साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साल्ट ट्रेडिङ्ग कर्पोरेशन
व्यवसाय प्रकार
सरकारी सार्वजनिक कम्पनि
व्यावसायिक रूपSTC
स्थापितवि.सं. २०२० साल भाद्र २७ गते
स्थापनाकर्ताहरूश्री ५ महेन्द्र
केन्द्रीय कार्यालयकाठमाडौँ, ,
नेपाल
सेवा क्षेत्र
देशभरि
वेबसाइटwww.stcnepal.com

इतिहास[सम्पादन गर्नुहोस्]

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड २०२० साल भाद्र २७ गते बिहिवारका दिन स्थापना भएको हो। नेपालमा नूनको स्रोत नभएको कारण र तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पु-याउनु ठूलो चुनौतीको रूपमा रहेकाले अत्यावश्यक दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवम् त्यसबेला नूनको कारोवारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको थियो ।

समयक्रममा संस्थानले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग लि; नेपालकै प्रथम खाद्य उद्योग लि; नेपाल वनस्पति ध्यू उद्योग लि ,लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग; नेशनल फाईनान्स लि, सगरमाथा इन्स्योरेन्स,जस्ता संस्थाहरूको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको थियो।

बर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

आर्थिक वर्ष २०७२/७३ मा ६१ करोड २४ लाख मुनाफा कमाइएको कर्पोरेशनले आव २०७३/७४ मा २५.६२ प्रतिशतले बढाएर ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो ।[१] कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।[१]

काठमाडौंको कालिमाटीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८० लाख २६ हजार रुपैयाँ पुगेको छ । साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ साल्ट ट्रेडिङले तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने