साफ्रा काट्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साफ्रा काट्ज
सन् २०१४ मा काट्ज
जन्म (1961-12-01) १ डिसेम्बर १९६१ (उमेर ६२)
होलोन, इजरायल
शिक्षापेन्सिलभेनिया विश्वविद्यालय (मानविकीमा स्नातक)
पेशाओरेकल कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृत
जम्मा सम्पतिअमेरिकी डलर १.१ बिलियन (2019)[१]
जीवनसाथीगाल तिरोश
सन्तान

साफ्रा काट्ज (हिब्रू: צפרא כץ, जन्म सन् १९६१ डिसेम्बर १) एक अमेरिकी अरबपति बैंकर र प्राविधिक कार्यकारी हुन्। उनी सन् १९९९ अप्रिल देखि ओरेकल कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृत तथा सन् २००१ देखि सञ्चालक समिति सदस्य हुन्। सन् २०११ अप्रिलमा उनलाई ल्यारी एलिसनको मातहतमा उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत बनाइएको थियो । [२] सन् २०१४ सेप्टेम्बर मा, ओरेकलले एलिसनले प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने तथा मार्क हर्ट्ज़ तथा काट्जले सह प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्ने जानकारी दिएको थियो ।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

काट्जको जन्म यहूदी आमाबाबुको काखबाट[४] [५] इजरायलको होलोनमा [६] भएको थियो । उनका बुबा रोमानियाका आप्रवासी थिए। [७] उनी ६ वर्षको हुँदा इजरायलबाट म्यासाचुसेट्सको ब्रुकलिनमा बसाई सरेका थिए ।

काट्जले ब्रूकलिन हाई स्कूलबाट उच्च शिक्षा हासिल गरेका थिए। उनले सन् १९८३ मा पेन्सिलभेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट स्नातक डिग्री प्राप्त गरे र सन् १९८६ मा पेन्सल्भेनिया कानून स्कूलबाट कानूनको ड्रिगी हासिल गरेका थिए । । [६] [८]

क्यारियर[सम्पादन गर्नुहोस्]

सन् २०१७ अप्रिलसम्ममा काट्ज अमेरिकाको सबैभन्दा बढी आम्दानी गर्ने महिला प्रमुख कार्यकारी अधिकृत थिए । उनको सो सम्यको आम्दानी अमेरिकी डलर ४०.९ मिलियन रहेको थियो भने यो आम्दानी उनको सन् २०१६ को आम्दानीको तुलनामा २३ प्रतिशत कम रहेको थियो। [९]

काट्ज सन् २०१७ डिसेम्बर मा सन् १०१८ फेब्रुअरीबाट लागु हुन् गरी वाल्ट डिस्ने कम्पनीको सञ्चालन समितिमा निर्वाचितभएका थिए। [१०]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

काट्जले गाल तिरोशसँग बिहे गरेका छन र उनीका दुई छोरा छन्। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Safra Catz", Forbes 
  2. Oracle Co-President Safra Catz Adds CFO Duties as Jeff Epstein Leaves, an April 25, 2011 article from allthingsd.com
  3. "Oracle Board Appoints Larry Ellison Executive Chairman and CTO. Safra Catz and Mark Hurd Appointed CEO.", Oracle Corporation, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०१४ मिति
  4. Ruth Eglash (अगस्ट २३, २०१२), "Jewish women who rule! (according to Forbes)", Jpost, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३ 
  5. Jewish Voice New York: "The World's Most Powerful Jewish Women" By Jen Levey वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०२ मिति September 5, 2012
  6. ६.० ६.१ ६.२ Rochelle Garner (२००६-१२-१९), "Heir apparent at Oracle is credited with growth strategy", International Herald Tribune 
  7. Chirileasa, Andrei (मे २०, २०१४), "Oracle CFO Safra Catz announces expansion outside Bucharest, reveals Romanian origins", Romania-Insider.com, अन्तिम पहुँच मार्च १०, २०१५ 
  8. "Oracle's enforcer – Safra Catz" 
  9. Keitz, Anders (२०१७-०४-२३), "Oracle's Safra Catz is Highest Paid Female CEO", TheStreet (en-USमा), अन्तिम पहुँच २०१७-०७-२० 
  10. James, Meg (डिसेम्बर ७, २०१७), "Disney adds two board members from tech world", The Los Angeles Times, अन्तिम पहुँच डिसेम्बर १६, २०१७