सहिद

सहीद अथवा शहिद भन्नाले व्यक्तिगत वा पारिवारिक स्वार्थ भन्दा माथि उठेर समाज, राष्ट्र, देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन देशमा सामाजिक, आर्थिक, सांस्कृतिक, वा राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन्, उनीहरूलाई नै शहीद भनिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनाका लागि सहिदहरूको योगदान
[सम्पादन गर्नुहोस्]नेपालमा सहादतको इतिहास हेर्ने हो भने, प्रमाणिक रूपमा लखन थापालाई नेपालको पहिलो शहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई तत्कालीन श्री ३ जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुण्डाएर मारिएको थियो। वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन देखि २०६२-०६३ को दोस्रो जनआन्दोलन सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे।
सात सालका शहीदहरू
[सम्पादन गर्नुहोस्]जहानियाँ राणा शासन र निरङ्कुश राज्य व्यवस्था बिरुद्ध कार्य गरेको भन्दै वि.सं. १९९७ मा तत्कालीन राणा शासनले बिभिन्न व्यक्तिहरूलाई मृत्युदण्ड दिएको थियो । बि.सं. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाँधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।[१]
जिउँदा सहीदहरू
[सम्पादन गर्नुहोस्]२००७
[सम्पादन गर्नुहोस्]अरू शहिद सरह दोषी भेटिए पनि बिभिन्न राजनीतिक, बैचारिक,, धार्मिक, कुटनितिक आदि इत्यादि कारणहरूले राज्यले निजलाई मार्न नपाएको अवस्थामा निजलाई जिउँदा शहीद भनिन्छ । यसमा घाइते तथा पीडित भएका व्यक्तिहरूलाई पनि जिउँदा शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ। नेपालमा सबैभन्दा पहिला नेपाल प्रजा परिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई नै नेपालको जिउँदो शहीद भनिन्छ । तत्कालीन राणा शासनमा ब्राह्मणहत्यालाई एउटा ठूलो पापको रुपमा लिइने भएकाले राणा शासकले आचार्यलाई चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएका थिए ।[१]
६२/६३ को जनआन्दोलन
[सम्पादन गर्नुहोस्]उन्नाइस दिन चलेको यो जनआन्दोलनमा पनि धेरै शहीदले सहादत प्राप्त गरे । तर केही मात्र जीवित रहे । मुकेश कायस्थ र विष्णुलाल महर्जनलाई ६२/६३ को जनआन्दोलनका जिउँदा शहीद मानिन्छन् ।
शहीद सप्ताह
[सम्पादन गर्नुहोस्]वि.सं. १९९७ सालको माघ महिनामा भएको त्यो निर्मम कार्य र उक्त कार्यमा ज्यान नै गुमाएका ती चार शहीदहरूको सम्झनामा नेपालमा शहीद सप्ताह मनाइन्छ । एक सातामा नेपालका चार शहीदहरूको हत्या भएकाले नै यसलाई उनिहरुको सम्मानको रुपमा पनि हेरिन्छ । नेपालमा शहीद सप्ताह माघ दश गतेदेखि शहीद दिवस(माघ १६) सम्म मनाइन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ शहीद दिवस र राजस्व छुट[स्थायी मृत कडी]पिमला अधिकारी पौडेल
