सिएसएल मोबाइल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिएसएल मोबाइल लिमिटेड
香港移動通訊有限公司
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगमोबाइल सञ्चार/दूरसञ्चार
स्थापितसन् १९८० (स्थापना)
सन् २०१४ (पिसिसिडब्ल्युसँग समायोजन)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
 हङकङ
ब्रान्डहरूसिएसएल, १०१०, क्लब सिम
मूल सङ्गठनहङकङ दूरसञ्चार
वेबसाइटhkcsl.com
सिएसएलको कार्यालय
सिएसएलको ग्राहक सेवा केन्द्र

सिएसएल मोबाइल लिमिटेड (वा मात्र सिएसएल, (सरलीकृत चिनियाँ: 香港移動通訊有限公司) हङकङ दूरसञ्चारको एक पूर्ण सहायक कम्पनी हो जसले हङकङमा "सिएसएल", "१०१०" र "क्लब सिम" लगायतका मोबाइल सञ्जाल ब्राण्डहरू सञ्चालन गर्दछ। सन् १९८३ मा स्थापित यस सिएसएल हङकङको पहिलो मोबाइल सञ्चार सञ्चालक हो। चौथो पुस्ता दीर्घकालीन सञ्जाल र डिसी-एचएसपिए+ सेवा सञ्चालन गर्ने यो संसारको पहिलो सञ्जाल हो। [१]

ब्राण्ड सिएसएल आफ्नो परिचालन इतिहास वा सञ्चार सेवामा विभिन्न कानूनी व्यक्तिको अधीनमा रहेको थियो। यो सन् १९९० देखि १९९९ सम्म हङकङ दूरसञ्चार सिएसएल लिमिटेडको रूपमा र सन् १९९९ देखि २००१ सम्म केबल एण्ड वायरलेस हङकङ दूरसञ्चार सिएसएल लिमिटेडको रूपमा चिनिन्थ्यो भने सन् २००१ देखि अहिलेसम्म यो हङकङ सिएसएल लिमिटेडको रूपमा चिनिन्छ। सिएसएल न्यू मोबाइल मोबिलिटिको स्थापन पछि यो सिएसएल लिमिटेडको सहायक कम्पनी बनेको थियो।[२] ब्राण्डका वर्तमान कानूनी व्यक्तितब, सिएसएल मोबाइल लिमिटेड, औपचारिक रूपमा पिसिसिडब्ल्यू मोबाइल हङकङ लिमिटेडको रूपमा चिनिन्छ। यो सिएसएल ब्राण्ड र पिसिसिडब्ल्यू मोबाइलको समायोजन पछि भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

१९९० ताकाको दशकमा, सिएसएल पिसिसिडब्ल्यूको (पूर्व हङकङ दूरसञ्चार) एक सहायक कम्पनी थियो। सन् २००२ मा, पिसिसिडब्ल्यूले सिएसएललाई बिक्री गरेको थियो। सन् २००५ मा, पिसिसिडब्ल्यूले सण्डेको अधिग्रहण पछि पुनः मोबाइल सञ्जाल सञ्चालक व्यवसायमा कदम राखेको थियो र एक नयाँ ब्राण्ड पिसिसिडब्ल्यू मोबाइल" स्थापना गरेको थियो। [३][४] सन् २०१४ मा, हङकङ दूरसञ्चारले (पिसिसिडब्ल्यू समूहको सदस्य) सिएसएल न्यू वर्ल्ड मोबिलिटी र यसका सहायक कम्पनीहरू सिएसएल लिमिटेड र न्यू वर्ल्ड मोबिलिटीको पनि अधिग्रहण गरेको थियो। सन् २०१४ मा, पिसिसिडब्ल्यू मोबाइलको कानूनी व्यक्तित्वको नामलाई सिएसएल मोबाइल लिमिटेडमा परिवर्तन गरिएको थियो। तथापि, यसले सिएसएल ब्राण्डको प्रयोग गरेको थियो।

सिएसएल कम्युनिकेसन सर्भिस लिमिटेड (नेपालीमा - सञ्चार सेवा लिमिटेड)को छोटो रूप हो जसको नारा "क्रेट अ सिम्पल लाइफ" हो। यस सिएसएल ब्राण्डको लोगो र रङ्ग अगष्ट २०११ मा र हालैका वर्षहरूमा अद्यावधिक गरिएको छ।

समयरेखा[सम्पादन गर्नुहोस्]

१) सन् १९८०: कम्पनीको स्थापना

२) सन् १९८४: सिएलएल, हङकङ दूरसञ्चार पूर्ण सहायक कम्पनीले उन्नत मोबाइल टेलिफोन प्रणालीको प्रयोग गरी हङकङमा पहिलो पटक मोबाइल रेडियो टेलिफोन सेवाको सुरुवात गरेको थियो।

