सरकारी वकिल (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सरकारी वकिल सरकारका तर्फबाट अदालतमा मुद्दाको अभियोजन, बहस पैरवी तथा प्रतिनिधित्व गर्ने निकाय वा अधिकारी हो । नेपालमा महान्यायाधिवक्ता सरकारी वकिलहरूको सर्वोच्च पद र महान्यायाधिवक्ताको कार्यालय निकाय हो ।[१]
नेपालको संविधानले कुनै पनि फौजदारी अभियोगमा मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम अधिकार सरकारी वकिललाई दिएको छ ।[२] तर सरकारी पक्षले कतिपय आपराधिक घटनामा राम्रोसँग अनुसन्धान नगरेको वा सकारी वकिलले अभियोजन गर्नुपर्ने मुद्दामा पनि अभियोजन नगरेको पाइए नेपालको सर्वोच्च अदालतले पुन: अनुसन्धान र अभियोजनका लागि विशेष आदेश जारी गर्न सक्ने नजिर कायम गरेको छ ।[३][४][५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]