समाज
Jump to navigation
Jump to search
समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। उदारणका लागि आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदिलाई लिन सकिन्छ। उक्त समाज भन्ने शब्द अङ्ग्रेजी शब्द Societasबाट लिइएको हो। 'समाज' शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ। समाज समिष्टि हो। समाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाजलाई जर्मन समाजशास्त्री म्याम्स वेबरले समाजलाई सामाजिक सम्बन्धको जालोको रुपमा अर्थ्याएका छन् । समाज विषयबारे अध्ययन गर्ने शासत्रलाई समाजशास्त्र भनिन्छ।