३) जुलाई १९९३: सिएसएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवात गरेको थियो।

४) जून १९९७: सिएसएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली १८०० को सुरुवात गरेको थियो।

५) डिसेम्बर १९९७: सिएसएलले प्यासिफिक लिङ्क कम्युनिकेसनको अधिग्रहण गरेको थियो।

६) सन् २०००: पिसिसिडब्ल्यू लिमिटेडले केबल एण्ड वायरलेस मार्फत हङकङ दूरसञ्चारको खरिद गरेको थियो जसमा यसको सहायक सिएसएल पनि समावेश थियो। (त्यतिबेला यो हङकङ दूरसञ्चार सिएसएल लिमिटेडको रूपमा चिनिन्थ्यो) यो अधिग्रहणको मुल्य ३८ बिलियन अमेरिकी डलर रहेको थियो।

७) फेब्रुअरी २००१: पिसिसिडब्ल्युले सिएसएलको ६०% टेलेष्ट्रालाई ३.०५ बिलियन डलरमा बिक्री गरेको थियो।

८) जुलाई २००२: टेलेष्ट्राले पिसिसिडब्ल्यूको ४०% भाग रिजनल वायरलेस कम्पनी (नेपाली - क्षेत्रीय ताररहित कम्पनी)मा १.१ बिलियन अमेरिकी डलरमा खरिद गरेको थियो जसले गर्दा टेलेष्ट्राले सिएसएलको मालिक बनेको थियो।[५]

९) नोभेम्बर २०१०: यसले जेटटिईसँग साझेदारी गर्दै संसारको पहिलो एलटिई/डिसी-एचएसपिए+ सञ्जालको सुरुवात गरेको थियो। [६][७]

१०) जून २०१२: सिएसएल र कोरियाको सबैभन्दा ठूलो मोबाइल सञ्चालक एसके दूरसञ्चारको संयुक्त प्रयासमा विश्वको पहिलो हङकङ र कोरिया बीच चौथो पुस्ता दीर्घकालीन सञ्जाल रोमिङको सेवा सुरुवात गरेको थियो।[८][९]

११) डिसेम्बर २०१३: सिएसएलले, पहिलो भ्वाइस ओभर दीर्घकालीन सञ्जाल सेवाको सुरुवात गरेको थियो।

१२) डिसेम्बर २०१३: टेलेष्ट्रा र न्यू वर्ल्ड डेभलपमेण्टले सिएसएल न्यू वर्ल्ड मोबिलिटीलाई हङकङ दूरसञ्चारलाई बिक्री गर्ने सहमति गरेका थिए। [१०]

१३) सेप्टेम्बर २०१४: ब्राण्ड न्यू वर्ल्ड मोबिलिटीको नाम सन मोबाइलमा परिवर्तन गरिएको थियो र यसको मालिक हङकङ दूरसञ्चार र दूरसञ्चार डिजिटल बनेका थिए। [११]

१४) डिसेम्बर २०१४: सिएसएलले हङकङमा पहिलो दीर्घकालिन सञ्जाल उन्नत सञ्जालको प्रक्षेपण गरेको थियो। [१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "香港电讯吞并CSL将成当地最大流动电讯商", 路透社, २०१३-१२-२०, अन्तिम पहुँच २०१३-१२-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-१९ मिति
  2. "csl.客戶率先在港享用速度更快的LTE-Advanced 流動網絡技術", 香港電訊有限公司, २०१४-१२-१९, अन्तिम पहुँच २०१४-१२-१९ 
  3. लि, मार्क; वङ, का-चुन (१४ जुन २००५), "PCCW周日以194万美元的出价返回手机市场", द स्याण्डर्ड हङकङ (Hong Kong: 星岛新闻集团), मूलबाट ९ मार्च २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१८ 
  4. "电信:香港监管机构批准PCCW收购", द एसिएल वाल ष्ट्रिट जर्नल (हङकङ: 道琼斯公司), ६ जुलाई २००५, आइएसएसएन 0377-9920 
  5. 突收緊下載限制 上網速度減99% वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-१९ मिति明報專訊 2010-05-08
  6. CSL:公司簡介 - 1010 वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति
  7. CSL:公司簡介 - One2Free वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति
  8. CSL新聞稿
  9. 數碼通新聞稿 वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१६ मिति
  10. 相關公告(PDF檔案) वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२७ मिति
  11. 4G LTE 覆蓋港鐵線 वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-१३ मिति 4G LTE 覆蓋港鐵線,2013年11月16日
  12. 東方日報:電訊商港鐵達4G鋪網協議

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]