियोले सिन्हालाई आफ्नो पहिलो चलचित्र 'तुम् बिन' लाई, अनुभव सिन्हाद्वारा निर्देशित गरे र सुपर क्यासेज इन्डस्ट्रीज लिमिटेडद्वारा निर्मित गरियो। चलचित्रमा, सिन्हाले पिया; एक सुशील महिलाको भूमिका निर्वाह गरेकी थिइन् जो परिस्थितिहरूको शिकार बन्छन्। उनको विपरीत बनेको तीन प्रसिद्ध मोडेल हुन्: प्रियान्शु चटर्जी, हिमान्शु मलिक र राकेश वाशिष्ठ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन्दली, व्यवसायी किरण सलास्कारसँग नोभेम्बर २००५ मा विवाह गरे र वहाँसँग उनको ३ वटा सन्तान छन्।[५][६][७][८]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]| वर्ष | चलचित्र | भूमिका |
|---|---|---|
| २००१ | तुम बिन | पिया |
| २००३ | पिन्जर | लज्जो |
| २००३ | ओम | सन्दली धरिवाल |
| २००४ | अब तुम्हारे हवाले वतन साथियों | डाक्टर शाक्षी |
| २००५ | निगेहबान: दी थर्ड आइ | निशा |
| २००५ | ओरेय पाण्डे | प्रिया (तेलुगु) |
| २००७ | मैं रोनी और जोनी | निना |
| २०१६ | तुम बिन २ | पिया |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sandali Sinha Wallpapers Biography
- ↑ Sandali sinha-Times of India अभिलेखिकरण ६ अप्रिल २०१२ वेब्याक मेसिन
- ↑ Sandali Sinha Personality
- ↑ Sandali's interview अभिलेखिकरण २०१२-०४-१६ वेब्याक मेसिन
- ↑ Maqbool Khan's bash for 'Lanka' अभिलेखिकरण ६ अप्रिल २०१२ वेब्याक मेसिन
- ↑ Sandali Sinha at Nandita Mahtani's brother Bharat's wedding reception अभिलेखिकरण २०१६-१०-२६ वेब्याक मेसिन
- ↑ Sandali Sinha marriage अभिलेखिकरण ६ अप्रिल २०१२ वेब्याक मेसिन
- ↑ On-Spot: Reema Sen Mehendi and Wedding अभिलेखिकरण २०१३-१०-०२ वेब्याक मेसिन