कृष्ण सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण सागर
कृष्ण सागरको अवस्थिति
कृष्ण सागरको नक्सा
स्थानयुरोपपश्चिमी एसिया
निर्देशाङ्क४४°उ॰ ३५°पू॰ / ४४°N ३५°E / 44; 35निर्देशाङ्कहरू: ४४°उ॰ ३५°पू॰ / ४४°N ३५°E / 44; 35
प्रकारनदी
प्राथमिक बहावडेन्युब, निपर, दोन, द्निस्तर, कुबान, बोस्पोरस
प्राथमिक निकासबोस्पोरस
प्रवाहित राष्ट्रहरूबुल्गेरिया, जर्जिया, रोमानिया, रुस, टर्की, युक्रेन
जलाधारमा थुप्रै देशहरू समावेश गरिएका छन्।
अधिकतम लम्बाइ१,१७५ किमी (७३० माइल)
सतहको क्षेत्रफल४,३६,४०२ किमी (१,६८,५०० वर्ग माइल)[१]
औसत गहिराइ१,२५३ मी (४,१११ फिट)
अधिकतम गहिराइ२,२१२ मी (७,२५७ फिट)
पानीको आयतन५,४७,००० किमी3 (१,३१,२०० घन माइल)
टापुहरू१०+

कृष्ण सागर आन्ध्र महासागरको एक सीमान्त भूमध्य सागर हो जुन युरोपएसियाको बीचमा, बाल्कन प्रायद्वीपको पूर्वमा, पूर्वी युरोपेली मैदानको दक्षिण, काकेससको पश्चिममा र एनाटोलियाको उत्तरमा अवस्थित छ। यो बुल्गेरिया, जर्जिया, रोमानिया, रूस, टर्कीयुक्रेनद्वारा घेरिएको छ। कृष्ण सागर प्रमुख नदीहरूद्वारा आपूर्ति गरिन्छ, मुख्यतया डेन्युब, निपर र दोन यसका स्रोतहरू हुन्। ६ देशहरूको समुद्रमा तटको रूपमा रहेको छ र यसको जलाधारले युरोपका २४ देशका भागहरूलाई समावेश गरेको छ।[२]

कृष्ण सागरले ४,३६,४०० किमी (१,६८,५०० वर्ग माइल) (अजोभको समुद्र सहित) ओगटेको छ[३], यसको अधिकतम गहिराइ ५,४७,००० किमी3 (१,३१,००० घन माइल)[४] रहेको छ भने यसको आयतन ५,४७,००० किमी3 (१,३१,००० घन माइल)[५] रहेको छ। यसका अधिकांश तटहरू तीव्र गतिमा माथि तर्फ उठेका छन्। यी उकालोहरूमा दक्षिणमा पर्ने पोन्टिक हिमशृङ्खला, दक्षिण-पश्चिममा रहेका प्रायद्वीप, पूर्वमा ककेसस हिमशृङ्खला र मध्य उत्तरमा क्रिमियाली हिमशृङ्खला पर्दछन्। पश्चिममा, तट सामान्यतया स्तरर्ज्या जस्ता तल सानो बाढीका मैदानहरू हुन्। केप एमिने बाल्कन पर्वतको पूर्वपट्टि घट्दै गएको छ र डोब्रुजा पठार निकै उत्तरमा पर्दछ।[६] सबैभन्दा लामो पूर्व–पश्चिम सीमा करिब १,१७५ किमी (७३० मि) लम्बाइमा फैलिएको छ। तटवर्ती महत्त्वपूर्ण सहरहरूमा ओदेसा, भर्ना, सामसुन, सोची, सेभास्तोबोल, कोन्स्तान्त्सा, त्राबजोन, नोभोरोसियस्क, बुर्गास र बातुमी पर्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Black Sea NGO Network | Our Black Sea", www.bsnn.org 
  2. ""Black Sea Geography, Oceanography, Ecology, History""  Living Black Sea
  3. Surface area—"Black Sea Geography", University of Delaware College of Marine Studies, २००३, अन्तिम पहुँच अप्रिल ३, २०१४ 
  4. Maximum depth—"Europa – Gateway of the European Union website", Environment and Enlargement – The Black Sea: Facts and Figures, मूलबाट नोभेम्बर १४, २००८-मा सङ्ग्रहित। 
  5. Murray, J. W.; Jannasch, H. W.; Honjo, S; Anderson, R. F.; Reeburgh, W. S.; Top, Z.; Friederich, G. E.; Codispoti, L. A. et al. (मार्च ३०, १९८९), "Unexpected changes in the oxic/anoxic interface in the Black Sea", Nature 338 (6214): 411–413, डिओआई:10.1038/338411a0, बिबकोड:1989Natur.338..411M 
  6. World and Its Peoples, Marshall Cavendish, जुलाई २१, २०१०, पृ: १४४४, आइएसबिएन 9780761479024 – Internet Archiveद्वारा, "Black Sea 1175 km east west." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:List of seas ढाँचा:Marginal seas of the Atlantic Ocean ढाँचा:Countries bordering the Black Sea ढाँचा:Georgia (country) topics