सामग्रीमा जानुहोस्

सन् २०२३ टर्की-सिरिया भूकम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२३ टर्की-सिरिया भूकम्प
घडीको दिशामा माथि देखि बायाँ: भूकम्पका पीडितहरूको शोकको प्रतीकको रूपमा आधा-झुकाइएको टर्कीको झण्डा; भत्किएका भवनहरूको सामुन्ने फुटपाथमा बसिरहेका एक जना मानिस; भूकम्पपछिको क्षतिको सर्वेक्षण गर्ने व्यक्तिहरू; एक ध्वस्त प्रहरी चौकी; विस्थापित भूकम्पपीडितहरू प्रदर्शनी केन्द्रमा आश्रय लिँदै।
सन् २०२३ टर्की-सिरिया भूकम्प मा पर्दछ टर्की
सन् २०२३ टर्की-सिरिया भूकम्प
सन् २०२३ टर्की-सिरिया भूकम्प मा पर्दछ सिरिया
सन् २०२३ टर्की-सिरिया भूकम्प
युटिसी समय2023-02-06 01:17:35
भूकम्प मापन केन्द्र घटना625613033
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण-उन्नत राष्ट्रिय भूकम्पीय प्रणालीComCat
स्थानीय समय फेब्रुअरी २०२३ (2023-02-06)
स्थानीय समय०४:१७ बिहान (स्थानीय समय) (युटिसी+३)
म्याग्निच्युड७.८
गहिराइ१७.९ किमी (११ माइल)
अधिकेन्द्र३७°१०′२६″N ३७°०१′५५″E / 37.174°N 37.032°E / 37.174; 37.032
प्रकारStrike-slip
प्रभावित क्षेत्रमुख्यतया टर्कीसिरिया
अधिकतम् तीव्रताXI (Extreme)
सुनामी०.१७ मी (६.७ इन्च)
पराकम्पनहरू१,०५२ (८ फेब्रुअरी २०२३)[]
१५०+ म्याग्निच्युड ṃ वा सो भन्दा माथि[]
सबैभन्दा ठूलो: ७.७ म्याग्निच्युड १३:२४ (स्थानीय समय) (युटिसी+३), ६ फेब्रुअरी २०२३
मानवीय क्षति>23,420 deaths, 84,990 injuries [अद्यावधिक आवश्यक]
  • >19,380 deaths, 77,710 injured in Turkey
  • >4,030 deaths, 7,280 injured in Syria

६ फेब्रुअरी २०२३ (वि.सं २३ माघ २०७९) मा टर्कीको दक्षिणी र मध्य तथा उत्तरी र पश्चिमी सिरियामा थुप्रै पराकम्पनसहितको भूकम्प गएको थियो।[] भूकम्प गाजियान्तेप सहरबाट ३४ किलोमिटर (२१ माइल) पश्चिममा बिहान ०४:१७ बजे स्थानीय समय (०१:१७ युटिसी) मा गएको थियो।[] यसको अधिकतम मेर्साली तीव्रता ११ (चरम) थियो भने र यो कम्तिमा ७.८ म्याग्निच्युड परिमाण थियो। भूकम्पका कारण व्यापक क्षति र दशौँ हजारको मृत्यु भएको थियो। सन् १९३९ मा टर्कीमा गएको एर्जिङ्कान भूकम्पपछिको यो सबैभन्दा घातक र शक्तिशाली भूकम्प थियो[] र यो सन् १६६८ को उत्तरी एनाटोलिया भूकम्पपछिको दोस्रो शक्तिशाली भूकम्प हो।[] यो आधुनिक सिरियाको सबैभन्दा घातक भूकम्प पनि थियो, जुन सन् १८२२ को अलेप्पो भूकम्पपछिको सबैभन्दा घातक भूकम्प थियो। यो लेभान्टमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प र सन् २०१० को हाइटी भूकम्पपछि विश्वव्यापी रूपमा सबैभन्दा घातक भूकम्प थियो।[][] यसले इजरायल, लेबनान, साइप्रस र टर्कीको कृष्ण सागर तटसम्म संरचनात्मक क्षति पुर्‍याएको थियो।[]

मुख्य भूकम्प गएको ७.७ घण्टा पछि असामान्य रुपमा शक्तिशाली म्याग्निच्युड सहितका थुप्रै पराकम्पनहरू आएका थिए। टर्कीमा १८,९९१ र सिरियामा ३,८६८ गरि फेब्रुअरी १० सम्म, २२,८५९ भन्दा बढीको मृत्यु भएको थियो। एक ठूलो हिउँदे आँधीले उद्धार कार्यमा बाधा पुर्‍याएको थियो। यस क्षेत्रमा चिसो तापक्रमको कारण, बाँचेकाहरू, विशेष गरी भग्नावशेषमा फसेकाहरू हाइपोथर्मियाको ठूलो जोखिममा थिए।[१०][११]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "AFAD: 12 bin 391 kişi hayatını kaybetti, 62 bin 914 kişi yaralandı", TRT Haber, मूलबाट ९ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३
  2. USGS (६ फेब्रुअरी २०२३), "USGS earthquake catalog", मूलबाट ७ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०२३
  3. "भूउपग्रहबाट खिचिएका यी तस्बिरमा भूकम्प जानुअघि र पछिको टर्की देखिन्छ", बीबीसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २९ माघ २०७९
  4. "टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै संकटकाल घोषणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २९ माघ २०७९
  5. ISC (२०२२), ISC-GEM Global Instrumental Earthquake Catalogue (1904-2018), Version 9.1, International Seismological Centre, डिओआई:10.31905/D808B825
  6. Marco Bohnhoff; Patricia Martínez-Garzón; Fatih Bulut; Eva Stierle; Yehuda Ben-Zion, "Maximum earthquake magnitudes along different sections of the North Anatolian fault zone", ScienceDirect, मूलबाट १७ सेप्टेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०२३
  7. Said-Moorhouse, L. (९ फेब्रुअरी २०२३), "The earthquake in Turkey is one of the deadliest this century. Here's why", CNN International, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३
  8. "The world's deadliest earthquakes in the past 25 years, at a glance", National Public Radio, Associated Press, ९ फेब्रुअरी २०२३, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३
  9. Kuşçu, Selim, "Ordu'da deprem paniği", İHA, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३
  10. Aziz, Saba (७ फेब्रुअरी २०२३), "Turkey earthquake rescue efforts complicated by bitter cold. What to know - National | Globalnews.ca", Global News, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३
  11. Soylu, Ragip (६ फेब्रुअरी २०२३), "Turkey earthquake: Survivors trapped under rubble face hypothermia threat", Middle East Eye, अन्तिम पहुँच ९ फेब्रुअरी २०२३