साल (वृक्ष)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साल
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: पुष्पी वनस्पति
वर्ग: Eudicots
(श्रेणीविहीन): Rosids
गण: Malvales
परिवार: Dipterocarpaceae
वंश: Shorea
प्रजाति: S. robusta
वैज्ञानिक नाम
Shorea robusta
Roth


साल वृक्ष Shorea robusta, जसलाई तराईमा शखुवा पनि भन्ने गरिन्छ Dipterocarpaceae कुल: मा पर्ने ठूला पात भएको वृक्ष हो ।

फैलावट र विवरण[सम्पादन गर्ने]

यो वृक्ष भारतीय उप महाद्विपका वनहरुमा प्राकृतिक रुपमा फैलिएको छ । हिमालयको दक्षिणी भेग , पूर्वमा बर्मा देखि बङ्गलादेश, भारत, नेपालको सम्पूर्ण तराई क्षेत्र, विशेष गरि चुरे पहाड को क्षेत्र र भारतको विभिन्न उपउष्णप्रदेशीय क्षेत्रमा फैलिएका वनहरुमा साल वनको प्रधान वृक्षको रुपमा पाईछ ।भारतमा आसाम, बङ्गाल, उडिसा, झारखणड, पूर्वी घाट पर्वत सृंखला र विंध्य पर्वतीय क्षेत्र सम्म फैलिएको छ । [१] नेपालका संरक्षित क्षेत्रहरु जस्तै चितवन राष्ट्रीय निकुन्ज, बर्दिया राष्ट्रीय निकुंज, शुक्लाफाँट राष्ट्रीय निकुंज आदिमा सालका रुखका घना वन हरु छन । भित्री तराईका होचा पहाडहरुमा पनि सालका वृक्षहरु पाईन्छन ।

छत्तिसगढको सालको रुख

साल मध्यम वा सुस्त गतिमा विकास हुने वृक्षको प्रजाति हो । यसको ऊचाई ३० मीटर देखि ३५ मीटर र वृक्ष स्तम्भको व्यास २ देखि २.५ मीटर सम्म हुने गर्छ । पातहरु १० देखि २५ से मी लामा र ५ देखि १५ से मी चौडा हुन्छन । पानी प्रशस्त पर्ने ठाउँहरुमा सालको वृक्ष सदावहार वृक्ष हो , सुख्खा ईलाकाहरुमा भने बर्षा नहुने समयमा सालको पात झर्ने गर्छन । पात झर्ने समय फागुन देखि बैशाख सम्म हुने गर्छ भने पुन: पात पलाउने समय भने बैशाख देखि असार सम्म हुने गर्छ । नेपालको झापामा यो वृक्षको फागुनमा पात झर्ने गर्छ बैशाख को अन्य तिर पुन: पात पलाउने गर्छ ।

धार्मिक महत्व[सम्पादन गर्ने]

महारानी मायाले भगवान बुध्द लाई जन्म दिँदै

हिन्दु धर्मको मान्यता अनुसार सालको वृक्ष भगवान बिष्णु द्वारा मन पराईने बृक्ष हो । [२] यसलाई विभिन्न क्षेत्रमा भनिने नामहरु जस्तै साल, शाल, शखुवा आदि सँस्कृत भाषा को 'शाल' बाट आएको हो जसको अर्थ 'घर' हो , यसको अर्थ के बुझिन्छ भने यो घर बनाउन प्रयोग हुने काठ को रुपमा प्रयोग हुने गरेको थियो । सँस्कृतमा यसका अन्य नामहरु पनि छन, जस्तै अस्वकर्ण, चिरपर्ण, सर्जा आदि ।

भारतबर्षका प्राचीन शास्त्र हरुमा कहिलेकाहिँ सालको रुखलाई अशोका (Sarica indica) को रुख सँग भ्रमपूर्ण तरिकाले एउटै मान्ने गरेको पाईन्छ ।

बुध्द धर्मको मान्यता अनुसार माहारानी मायाले नेपालको लुम्बिनीमा साल वा अशोका को वृक्ष मुनी यसको हाँगो समाउँदै गौतम बुध्दलाई जन्न दिएकी थिईन । जब यो घटना घट्यो, त्यतिबेला माहारानी माया, उनलाई जन्म दिनकोलागि बुध्दको हजूरवुवा को राज्य तिर जाने बाटोमा थिइन । [३] । यो पनि भनिन्छ कि बुध्दका ओछ्यान वरिपरिका ४ जोडि सालका रुख हरु एक्कासि सेता भए र मरे ।

जैन धर्म अनुसार २४औं तिर्थकरा, महावीर ले सालको रुख मुनी निर्वाण प्राप्त गरेका थिए ।

काठमाण्डौं उपत्यकाका विभिन्न मन्दिरहरुमा साल वृक्षको काठहरु प्रशस्त प्रयोग भएको भेटिन्छ जस्तैन्यातपोल । यहाँ र अन्य मन्दिरहरुमा सालको काठमा कुँदिएका हस्त चित्र कलाहरु प्रसिद्ध छन ।

प्रयोग[सम्पादन गर्ने]

साल, नेपाल र भारतकोलागि एउटा महत्वपूर्ण कडा काठको श्रोत हो । यो भर्खरै काट्दा हल्का रँगको हुन्छ तर पछि समय बित्दै जाँदा गाडा कलेजी रँगको बन्छ । यसको काठ खोटोयुक्त र बलियो हुन्छ, निर्माण कार्यमा यसको असाध्यै महत्व हुने गर्छ यद्दपी यसलाई रन्दा लगाएर सम्माउन र रँगरोगन गरेर टलकाउन भने त्यति उपयुक्त हुँदैन । नेपालको तराईमा यसलाई घरको खम्बा, ढोका र झ्यालको फ्रेम, घरको छानाको कैंची,सिँडि,गोरुगाडा, हलो, हरिस, फर्निचर र अन्य धेरै कामकोलागि सालको काठ प्रयोग गरिन्छ ।

सालका पात टपरी र दुना बनाउन प्रयोग गरिन्छन । पान पोको पार्न , चना, चटपटे, पानीपुडी आदि खानकोलागि पनि सालको पातको प्रयोग गरिन्छ । विवाह, पूजा, भोज भतेर आदिमा पनि टपरी र दुनाको प्रयोग प्रशस्तै गरिन्छ । प्रयोग पछि फ्याँकिएका पात हरु बाख्रा गाई आदिले खाने गर्छन । यसरी सालको रुखले नेपाल र उत्तरी भारत लाई स्टाइरोफोम तथा प्लास्टिक बाट हुने प्रदुशण बाट धेरै हद सम्म बचाएको छ ।

सालको खोटो पनि जम्मा गरिन्छ जसलाई सालधूप भनिन्छ । यो पूजा पाठमा धूपको रुपमा प्रयोग गरिन्छ । सालधूप आरुर्वेद मा औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

सालको फूल (फल सहित ) फागुन चैत्र तिर जमीनमा ठूलो मात्रामा खस्ने गर्छ । मानिसहरु यसलाई जम्मा गर्छन । यसको फल पेलेर निस्कने तेलको दियो जलाउने वा साबुन निर्माण आदि जस्ता औद्योगिक प्रयोग पनि गरिन्छ ।

चित्र कक्ष[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Oudhia P., Ganguali R.N. (1998).Is Lantana camara responsible for Sal-borer infestation in M.P.?. Insect Environment. 4 (1): 5.
  2. Sacred trees
  3. http://www.flowersofindia.net/catalog/slides/Sal.html

बाहिरी लिँकहरु[सम्पादन गर्ने]