साउन पन्ध्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(साउन १५ बाट पठाईएको)
Jump to navigation Jump to search

साउन पन्ध्र काठमाडौं उपत्यकामा खीर खाएर मनाउने प्रचलन रहेको छ।

Kheer.jpg

हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा। विष्णु दाहालले भनाई छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरालुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु ,माछा , मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती ,भूइकटहरलगायतका फलफूल खाने चलन छ ।

साउन १५ का दिनलाई खिर खाने दिनको रुपमा चिनीन्छ । साउन महिना वर्षा महिना भयकोले पनि विभिन्न रोगहरु बाट छुटकारा पाउनको लागी पनि दुधबाट बनेको खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।