सार्वजनिक खरिद अनुगमन कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सार्वजनिक खरिद अनुगमन कार्यालय (सार्वजनिक खरिद अनुगमन कार्यालय)
केन्द्रीय कार्यालयकाठमाडौँ,  Nepal
कार्य क्षेत्रनेपाल
वेबसाइटwww.ppmo.gov.np

सार्वजनिक खरिद अनुगमन कार्यालय नयाँ सार्वजनिक खरिद ऐन, २०६३ को कार्यान्वयन पश्चात सोही ऐन अनुरूप स्थापना भएको निकाय हो सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको सार्वजनिक निकायमा हुने खरिदको अनुगमन गर्ने कार्य गर्दछ। सार्वजनिक खरिदको नियमन गर्न प्रधानमन्त्रिको मातहतमा रहने गरी मिति २०६४।०५।०३ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको स्थापना गरिएको हो। [१] यस कार्यालयले विशेष गरी सार्वजनिक संस्थाहरूमा हुने खरिदमा असल सुसासन , खरिदमा भ्रष्टाचार भए नभएको अनुगमन गर्ने तथा सार्वजनिक निकाय तथा आपूर्तिकर्ता ठेकेदार बिचको विश्वनियता बढाउने हेतुले खरिदको अनुगमन, सार्वजनिक खरिदको लागि आवश्यक पर्ने कागजातको ढाँचा तयार तथा सार्वजनिक खरिद सम्बन्धमा राय पत्रहरु जारी गर्ने कार्य गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.ppmo.gov.np/about_us.php?menu_id=1 वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०९ मिति सार्वजनिक खरिद अनुगमन कार्यालय

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]