सामग्रीमा जानुहोस्

सामाजिक सुरक्षा कोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोष
संस्था विवरण
किसिमकोष
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसामाजिक सुरक्षा कोषको सचिवालय, बबरमहल, काठमाडौँ, नेपाल
संस्था कार्यकारी
  • केवल प्रसाद भण्डारी, कार्यकारी निर्देशक
भगिनी संस्थाश्रम तथा रोजगार मन्त्रालय
वेबसाइटhttps://ssf.gov.np

सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम नेपाल सरकारद्वारा स्थापना गरिएको कोष हो।[] यस कोषको स्थापना २०६७ साल चैत्र ७ मा भएको थियो। यस कोषले सामाजिक सुरक्षा करको व्यवस्थापन गर्ने तथा सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिमको कार्य गरिरहेको छ । यस कोषको उद्देश्यहरूमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु रहेको छ ।

यस कोषको व्यवस्थापन तथा सञ्चालनका लागि नेपाल सरकारका श्रम तथा रोजगार मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यिय त्रिपक्षीय सञ्चालक समिति गठन गरिएको छ। जसमा सरकारका सम्बद्ध निकायहरु, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू रहेका छन् ।[]

कोषमा हाल सम्म १८५१९ सूचीकृत रोजगारदाता र ९९९८०६ सूचीकृत योगदानकर्ता आबद्द छन ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

SSF collects around Rs 45 billion from contributors in five years

सामाजिक सुरक्षा कोष : पौने चार लाख लाभग्राही आबद्ध

श्रमिकको जीवनस्तर सुधार्न सामाजिक सुरक्षा कोष