सन् १९८१ इरानी वायुसेवा सि-१३० दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १९८१ इरानी वायुसेवा सि-१३० दुर्घटना
इरानी वायुसेना दुर्घटना भएको समान विमान
दुर्घटना
मिति२९ सेप्टेम्बर १९८१; ४२ वर्ष पहिले (१९८१-०९-29)
सारांशठोकिएर भएको दुर्घटना
स्थलकाह्रिजाक नजिकैको आक्रमण क्षेत्र, इराक
विमान
विमानको प्रकारलकहिड सि-१३० हर्कुलस
दर्ता नम्बर५०५
विमान उडानअहभाज, खुजस्तान प्रदेश
गन्तव्यतेहरान
मृत्यु८०

२९ सेप्टेम्बर १९८२ मा, एक इरानी वायुसेना सी १३० सैन्य मालसामान विमान इराकको काह्रिजाक नजिकैको आक्रमण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। यो विमान खुजस्तान प्रदेशको अहभाजबाट तेहरानको लागि उडान गर्दै थियो तर इरान-इराक युद्धमा इरानी सैन्य लाभको निरीक्षण भ्रमणबाट फर्कदा यो दुर्घटना ग्रस्त भएको थियो।

यस दुर्घटनामा पूर्व रक्षामन्त्री जाभद फकुरी , तत्कालीन रक्षामन्त्री मौसा नामजु , इरानी जनरल भालिउल्लाह फल्लाही, र इस्लामी क्रान्तिकारीका तत्कालीन कमाण्डर मोहम्मद जहानारा लगायत ८० जनाको मृत्यु भएको थियो। यो इरानको इतिहासको क्रान्ति पश्चातको दुई दुर्घटनाहरु मध्ये एक हो, अर्को सन् २००५ को इरानी वायु सेना सी १३० को दुर्घटना भएको थियो।[१]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

अबादानको घेराबन्दी तोड्न, २७ सेप्टेम्बर देखि २९ सेप्टेम्बर १९८१ को कार्वाही सामेन-ओल-अमेह सम्पन्न गरिएको थियो।[२] कार्वाही सामेन-ओल-अमेहेको प्रतिवेदन तेहरानमा हस्तान्तरण गर्ने निर्णय गरिएको थियो। इरानी सैन्य नेताहरू लकहिड सी-१३० हरक्युलस विमानबाट तेहरान फर्किएका थिए।[१]

दुर्घटना[सम्पादन गर्नुहोस्]

१९:०० स्थानीय समय (१५:३० समन्वय विश्वव्यापी समय) २९ सेप्टेम्बर १९८१ मा, सी-१३० मालसामान विमान इरानको काह्रिजाक नजिकैको आक्रमण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।[३][४] यो विमान खुजस्तान प्रदेशको अहभाजबाट राजधानी तेहरानको लागि उडान गर्दै थियो[५] तर इरान-इराक युद्धमा इरानी सैन्य लाभको निरीक्षण भ्रमणबाट फर्कदा यो दुर्घटना ग्रस्त भएको थियो।[६]

हताहत[सम्पादन गर्नुहोस्]

पूर्व रक्षा मन्त्री र इस्लामी वायु सेनाका कमाण्ड जाभद फकुरी

यस दुर्घटनामा पूर्व रक्षामन्त्री जाभद फकुरी , तत्कालीन रक्षामन्त्री मौसा नामजु , इरानी जनरल भालिउल्लाह फल्लाही, र इस्लामी क्रान्तिकारीका तत्कालीन कमाण्डर मोहम्मद जहानारा लगायत ८० जनाको मृत्यु भएको थियो।[४] ती चार जनाले इरान इराक युद्धमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, र विमानले युद्धमा हताहत भएका मानिसहरूलाई ओसार पसार गरेको थियो।[५]

प्रारम्भमा, दुर्घटनाको कारणको बारेमा कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको थिएन। यो दुर्घटनाले इरानलाई धेरै सैनिक नेताहरू गुमाएको थियो। जो अबदानको घेराबन्दी तोड्न कोशिस गर्दा खेरी भएको बताइएको थियो। युद्धबाट घाइते भएका इरानी नागरिकहरू पनि विमानमा सवार थिए।[३] केवल चार यात्री र चार उडान परिचारकहरूले दुर्घटना पछि आफ्नो ज्यान बचाउन सफल भएका थिए।

कारणहरू[सम्पादन गर्नुहोस्]

दुर्घटनाका कारणहरूको लागि कुनै पनि आधिकारिक विवरण दिइएको थिएन, र केवल एक स्रोतले यसलाई "प्राविधिक गल्ती" को नतिजा भनेर बयान गरेको थियो।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "ناگفته‌هایی از سقوط هواپیمای सि १३० حامل فرماندهان ارتش و سپاه", फारसी न्युज, मूलबाट २२ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ नोभेम्बर २०१८ मिति
  2. हनिजादे, हसान, "خرمشهر: از اشغال گرفته تا رهایی", मेह्रन्युज, मूलबाट २४ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २००९ 
  3. ३.० ३.१ किफनर, जोन (अक्टोबर १, १९८१), "4 MILITARY CHIEFS IN IRAN ARE KILLED IN A PLANE CRASH", द न्यु योर्क टाइम्स, मूलबाट २०१८-०९-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२३ 
  4. ४.० ४.१ "C-130 Accidents & Mishaps for the Islamic Republic of Iran Air Force", C-130, मूलबाट २०१९-०१-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२३ 
  5. ५.० ५.१ ५.२ रिज्भी, सजिद (सेप्टेम्बर ३०, १९८१), "چهار ژنرال برتر ایرانی در سقوط هواپیما کشته شدند", युनाइटेड प्रेस इन्टरनेसनल, मूलबाट २०१९-०१-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२३ 
  6. स्मिथ, विन्सटन, "سقوط هواپیمای مرموز ارتش ایران به "پاکسازی گسترده"", द एभियोनिष्ट, मूलबाट ९ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]